२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

समाचार

दाङको राप्ती गाउँपालिकालाई जीईडीएसआई नीति हस्तान्तरण, दाङ । मसुरिया राप्ती गाउँपालिकालाई लैङ्गिक समानता, अपाङ्गता तथा सामाजिक समावेशीकरण (जीईडीएसआई) नीति, २०८३ हस्तान्तरण गरिएको छ। राप्ती गाउँपालिकाको सभाहलमा सोमबार आयोजित एक कार्यक्रमबीच मधेश मानव अधिकार गृह (माहुरी होम) कपिलवस्तुका कार्यक्रम संयोजक रिखिराम हरिजन र संजय कुमार पासीले गाउँपालिकाका अध्यक्ष प्रकाश विष्ट तथा उपाध्यक्ष कमलापति चौधरीलाई उक्त नीतिको […]

दाङ । मसुरिया राप्ती गाउँपालिकाले सरुवा भई रुपन्देहीको रोहिणी गाउँपालिकामा जान लाग्नुभएका प्रशासन शाखा प्रमुख विकास ज्ञवालीलाई सोमबार एक कार्यक्रमका बीच बिदाइ तथा ‘फेरि भेटौँला’ कार्यक्रम गरी विदाइ गरेको छ। राप्ती गाउँपालिकामा करिब साढे ६ वर्ष प्रशासन शाखा प्रमुखका रूपमा कार्यरत रहनुभएका ज्ञवालीलाई गाउँपालिका अध्यक्ष प्रकाश विष्ट, उपाध्यक्ष कमलापति चौधरी, प्रमुख प्रशासकीय अधिकृत देविराम पाठक, […]

एजेन्सी पाकिस्तान सरकारले अफगागिनस्तानमा सैन्य अभियान चलाएको छ। जसमा २९ जना आतंकवादी मारिएको दाबी गरेको छ। आफ्नो सेनाले गोप्य सूचनाका आधारमा मध्यराति सैन्य अभियान सञ्चालन गरेको पाकिस्तान सरकारले जनाएको छ। त्यहाँका सूचना तथा प्रसारण मन्त्री अत्ताउल्लाह तराडले यसबारे सामाजिक सञ्जालमार्फत वक्तव्य जारी गरेका छन्। उनले पाकिस्तानी सेनाले डुरान्ड रेखा नजिक स्थलगत अभियान सञ्चालन गरेको र […]

काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यालयले बाइक मोडिफाई गर्नेहरूलाई कडा रूपमा कारबाही सुरु गरेको छ। नियम तोडेर साइलेन्सर फेर्ने, हर्न ठूलो राख्ने, नम्बर प्लेट काट्ने बाइकलाई *रु. १०,५० जरिवानातिराइँदैछ। ध्वनि प्रदूषण पटपटे/आवाज निकाल्ने साइलेन्सरले राति सुत्ने, बिरामी, स्कुल जाने बच्चा सबैलाई दुःख। कम्पनीले दिएको स्ट्यान्डर्ड बाहेकको पार्ट्सले ब्रेक, ह्यान्डलिङमा असर। दुर्घटनाको जोखिम बढ्छ। काटेर सानो […]

बाँके । जमुनाहा मुख्य नाकामा देखिएको यो समस्या अहिले निकै चर्किएको छ। ठेला व्यवसायी मुख्य सडक र नाकाको बाटो कब्जा गरेर व्यापार गरिरहेका छन्। स्थायी पसल भएका जमुनाहाका व्यापारी ग्राहक आउनै नपाउने गरी बाटो थुनिँदा “दुकान बन्द गर्नुपर्ने अवस्था” आएको गुनासो। भाडा, कर तिर्ने आफूहरू, तर बाटोमै बसेर बेच्नेले व्यापार खोस्यो भन्ने पीडा। भारतीय पर्यटक, […]

दाङ । नेपाल कृषि प्रधान देश हो। देशको ठूलो जनसंख्या प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा कृषिमा निर्भर भए पनि खाद्यान्न उत्पादनमा अपेक्षित आत्मनिर्भरता हासिल गर्न सकेको छैन। विडम्बना, उर्वर भूमि, अनुकूल हावापानी, प्रशस्त जलस्रोत र कृषि परम्परा हुँदाहुँदै पनि नेपालले वर्षेनी अर्बौँ रुपैयाँको खाद्यान्न आयात गरिरहेको छ। यसले राष्ट्रिय अर्थतन्त्रमा दबाब सिर्जना गर्नुका साथै खाद्य सुरक्षामाथि […]

दाङ । प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र खत्रीको नेतृत्वमा रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय नेपाल प्रहरीको आन्तरिक कार्यसम्पादन मूल्याङ्कनमा देशभरका प्रदेश प्रहरी कार्यालयमध्ये पहिलो स्थानमा परेको छ। प्रहरी प्रधान कार्यालयले अपराध नियन्त्रण, शान्ति सुरक्षा व्यवस्थापन, नागरिकमुखी सेवा, प्रशासनिक दक्षता तथा समग्र कार्यसम्पादनका आधारमा गरेको मूल्याङ्कनमा लुम्बिनी प्रदेश प्रहरी उत्कृष्ट घोषित भएको हो। डीआईजी खत्रीको नेतृत्वमा […]

दाङ । घोराही उपमहानगरपालिका–१५, मुख्य बजार* आइतबार दिउँसो परेको वर्षापछि पूरै जलमग्न भएको छ। मुसलधारे वर्षा सुरु भएको केही समयमै सडक नदीजस्तै भयो। ढल निकास प्रणालीले थेग्न नसक्दा पानी सडकमा थुनिएर बजार क्षेत्र डुबानमा परेको हो। पसल, मोटरसाइकल, पैदल यात्रु सबैलाई समस्या भएको स्थानीयले बताएका छन्। ढल सानो, पानी धेरै: पुरानो बजारको ढल २० वर्ष […]

बाँके । नेपालगञ्ज उपमहानगरपालिका२३, जङ्गलिसिंहपुरुवाबाट ठूलो परिमाणको चल्ला नियन्त्रणमा लिएको छ। भारतबाट अवैध बाटो हुँदै नेपाल भित्र्याएको अवस्थामा ३ हजार वटा कुखुराका चल्लाहरु नियन्त्रणमा लिएर आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाइन कार्यालय,नेपालगञ्ज, बाँकेमा बुझाइएको छ । क्वारेन्टाइन चेकजाँच छैन*: भित्र्याउनुअघि Bird Flu, Newcastle जस्ता रोगको जाँच हुँदैन। एउटै संक्रमित चल्लाले पूरै फार्म सखाप पार्न सक्छ। भन्सार […]

काठमाडौं । आइतबार प्रतिनिधिसभा बैठकमा आर्थिक विधेयक, २०८३ माथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले मध्यपूर्वको द्वन्द्व सहज भएकाले अब ती वस्तुहरूको मूल्य पनि घटने बताएका हुन् । अर्थमन्त्री वाग्लेले अन्तर्राष्ट्रिय बजारमा उक्त वस्तुको मूल्य घटेको भए पनि नेपालमा भारतीय आयल निगममार्फत उक्त इन्धन आउन बाँकी रहेकाले हालसम्म त्यसको मूल्य घटाउने अवस्था नरहेको जिकिर […]