रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बिगो बापत बैङ्क जमानत अदालतमा बुझाएका छन् । सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुनामा रहेका सभापति लामिछानेले आफ्नो भागमा परेको हिस्सा बराबरको बिगो बुझाएका हुन् । आफूलाई थुनाबाहिर राखेर मुद्दा चलाउनु पर्ने माग गरिरहेका लामिछानेले आज उच्च अदालतमा आफ्नो भागको बिगो बापतको बैङ्क जमानत बुझाएका हुन् । […]
काठमाडौं । अनलाइन सञ्चारमाध्यम जिल्ला प्रशासन कार्यालयमा दर्ता तथा नवीकरण गर्नुपर्ने प्रावधानका बारेमा संगठनको धारणा सार्वजनिक गर्न यो प्रेस विज्ञप्ति जारी गरिएको छ । १) घोर भत्र्सना : सरकारले केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमार्फत छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन यहीं असार अन्तिममा संसदबाट संशोधन गरेर सञ्चार तथा सूचना प्रविधि मन्त्रालय मातहतको निकायमा हुँदै […]
बागमती प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयले सूचना जारी गर्दै गाईजात्राको अवसरमा उक्त दिन सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएको छ । बागमती विशेष गरी उपत्यकामा गाईजात्रा मनाउने चलन रहिआएको छ ।
दाङ । मसोट पुलबाट सवारी आउजाउ गर्दा जोखिम हुने भएपछि डाइभर्सन निर्माण गरिएको हो । आकस्मिक रूपमा पुल मर्मत गर्नुपर्ने भन्दै २१ साउनदेखि चार दिनसम्म सवारी आवागमन बन्द गर्ने निर्णय सरोकार पक्षले गरेको थियो । तत्कालका लागि रोकिएका सवारीसाधन सञ्चालनमा ल्याउन पुलको उत्तरतर्फ खोलामा भएका खाल्डोलाई पुरेर ‘डाइभर्सन’ निर्माण गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङका […]
दिल्लीमा रहेको नेपाली दूतावासका अनुसार गैरकानूनी तरिकाले भारत हुँदै तेस्रो देश लैजान लागिएका महिलाहरुको उद्धार गरी हिजो नेपाल फर्काइएको हो । दूतावासका अनुसार दलालको प्रलोभनमा परेका उनीहरुलाई भारत हुँदै घरेलु कामदारका रुपमा खाडी देश लैजान लागिएको थियो । भारतीय प्रहरीसँगको सहयोगमा उनीहरुलाई उद्धार गरी नेपाल फिर्ता पठाइएको दूतावासले जनाएको छ ।
काठमाडौं । प्रहरी जवान हुँदै २०६१ जेठमा इन्स्पेक्टरमा नाम निकालेका भण्डारीले राजीनामा दिएका हुन् । एसपी भण्डारी ७ महिनाअघि मात्र एसपीमा बढुवा भएका थिए। ३० वर्षे सेवाहदका कारण उनले आगामी २० भदौमा अवकाश पाउँदै थिए। उनी गण्डकी प्रदेश प्रहरी गण पोखरामा कार्यरत थिए । भण्डारीले राजीनामा दिएसँगै रिक्त पदमा डीएसपी वीरेन्द्र थापालाई बढुवा गर्न सिफारिस […]
चीनमा पहिलो पटक रोबोट स्टोर खुल्यो दक्षिण चीनको शेन्जेनमा विश्वको पहिलो रोबोट स्टोर खुलेको हो। शेन्जेन फ्यूचर टाइम्स रोबोटिक्स कम्पनीले हालै शेन्जेनमा रोबोट सुपर स्टोर खोलेको हो। स्टोरभित्र रोबोटिक मसाज उपकरणहरूदेखि रोबोटिक क्यापुचिनो कफी निर्माताहरूसम्मका सबै प्रकारका रोबोटहरू उपलब्ध छन्। स्टोर अटो डिलरशिपहरू जस्तै देखिन्छ। जसमा बिक्रीमा राखिएका स्पेयर पाट्र्स, सेवा र सर्वेक्षण समावेश छन्। […]
दाङ । पत्रकार कलाकारको रूपमा अनुबन्धित भएका छन्। पेशाले पत्रकार रहेका सुवेदीले पहिलो पटक चलचित्रमा अभिनय गर्दैछन्। विगत केही वर्षदेखि सञ्चार क्षेत्रमा सक्रिय रहँदै आएका सुवेदीले अभिनयमा रुचि राख्दै आएका थिए। चलचित्र ‘जदौ’ मा उहाँले पत्रकारकै भूमिका निर्वाह गर्ने छन्। “पत्रकारिता मेरो पेशा हो, तर अभिनय मेरो रुचिको क्षेत्र हो,” सुवेदीले भने, “यो चलचित्रले […]
काठमाडौं । महाशाखाका अनुसार लुम्बिनी प्रदेशका दाङ, बाँके र बर्दिया कर्णाली प्रदेशका सुर्खेत र दैलेख तथा सुदूरपश्चिम प्रदेशका अछाम, डडेलधुरा, डोटी, कैलाली र कञ्चनपुर जिल्लामा बाढीको मध्यम जोखिम छ। त्यस्तै, कोशी प्रदेशका झापा, इलाम, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, धनकुटा, संखुवासभा, भोजपुर, ओखलढुंगा, सोलुखुम्बु, रामेछाप, मोरङ र उदयपुर जिल्ला जोखिम सूचीमा रहेका छन्। बागमती प्रदेशतर्फ दोलखा, सिन्धुपाल्चोक, […]
काठमाडौं । गृहमन्त्री रमेश लेखकले बुधवार सरुवा र पदस्थापनको निर्णय गरेका हुन् । प्रदेश प्रहरी कार्यालय बागमतीका कार्यरत सञ्जय सिंह थापालाई हेडक्वार्टरस्थित कल्याण महाशाखामा सरुवा गरिएको छ । गण्डकी प्रदेशमा कार्यरत कृष्णबहादुर पल्लीमगरलाई प्रदेश समन्वय विभागमा ल्याइएको छ । गण्डकी प्रदेश प्रहरी कार्यालयमा तुलबहादुर कार्कीलाई पदस्थापन गरिएको छ । कार्कीसहित ११ जना बुधवार एसएसपीमा बढुवा […]