०७ आषाढ २०८३, आइतबार
21-06-2026 , Sun
×

समाचार

संविधान कार्यान्वयनबाटै मुलुकले निकास मिल्छ लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य

  दाङ । संविधान दिवस-२०८२ का अवसरमा शुक्रवार शुभकामना सन्देश जारी गर्दै उनले संविधान कार्यान्वयनमार्फत सुशासन, सामाजिक न्याय र समृद्धिको यात्रामा सबै एकजुट भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका हुन् । मुख्यमन्त्री आचार्यले संविधानले संघीय बहुदलीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीलाई अंगिकार गर्दै नागरिकका मौलिक हक-अधिकारको रक्षा, स्वतन्त्र न्यायपालिका, प्रेस स्वतन्त्रता, कानूनी शासन र लोकतान्त्रिक मूल्यमा आधारित […]

दाङ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार भदौ महिनामा विभिन्न प्रकृतिका एक सय तीन वटा उजुरी परेको जिल्ला प्रहरी कार्यालय दाङका सूचना अधिकारी एवम् प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहले जानकारी दिएका छन् । उनका अनुसार उजुरी परेकामध्ये ४४ वटा फस्र्योट भएका छन् भने ५९ वटा पक्रियामा रहेका छन् । प्रहरी नायव उपरीक्षक शाहका अनुसार जसमा […]

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निजी सचिवालयले जेन-जी आन्दोलनका क्रममा देउवा निवासमा भएको आक्रमणपछि सामाजिक सञ्जालमा भ्रम फैलाइएको भन्दै एक वक्तव्य सार्वजनिक गरेको छ। बिहीबार जारी वक्तव्य जारी गर्दै सचिवालयका स्वकीय सचिव भानु देउवाले पार्टी र पार्टी नेतृत्वलाई बद्नाम गर्ने दूषित मनसायले प्रविधिको गलत प्रयोग गरी भ्रामक हल्ला फैलाइएको भन्दै त्यस्ता सूचनाको […]

काठमाडौं । आगामी सोमबारदेखि कोजाग्रत पूर्णिमाको दिनसम्म सर्वोच्च अदालत बन्द रहने बिहीबार जारी सूचनामा उल्लेख गरिएको छ । उक्त अवधिमा पर्ने घटस्थापना, विजया दशमी, कोजाग्रत पूर्णिमा र शनिबारको दिन बाहेक अन्य दिनहरूमा बन्दीप्रत्यक्षीकरणको रिट निवेदन लिई सुनुवाइ गर्न बिहान ११ बजेदेखि अपराह्न ३ बजेसम्म अदालत खुला रहने समेत सूचनामा भनिएको छ ।

काठमाडौँ । उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका १३ स्थानमा नागरिक सहायता कक्षको स्थापना गरेको छ, काठमाडौँको नयाँबसपार्कमा आयोजित एक कार्यक्रमका बीच आज काठमाडौँ उपत्यका प्रहरी कार्यालयका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक दान बहादुर कार्कीज्युको प्रमुख आतिथ्यमा नयाँबसपार्कमै रहेको नागरिक सहायता कक्षको उद्घाटन गरि देशको वर्तमान परिवेशमा प्रहरी सङ्गठनले विभिन्न समस्याका बाबजुत पनि उत्कृष्ट सेवा प्रवाह […]

काठमाडौं । त्यहाँका प्रमुख विश्व अधिकारी हटाइएको प्रहरीस्रोतले जनाएको छ । जेनजी आन्दोलनमा फितलो सुरक्षा व्यवस्था गरेका कारण अधिकारी हटाइएका हुन् । यसअघि ९० डीएसपी सरुवा हुँदा उपत्यकास्थित नगर प्रहरी प्रमुख डीएसपी मन्जील मुकारुङ कार्यभार सम्हालेको पाँच महिनामै हटाइएका थिए । आन्दोलनका क्रममा हातमा चोट लागेका मुकारुङ आफैंले सरुवा मागेको स्रोतले जनाएको छ । काठमाडौं […]

पर्सा । बिरगंज जिल्ला सुरक्षा समितिको निर्णयअनुसार वीरगञ्ज महानगरपालिकाका केही क्षेत्रमा लगाइएको कर्फ्यू आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय पर्साले दिएको जानकारीअनुसार मिति २०८२ असोज २ गते बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म लागू हुनेगरी जारी गरिएको कर्फ्यू आदेश फिर्ता गरिएको हो। तर शान्ति–सुव्यवस्था कायम राख्न वीरगञ्ज महानगरपालिकाको केही क्षेत्रलाई दङ्गाग्रस्त क्षेत्र घोषणा गरिएको छ। […]

काठमाडौं । जेनजी आन्दोलनका कारण प्रतिनिधिसभा विघटन भएपछि समितिका सभापतिहरुले सुविधा स्वरुप प्राप्त गरेको सवारी सधान फिर्ता गरेका हुन्। नियमअनुसार संसद नहरेको सात दिनभित्र पदाधिकारीहरुले आफूले पाएको गाडी फिर्ता गरिसक्नुपर्नेछ। भदौ २७ गते प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद विघटन गरेका थिए। संसद सचिवालयका अनुसार बिहीबारसम्म अन्तराष्ट्रिय सम्बन्ध समितिका सभापति राजकिशोर यादव र […]

आगलागीमा परेकी झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रेहात काटियो, डाक्टर काठमाडौं । आन्दोलनका क्रममा आगलागीमा परेकी पूर्वप्रधानमन्त्री झलनाथ खनालकी पत्नी रवीलक्ष्मी चित्रकारको देब्रेहात काटिएको छ । कीर्तिपुरस्थित बर्न अस्पतालको आईसीयूमा उपचाररत चित्रकारको संक्रमण फैलिन थालेपछि आज देब्रेहात काटिएको हो । उनको देब्रेहात कुहिनोदेखि तल काटिएको बताइएको छ । चिकित्सकका अनुसार, शरीरको १७ प्रतिशत भाग जलेको […]

दाङ । घोराही होटेल सञ्चालन ओविन्द्रबहादुर महराले घटनालाई दुःखद् भन्दै तोडफोड र आगजनी गर्नेको पहिचान गरेर कारबाही गर्न माग गरेका छन् । ‘घटनाको सत्य तथ्य छानबिन गरेर दोषीलाई कारबाही गरिनुपर्छ’ सञ्चालक महराले भने । होटेलमा पूर्वसभामुख कृष्णबहादुर महराको समेत लगानी रहेको भन्ने हल्लाका भरमा तोडफोड र आगजनी भएको भन्ने आफूले सुनेको भन्दै उनले भने, ‘होटेलमा […]

error: Content is protected !!