२३ भाद्र २०८३, मंगलबार
08-09-2026 , Tue
×

समाचार

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै पम्पहरू बन्द गर्ने प्रवृत्तिमाथि गम्भीर निगरानी आवश्यक, सबिन प्रियासन

दाङ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा त्यसको प्रत्यक्ष प्रभाव नेपालमा पेट्रोलियम पदार्थको मूल्यमा पनि पर्ने गर्दछ। नेपाल आयल निगमले समय–समयमा पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य समायोजन गर्दै आएको छ। मूल्य घट्दा उपभोक्ताले केही राहत महसुस गर्छन्। तर विडम्बना के छ भने, मूल्य घट्ने घोषणा हुनासाथ देशका विभिन्न स्थानमा केही पेट्रोल पम्पहरू अचानक बन्द […]

दाङ । मसुरिया, राप्ती गाउँपालिकामा मगर भाषा संरक्षण, संवर्द्धन तथा नयाँ पुस्तामा मातृभाषाप्रति जागरण ल्याउने उद्देश्यले सञ्चालन गरिएको १० दिने मगर भाषा प्रशिक्षण बुधबार सम्पन्न भएको छ। राप्ती गाउँपालिका–८ पिपरीमा नेपाल मगर संघ राप्ती गाउँपालिकाको आयोजना तथा गाउँपालिकाको आर्थिक सहयोगमा सञ्चालित प्रशिक्षण समापन कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रकाश विष्टले भाषा, कला र संस्कृति समुदायको पहिचान तथा अस्तित्वको […]

दाङ । मसुरिया राप्ती गाउँपालिकाले जनप्रतिनिधि तथा सरोकारवालाहरूका लागि समुदायमा आधारित रोग निगरानी प्रणाली सम्बन्धी अभिमुखीकरण कार्यक्रम प्रदान गरेको छ। गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा बुधबार गाउँपालिकाको सभाहलमा आयोजित कार्यक्रममा समुदायस्तरमा देखापर्ने सरुवा तथा नसर्ने रोगहरूको समयमै पहिचान, सूचना संकलन, प्रतिवेदन तथा प्रतिकार्य प्रक्रियाबारे जानकारी प्रदान गरिएको थियो। कार्यक्रममा जनस्वास्थ्य निरीक्षक पोषणराज शर्माले रोग निगरानीका चरण, […]

प्युठान । सरुमारानी गाउँपालिकाको सरकारी गाडी कार्यालय समयपछि पनि नियमित रूपमा गाउँपालिका अध्यक्ष झगबहादुर विकको घर पुग्ने गरेको छ। अध्यक्षलाई सरुमारानी–३ कास्कोटस्थित निवासमा पुर्‍याएपछि लु.प्र. ०२–००१ झ ०००४ नम्बरको गाडी कार्यालय फर्काइँदैन। चालक देवीराम चर्तीले गाडी कार्यालयबाट करिब ८ किलोमिटर टाढा रहेको आफ्नै घरमा लगेर पार्किङ गर्ने गरेका छन्। गाउँपालिकाका केही कर्मचारीले कार्यालयका मोटरसाइकल पनि […]

बाँके । किसानलाई लामो पर्खाइपछि वर्षाले राहत दिएको छ । खडेरीका कारण रोपाइँ गर्न र रोपाइँ गरिएको धान जोगाउन समस्या भोग्दै आएका थिए । मङ्गलबार बिहानदेखि परेको वर्षाले किसानलाई राहत पुगेको हो । यहाँ बिहानैदेखि निरन्तर भएको वर्षाले किसानलाई राहत दिएको । वर्षाको पानीले खेतमा सिँचाइ भएपछि किसान खुशी भएका छन् । उनीहरूले रोपाइँ गर्न […]

दाङ । सबिन प्रियासन नेपाली साहित्य, सामाजिक जागरण र विकास अभियानका क्षेत्रमा सक्रिय व्यक्तित्वका रूपमा परिचित हुनुहुन्छ। उहाँले साहित्यलाई केवल मनोरञ्जनको माध्यम नभई समाज परिवर्तन, जनचेतना अभिवृद्धि र विकासको अभियानका रूपमा प्रयोग गर्दै आउनुभएको छ। विशेषगरी समृद्धि, विकास, सुशासन, सामाजिक उत्तरदायित्व र सभ्य समाज निर्माणका विषयलाई आफ्ना लेख, विचार, गीत, कविता तथा उपन्यासमार्फत जनस्तरसम्म पुर्‍याउने […]

काठमाडौं । ललितपुर प्रहरी परिसरका प्रमुख एसएसपी तुलबहादुर कार्कीले नेपालखबरलाई दिएको जानकारीअनुसार मेडिसिटी अस्पतालमा उपचारका क्रममा आज बिहान पूर्वडीआईजी चन्दको मृत्यु भएको हो। प्रहरीका अनुसार उनी यही असार ५ गते एक्कासि भुइँमा पछारिँदा घाइते भएका थिए। त्यसपछि तत्काल मेडिसिटी अस्पताल लगिएका उनलाई त्यही दिन डिस्चार्ज गरिएको थियो। तर फेरि असार १० गते बिरामी परेपछि उनलाई मेडिसिटी अस्पतालकै आईसीयूमा भर्ना गरिएको थियो। तर उपचारका क्रममा […]

बाँके । प्रदेश स्तरीय अपराध अनुसन्धान समीक्षा गोष्ठी २०८३ को अवसरमा प्रहरी उपरीक्षक एसपी जिसी वर्षकै उत्कृष्ट अनुसन्धानकर्ता घोषित भएका हुन् । लुम्बिनी प्रदेश प्रहरी कार्यालयले यसवर्षदेखि गरेको बेस्ट इन्भेस्टिकेसन सोकेसमा जिल्लाहरूले आफ्नो उत्कृष्ट अनुसन्धान प्रस्तुत गरेका थिए । ती मध्ये जिल्ला प्रहरी कार्यालय बाँकेका एसपी अंगुर जिसी सर्वोत्कृष्ट घोषित भएका हुन् । उनलाई पुरस्कारसहित […]

काठमाडौं । मध्यरातिदेखि लागु हुनेगरी पेट्रोलमा प्रतिलिटर २० रूपैयाँ, डिजेलमा ३० रूपैयाँ तथा खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँले घटेको हो । अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेर आएपछि निगमले बुधबार (असार १७) राति १२:०१ बजेदेखि लागू हुने गरी नयाँ मूल्य निर्धारण गरेको जनाएको हो । इण्डियन आयल कर्पोरेशन (आईओसी) बाट प्राप्त नयाँ खरिद […]

बाँके । नेपालगन्जको मुख्य बजार क्षेत्रमै फेरि डुबानको पुरानो समस्या देखियो। भारी वर्षा सुरु भएको केही बेरमै न्युरोड र सेतुबिक चोक* क्षेत्रमा सडक नै पोखरी जस्तो भयो। पसल अगाडि, बाइकको टायर डुब्ने गरी पानी जमेपछि आवागमन पूरै अस्तव्यस्त भएको छ। हरेक वर्ष किन दोहोरिन्छ? न्युरोड तराईको सबैभन्दा पुरानो बजार हो। यहाँको ढल ब्रिटिस कालकै डिजाइनमा […]