२८ भाद्र २०८३, आइतबार
13-09-2026 , Sun
×

समाचार

बाँकेका दुई बालसुधार गृह र एउटा कारागारबाट २ सय ९४ जना कैदी फरार आजसम्ममा फर्किन कैदी

काठमाडौं । सरकारले जेनजी विद्रोहका क्रममा भागेका बालबन्दीलाई आजसम्म फर्किने म्याद दिएको छ। आजसम्म फर्किनेलाई अर्को मुद्दा नलाग्ने भनिएको छ। बाँकेका दुई बालसुधार गृह र एउटा कारागारबाट २ सय ९४ जना कैदी र बालबन्दी फरार रहेका छन्। आजसम्ममा नफर्किने कैदी र बालबन्दीलाई समातेर अर्को मुद्दा पनि लगाउने तयारी गरिएको छ । जिल्लामा नौबस्ता र डुडुवामा […]

रौतहट । बाग्मती,लाल बकैया र झाँझ नदीमा पानीको बहाव उच्च भएपछि रौतहटका आधा दर्जनभन्दा बढी पालिकाका बस्तीहरू प्रभावित भएका छन् । झाँझ, बागमती, लाल बकैया र चादी नदीमा पानीको बहाव अत्यधिक भएर बाढी आउदा रौतहटको गौर, बन्जरहा, गंगा पिप्रा, मत्सरी, परोहा, गुजरा, गढीमाई, बेलबिछवा, पिप्रा रजबाडा, बडहरवा, बन्जरहा, इनर्वा, लक्ष्मिनिया, मर्यादपुर, बसन्तपट्टी र तेजापाकडका बस्तीहरू […]

काठमाडौं । जेनजी आन्दोलनको अग्रभागमा रहेर प्रहरीसँग विवाद गरेका एकजना भाइरल युवा आफूलाई जन्म दिने आमाको बीभत्स हत्या गरेको अभियोगमा पक्राउ परेका छन् । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–५ थापाकटेरीका ३० वर्षीय यमबहादुर कँडेल जिरेले ५५ वर्षीया राममाया आमा राममाया कँडेलको हत्या गरेका हुन् । यमबहादुरले आइतबार राति धारिलो हतियारबाट आमाको हत्या गरेको अनुसन्धानका क्रममा पुष्टि भएको […]

काठमाडौं । केही सडकमा भने एकतर्फी गाडी गुडिरहेका प्रहरीले जनाएको छ। बागमतीमा ११ र कोशीका आठ ठाउँमा सडक अवरुद्ध भएका हुन् । नेपाल प्रहरीका अनुसार बागमती प्रदेशमा पासाङ ल्हामु सडक, अरनिको राजमार्ग, बीपी राजमार्ग, कान्ति लोकपथ, मदन भण्डारी राजमार्ग र मध्यपहाडी लोकमार्ग बन्द छन् । यसैगरी नेपाल-चीन जोड्ने सीमा सडक, कुलेखानी-सिस्नेरी-दक्षिणकाली-काठमाडौं सडक खण्ड पनि पूर्णरूपमा […]

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखका अनुसार कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । यसैगरी कोशी, बागमती, लुिम्बनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै तथा बाँकी प्रदेशका पहाडी तथा तराई भू भागका स्थानमा मेघगर्जन ÷चट्याङ सहित मध्यम वर्षाको सम्भावना रहेको छ । आज […]

काठमाडौं । अपराध अनुसन्धान विभागमा कार्यरत प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) राजन अधिकारीलाई मानवश्रोत विकास विभागमा सरुवा गरिएको छ । कार्य विभागका प्रमुखको रूपमा कार्यरत अर्का एआईजी सिद्धी विक्रम शाहलाई राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । केही दिनअघि बसेको मन्त्रिपरिषद्ले एआईजीहरुको जिम्मेवारी हेरफेर गरेको गृह मन्त्रालयका एक जना उच्च अधिकृतले जानकारी दिए । जेनजी […]

मुग्लिन । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार बिहान ६ बजेदेखि यातायात सेवा पूर्ववत् रूपमा सञ्चालनमा आएको हो। गत शुक्रबार र शनिबार परेको लगातार वर्षाका कारण पहिरो खस्ने उच्च जोखिम देखिएकाले आइतबार राति ९ बजेपछि सार्वजनिक तथा निजी सवारीसाधनको आवागमन रोकिएको थियो। प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार सडक सञ्चालनमा आएसँगै रोकिएका सवारी गन्तव्यतर्फ लागेका छन्। जिल्लाभरका […]

  बाँके । जिल्ला प्रहरी बाँकेले कारागारबाट फरार २ जना,अदालतले सजाय तोकेको र ज्यान मार्ने  उद्योग मुद्दाका फरार प्रतिवादी गरि चारलाई पक्राउ गरेको हो । प्रहरीले गत गत २०८२ भाद्र २४ गते ZEN-Z प्रदर्शनको मौका पारी नौबस्ता कारागारबाट फरार भएका ज्यान मार्ने उद्योग मुद्दाका थुनुवा नेपालगंज उपमहानगरपालिका वडा नम्बर ९ बाँकेगाउँ निवासी २६ वर्षीय हरकेस […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले एक प्रेस विज्ञप्ति मार्फत केही व्यक्तिहरूले संक्रमणकालीन परिस्थितिको अनुचित लाभ उठाउँदै सामाजिक सञ्जालमा विभिन्न धर्म, समुदाय र वर्गबीच वैमनस्य फैलाउने, भ्रमपूर्ण स्टाटस प्रकाशित–प्रसारित गर्ने र समाजमा अशान्ति फैलाउने खालका गतिविधि गर्दै आएको पाइएकाले यस्ता कार्य रोक्न सबैलाई सचेत गराएको छ। विज्ञप्तिमा प्रहरी प्रबक्ता (डीएसपी) तथा सूचना अधिकारी दीपक पातलीले […]

दाङ । कर्तव्य ज्यान मुद्धामा कैद सजाय भोगिरहेका कैदीबन्दी खिम बहादुर बिक पंक्षीले कारागारबाट भागेर फेरि मान्छे मार्ने प्रयास गरेका छन् । कर्तव्यज्यान मुद्दामा २५ वर्ष कैद सजाय भोगिरहेका तुलसीपुर–५ रानीजरुवाका २२ वर्षीय पंक्षी कारागार कार्यालय तुलसीपुर दाङबाट गत भदौ २४ गते जेनेजी आन्दोलनको क्रममा भागेका थिए । फरार रहेका बिकले असोज ११ गतेराति तुलसीपुर–५ […]