२९ भाद्र २०८३, सोमबार
14-09-2026 , Mon
×

समाचार

पक्राउ परेका (राप्रपा) नेपालका अध्यक्ष कमल थापा र सांसद दीपक सिंह बेलुका रिहा भए

  काठमाडौं । राजधानीमा जारी राजावादी आन्दोलनका क्रममा पक्राउ परेका राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा र सांसद दीपक सिंह रिहा भएका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंले थापा र सिंहसहित सात जनालाई आइतबार बेलुका रिहा गरेको हो । थापासहित केही व्यक्तिहरुलाई काठमाडौँको नारायण चौर क्षेत्रमा गरिएको प्रदर्शनका क्रममा प्रहरीले नियन्त्रणमा लिएको थियो […]

कपिलवस्तु । लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुल्सीपुर दाङका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी राजेन्द्र प्रसाद भट्टद्वारा जिल्ला प्रहरी कार्यालय, कपिलबस्तुको आन्तरिक तथा बाह्य निरीक्षण गर्नुका साथै विभिन्न शाखाहरुबाट सम्पादित कार्य विवरणको बारेमा जानकारी लिदै कार्यरत प्रहरी कर्मचारीहरूलाई आवश्यक निर्देशन सम्बोधन समेत गर्नु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जानकारी दिएको छ ।

  काठमाडौं । संवैधानिक राजसंस्था र सनातन हिन्दूराष्ट्रका लागि गठित संयुक्त जनआन्दोलन समितिले विज्ञप्ति जारी गरेर जेठ १९ गते उपत्यका बन्द गर्ने घोषणा गरेको हो। समितिका संयोजक नवराज सुवेदीले आइतबारको शान्तिपूर्ण प्रदर्शनमा प्रहरीले बर्बर दमन गरेको आरोप लगाएका छन्। ‘संविधानप्रदत्त अधिकार उपयोग गर्ने क्रममा प्रहरीले पक्राउ गरेका राप्रपा नेपालका अध्यक्ष कमल थापा, दीपक सिंहलगायत हाम्रा […]

काठमाडौं । राजावादी समूह राजधानीको नारायण चौर क्षेत्रबाट बालुवाटारतर्फ अघि बढ्न खोजेपछि प्रहरीले नियन्त्रणमा लिएको हो । राजावादी समूहले बिहीबारदेखि वर्तमान व्यवस्थाविरुफद्ध प्रदर्शन गर्दै आएका छन् ।

रेलमाथि पुल भत्किँदा ७ जनाको मृत्यु काठमाडौं । रुसमा युक्रेनी सीमा नजिकै राजमार्गको पुल भत्किँदा रेलमा खस्दा कम्तीमा सात जनाको मृत्यु भएको आपत्कालीन सेवाले जनाएको छ। दुर्घटना ब्रायन्स्क भन्ने क्षेत्रमा भएको हो। दुर्घटनामा कम्तीमा ३२ जना घाइते भएका छन्।रुसको आपत्कालीन मन्त्रालयले उद्धारकर्मीहरूले अझै पनि रेलभित्र फसेका मानिसको खोज्ने प्रयास गरिरहेको बताएको छ। एजेन्सी रूसी रेलवेले […]

  काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालयको केन्द्रीय अनुसन्धान ब्युरोले २५० करोड बढी रकम हिनामिना गरी फरार रहेका ६५ वर्षीय रायलाई शनिबार रुपन्देही सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट नियन्त्रणमा लिएको हो। केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी उपरीक्षक एवम् प्रवक्ता युवराज खड्का अनुसार बैंकमा संकलन भएको बचतकर्ताहरूको २५० करोड भन्दा बढी रकम हिनामिना गरी उनी फरार थिए। उनीविरुद्ध बैंकिङ कसुर […]

मेष-अध्ययन, लेखन वा अनुसन्धानमा रुचि बढ्नेछ। पारिवारिक साथ र आत्मीयताको अनुभव हुनेछ। योजना अनुसार काम गर्दा राम्रो फल पाइनेछ। सन्तानसँगको सम्बन्ध मजबुत बन्दै जानेछ। शुभ रङ: रातो शुभ अंक: ५ वृष-व्यापार, व्यवसाय वा सेवामूलक क्षेत्रमा लाभ मिल्नेछ। बोलीको माधुर्यले अरूको मन जित्न सकिनेछ। नयाँ साथी वा सम्बन्ध बन्ने सम्भावना छ। प्रेम सम्बन्धमा प्रगाढता आउनेछ। शुभ […]

कपिलवस्तु । अर्घाखाँची घर भई कपिलवस्तुको रेडियो शिवराजमा स्टेसन म्यानेजरका रूपमा कार्यरत ३६ वर्षीय केसीको शुक्रवार राति निधन भएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाका अध्यक्ष डिलाराम भुसालले जानकारी दिनुभयो । पत्रकार केसीको असामयिक निधनले कपिलवस्तुको पत्रकारिता क्षेत्रले एक कर्मठ र प्रतिबद्ध व्यक्ति गुमाएको नेपाल पत्रकार महासङ्घ कपिलवस्तु शाखाले जनाएको छ । पछिल्लो दुई वर्षदेखि क्यान्सरको […]

सन्धिखर्क । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रमुख प्रहरी नायक उपरीक्षक डिएसपी चक्रबहादुर मल्लले अर्घाखाँची क्षेत्रमा विशेष गरेर सवारी साधन भरिमा रातो नम्बर भएका गाडीहरूलाई कडा रुपमा चेकजाँच गरिने बताएका छन । केहि महिना अगाडी मात्रै अर्घाखाँची जिल्लाको प्रहरी प्रमुखको रुपमा सरुवा भएर आएका डिएसपी मल्लले अर्घाखाँचीका यातायात व्यवसायी र उद्योगीहरुसँग शान्तिसुरक्षाको लागी आफुलाई सहयोग गर्ने […]

कालिकोट । कर्णाली राजमार्गको खुलालु-लालीघाट सडकखण्ड मर्मतका लागि आगामी मंगलबारदेखि चार दिन बन्द हुने भएको छ। सडक डिभिजन कार्यालयको ठेक्काअन्तर्गत निर्माणाधीन सडकखण्डमा संरचना निर्माण र मर्मत गरिनेछ। कालिकोट, बाजुरा र हुम्लाका नागरिकलाई यात्रामा असुविधा हुनेछ, तर जिते र लालीघाटमा सवारी साधन रोकिने व्यवस्था मिलाइनेछ। कालिकोट कर्णाली राजमार्ग राजमार्ग चार दिन मर्मतका लागि बन्द हुने भएको […]