दाङ । नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं. ७३११, मिति २०८२।०२।१९ गतेको पत्रले प्रहरी वरिष्ठ हवल्दार पदबाट प्रहरी सहायक निरीक्षक पदमा बढुवा हुनुभएका प्रहरी सहायक निरीक्षकहरुलाई प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्सालको प्रमुख आतिथ्यतामा कार्यालका प्रमुख प्रहरी उपरीक्षक एसपी अर्जुन प्रसाद तिमिल्सिनाबाट दर्ज्यानी चिन्ह सुशोभन गर्नुका साथै बधाई तथा सफल कार्यकालको […]
काठमाडौं । महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डे निलम्बनमा परेका छन्। प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले उनलाई ६ महिनाका लागि निलम्बन गरेका हुन्। गत चैत २१ गते आफूलाई कार्यालय प्रवेशमा अवरोध गरेको विषयमा प्रशासकीय अधिकृत गुरागाईंले पाण्डेलाई स्पष्टीकरण सोधेका थिए। स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएपछि उनलाई निलम्बन गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले उक्त घटनाको […]
काठमाडौं । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार राति ललितपुरको नख्खुस्थित सनराइज अपार्टमेन्ट र धापाखेलबाट पक्राउ गरेको हो। कार्यालयका प्रवक्ता एसपी काजीकुमार आचार्यका अनुसार पक्राउ पर्नेमध्ये पाँच जना भारतीय नागरिक छन्। बाँकी सबै जना नेपाली नागरिक हुन्। पक्राउ पर्नेहरुमा ऋषभ राज, दिपककुमार सिंह, अंकितकुमार सिंह, धिरजकुमार सिंह र मोहितकुमार सिंह छन्। उनीहरु सबै भारतीय […]
काठमाडौं । सशस्त्र प्रहरी वरिष्ठ नायव निरीक्षकदेखि सहायक हवलदारसम्म २ हजार जनाको बढुवा हुने गरी सूचना प्रकाशन गरेको छ । सशस्त्र प्रहरीको मुख्यालयले साधारण समूहतर्फ वरिष्ठ नायव निरीक्षक र सशस्त्र प्रहरी नायव निरीक्षक तथा लेखा उपसमूहतर्फका सशस्त्र प्रहरी नायव निरीक्षकमा बढुवा हुनको लागि सूचना प्रकाशन गरेको छ । सूचना अनुसार १० दिन भित्र बढुवा […]
तुल्सीपुर । मानव सेवा आश्रम तुलसीपुरको भवन निमार्णको लागि भुमि पुजन गरिएको छ । तुलसीपुर उपमहानगरपालिका–४ र ७ को सिमानामा पर्ने कालिका मालिका मन्दिर परिसरमा आज भुमि पुजन गरिएको हो । भवन निमार्णको भुमि पुजन तुलसीपुर उपमहानगरका नगर प्रमुख टिकाराम खड्काले गर्नु भएको हो । भवन निमार्ण सहयोगार्थका लागि २०८० माघ १३ गतेदेखि २० सम्म […]
काठमाडौं । आफ्नो कालो नम्बर प्लेटका गाडीहरू थन्क्याएर हड्तालमा उत्रिन आग्रह गरेका उनीहरूले निजी गाडी, पर्यटकका गाडी पनि बन्द गराइरहेका छन् । गाडी तोडफोडदेखि व्यक्तिमाथि कुटपिट गर्न थालेका छन् । बन्दकर्ताहरूले सार्वजनिक सडकमा आफ्नै गाडीमा यात्रा गरेका यात्रुहरूमाथि निर्घात कुटपिट गरेका छन् । पालुङटार नगरपालिका–१० मिरकोटका कृष्णहरि देवकोटामाथि गत शनिबार कुटपिट गरेका छन् । रातो नम्बर प्लेटको आफ्नै बोलेरो जिपमा […]
नक्कली प्रचण्डका रूपमा चिनिएका कलाकार घनश्याम गौतमको निधन काठमाडौं । लामो समयदेखि भक्तपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेका गौतमको सोमबार राति निधन भएको हो। उनी भक्तपुर ताथलिमा रहेको काठमाडौं क्यान्सर अस्पतालमा लामो समयदेखि उपचार गराइरहेका थिए। ‘मेरी बास्सै’ टेलिश्रृंखलामा माओवादी अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को व्यंग्यात्मक भूमिका निर्वाह गरी चर्चामा आएका थिए।
मेष : दिन राम्रो छ। शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ। व्यापारमा नाफा आर्जन गर्ने योग छ। लगानी गर्दा सहकार्य गर्नु उचित हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्ला। वृष : राजनीतिक क्षेत्रमा उपलब्धि हात लाग्नेछ। राज्यका तर्फबाट महत्त्वपूर्ण जिम्मेवारी प्राप्त हुने योग छ। हरेक काममा सचेत भएर मिहिनेत गर्नु उचित हुनेछ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। मिथुन […]
दाङ । जिल्ला रोल्पा थवाङ गाउपालिका वडा नं. ०१ थवाङ घर भई हाल जिल्ला दाङ घोराही उप-महानगरपालिका वडा नं. १४ मिलन चोक बस्ने बर्ष ६३ की माया देवी बि.क. ले आफ्नै घरमा लागुऔषध (गाँजा/ चरेशको कारोबार गरिरहेकी छिन भन्ने सुचनाका आधारमा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले निजको घर कोठा खानतलासी गर्दा निज सुत्ने कोठाको भुँईमा […]
काठमाडौं । नेपाल प्रहरीका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक रमेश थापाले देशभर गरेर यातायात बन्द गराउँदै हिँड्ने उनीहरुलाई नियन्त्रणमा लिइएको बताए। उपत्यकामा प्रहरीले दुई बस सञ्चालन गरी निःशुल्क बस सेवा प्रदान गरिरहेको उनले बताए। यस्तै, अन्य क्षेत्रमा अलपत्र परेका यात्रुलाई ‘स्कटिङ’ गरेर गन्तव्यतर्फ पठाउने कार्य जारी छ ।