काठमाडौं । २०८१ साउन ९ गते सी–चेकका लागि काठमाडौंबाट पोखराका लागि उडेलगत्तै दुर्घटना भएको सौर्य एयरलायन्सको विमान दुर्घटनाको मुख्य कारण जहाजको प्राविधिक समस्या नभई पाइलटकै त्रुटि भएको प्रतिवेदन सार्वजनिक भएको छ । दुर्घटनाको अनुसन्धान गर्न सरकारले गठन गरेको जाँच आयोगले शुक्रबार सार्वजनिक गरेको अन्तिम प्रतिवेदनले टेकअफका क्रममा पाइलटले जहाजको अगाडिको भाग अत्यधिक माथि उचालेका कारण […]
काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सबै दूरसञ्चार सेवा प्रदायकलाई एपको पहुँच तत्काल रोक्न निर्देशन दिएको हो। ‘‘अनलाइन फ्रडको सङ्ख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ जस्ता गम्भीर अपराधमा संलग्नता समेत रहेको बुझिन आएकाले टेलिग्राम एपको पहुँचमा तत्काल रोक लगाउने र बन्द गर्ने व्यवस्थाका लागि सम्बन्धित सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन गरिएको प्राधिकरणको सूचनामा उल्लेख गरिएको छ।
मेष-काममा ढिलाइ र अलमल देखिए पनि पारिवारिक आत्मीयता बढ्नेछ। मन कमजोर नबनाउनुहोस्, सन्तुलित निर्णय गर्नु उपयुक्त हुनेछ। घरको वातावारण सकारात्मक बन्ने संकेत छ। वृष-नयाँ काम सुरु गर्न अनुकूल समय छ। व्यापार, लेनदेन र योजनामा प्रगति हुनेछ। मित्र वा जीवनसाथीको साथ मिल्न सक्छ। यात्राबाट पनि लाभ मिल्ने सम्भावना छ। मिथुन-धन लाभको संकेत देखिए पनि खर्च पनि […]
बाँके । नेपालगन्ज जिल्ला प्रहरी कार्यालय बाँकेले गत आर्थिक छलेर ल्याइएका सामान बरामद गरेको छ । जिल्लाका विभिन्न ठाउँबाट एक वर्षको अवधीमा ४ करोड १० लाख २४ हजार ८ सय ८३ रुपैयाँ मूल्यको सामान बरामद गरिएको जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक राम प्रसाद घर्ती मगरले बताए । एक वर्षको प्रगति विवरण सार्वजनिक गर्दै यसबारे जानकारी […]
दाङ । तुलसीपुर कर्तव्य ज्यान मुद्दामा जेल बसेका कारागार भित्र रहेका तुलसीपुर उपमहानगरपालिका १८ बस्ने सौरभ मल्लले श्रीमतीसँग कारागारभित्र टिका लगाएर बनाएको भिडियो बाहिरिएपछि पीडित परिवारले आपत्ति जनाएको हो । सौरभले २०७६ असार २७ गते तुलसीपुरस्थित वडा नम्बर १२ का राम ओलीलाई खुकुरी प्रहार गरेको थिए । अहिले टिकटकमा भिडियो आएपछि ओली परिवारले आपत्ति […]
सुनसरीमा ठगीमा संलग्न व्यक्ति प्रहरीको मोटरसाइकल प्रयोग गर्दै हिँडेको खुलासा काठमाडौं । प्रहरीको मोटरसाइकल प्रयोग गर्ने व्यक्तिलाई स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका थिए। प्रहरीले घटनाको छानबिन सुरु गरेको छ र मोटरसाइकल कसरी विवादित व्यक्तिसम्म पुग्यो भन्ने प्रश्न उठेको छ। सुनसरी । ठगीमा संलग्न विवादित पृष्ठभूमिका व्यक्ति प्रहरीकै मोटरसाइकल लिएर हिँडेको खुलेपछि सुरक्षा संयन्त्रमाथि नै प्रश्न […]
काठमाडौं । पाकिस्तान पञ्जाब प्रान्तमा बुधवार बिहानदेखि परेको मुसलधारे वर्षापछि भएको विपत्तिमा परी बिहीबारसम्म ६३ जनाको मृत्यु भएको पाकिस्तानको राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणले जनाएको छ । प्राधिकरणले अधिकांश मानिसहरू घर भत्किँदा थिचिएर मारिएका छन्। केही मानिसहरूको डुबेर र करेन्ट लागेर पनि मृत्यु भएको बताइएको छ । विपद्का घटनामा परी २९० जना घाइते भएको बिबिसीले […]
नेकपा बहुमत निकट विद्यार्थी सङ्गठनले आह्वान गरेको आम शैक्षिक हडताल निजी विद्यालयहरू बन्द काठमाडौं । शिक्षा ऐन छिटो जारी गर्नुपर्ने, निःशुल्क शिक्षाको सुनिश्चितता हुनुपर्ने, शिक्षामा भइरहेको निजीकरण बन्द हुनुपर्नेलगायतका मागसहित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले आज एक दिन आम शैक्षिक हडताल घोषणा गरेको हो । हडतालको घोषणा काठमाडौँका कतिपय निजी विद्यालयले बिहीबार […]
मेष : दिन राम्रो छ। बोलीको प्रभावले कामहरु बन्नेछन्। डुब्न लागेका धनहरु हात लाग्नेछन्। राजनीतिक क्षेत्रमा गरेको प्रयास सफल हुनेछ। शिक्षामा गरेको लगानीले दुरगामी फाइदा हुनेछ। परिवार र स्वास्थ्यमा सुधारका संकेत देखिनेछन्। वृष : विदेशी रमझमले तपाईंको मन आकर्षित गर्नेछ। लगानी गरेको भए कार्य सहज हुनेछ। राजनीतिमा गरेको सहकार्यले संगठनमा पहुँच रहनेछ। स्वास्थ्यमा भने समस्या […]
काठमाडौं । विभिन्न शक्ति केन्द्रको दबाबमा आफूलाई अनुकूल लागेका कार्यालय र स्थानमा बसिरहेका प्रहरी कर्मचारीलाई दरबन्दीमा पठाउन थालिएको हो। तराई मधेशमा, हिमाली जिल्ला, लागूऔषध ब्यूरो, साइबर ब्यूरो, सिआइबी, मानवबेचविखन नियन्त्रण ब्यूरो तथा ट्राफिक कार्यालयहरूमा काजमा खटिएका प्रहरी कर्मचारीलाई जहाँ उनीहरूको दरबन्दी त्यहाँ पठाउन थालिएको हो। प्रहरी प्रधान कार्यालय स्रोतका अनुसार काज फिर्ताको क्रममा ३ हजार […]