काठमाडौं । नागढुङ्गा सुरुङमार्ग नजिकै लेदो खसेपछि सडक दुईतर्फी नै अवरुद्ध भएको हो। वर्षा जारी रहेकाले लेदो पन्छाउन समस्या भएको प्रहरीले जनाएको छ। लेदोका कारण काठमाडौँबाट बाहिर जाँदै गरेका र काठमाडौँ भित्रिन लागेका सवारी साधनहरु बीचमै रोकिएका छन्।
भारत । लखनउ प्रसिद्ध ताजमहल नजिकैको हाथरस सहरमा रहेको छात्रावासमा आफ्नै ओछ्यानमा पीडित बालकलाई आइतबार राति मृत फेला पारिएको थियो । अधिकारीहरूलाई सूचित गर्नुको सट्टा विद्यालयका निर्देशक दिनेश बघेलले शवलाई आफ्नो कारको डिक्कीमा लुकाएर राखेको प्रहरीले बताएको छ । प्रहरी अधिकारी हिमांशु माथुरले बघेलका पिताले आयोजना गरेको कालो जादु (तान्त्रिक विधि) समारोहअघि नै बालकको […]
काठमाडौं । जिल्ला प्रहरी परिसर, काठमाडौंले शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै चाडपर्व लक्षित सुरक्षा योजना सार्वजनिक गरेको हो। चाडपर्वमा हुनसक्ने अपराधिक घटनालाई रोक्नका लागि सुरक्षा चुनौती भएका क्षेत्रको पहिचान गर्दै प्रहरी परिचालन गर्ने योजना परिसरको छ। चाडपर्वमा लुटपाट, चोरी, डकैती, तस्करी, जुवातास, अवैध मदिरा बिक्री वितरण, महँगो भाडा असुली, शक्तिपिठमा हुनसक्ने पाकेटमारी जस्ता सुरक्षा चुनौतीहरु […]
काठमाडौं । भारतको उत्तर मध्य महाराष्ट्र र आसपासका क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव पनि परेको बताउँदै जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश भागमा साधारणतया बदलीदेखि पूर्णतया बदली रहेको जनाएको छ । देशका अधिकांश स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छभने आज दिउँसो देशभर साधारणतया बदलीदेखि पूर्णतया बदली रहने छ । कोशी, […]
काठमाडौं । उनको निजी सचिवालयका अनुसार ज्ञानेन्द्र शाह आगामी साता भुटानको निजी भ्रमणमा जान लागेका हुन् । भ्रमणको मिति र अन्य विवरण भने सचिवालयले सार्बजनिक गरेको छैन ।
दाङ । शान्तिपूर्ण एवं सुरक्षित समाज निर्माणको मूल उद्देश्य रहेको उक्त सचेतना कार्यक्रममा प्रहरी निरिक्षक खिम बहादुर खड्काले नेपालको संविधान- २०७२ मा उल्लेखित बाल अधिकार र कर्तब्यको बारेमा जानकारी गराउनुको साथै गाउँ समाजमा व्याप्त बाल शोषण, अन्याय, अत्याचार, घरेलु हिंसा र गाउँ, समाजमा रहेको बाल बालिका बिकास प्रतिकूल वातावरण विरुद्ध कार्यक्रममा उपस्थित विद्यार्थीहरुलाई सचेत […]
काठमाडौं । विपदका घटना बढ्न सक्ने भन्दै मनसुन पूर्वतयारी तथा प्रतिकार्य कमाण्ड पोष्टले रातको समयमा असोज ११ र १२ गते रात्रिकालीन बस चलाउन नपाइने निर्णय गरेको हो। बिहीबारदेखि आइतबारसम्म चार दिन भारी वर्षा एवं अति भारी मनसुनी वर्षा हुने मौसम विभागले जनाएको छ। बंगालको खाडी र अरब सागरतिरबाट उच्च जलवाष्पयुक्त वायु नेपाल सोझिएकाले भारी […]
काठमाडौं । हालै सरूवा तथा काज भई आफ्नो कार्यक्षेत्रमा खटि जान लागेका प्रहरी उपरीक्षकहरू तथा प्रहरी नायव उपरीक्षकहरूलाई बुधबार नेपाल प्रहरी प्रधान कार्यालयमा निर्देशन दिने क्रममा निमित्त प्रहरी महानिरीक्षक राईले उक्त निर्देशन दिनुभएको हो । निमित्त प्रहरी महानिरीक्षक राईले आ-आफ्नो कार्यक्षेत्रको अवस्था, समस्या एवम् चुनौतिको विश्लेषण गरी सोही अनुरूप कार्ययोजना बनाई काम गर्नुपर्ने उल्लेख […]
दाङ । देउखुरीको राजपुर गाउँपालिका वडा नम्बर-७ स्थित न्याउपाने गाउँमा जग्गा जमिन भएर पनि उपभोग गर्नका लागि पानी सिचाइको व्यवस्था नहुँदा त्यहाँ बसोबास गर्ने मानिसहरुले ईन्डियाको खाद्यान्न प्रयोग गर्नु पर्ने बाध्यता रहेको छ । त्यहाँका मानिसहरुले आकाशे पानीको आस र भरमा मकै,गहुँ,लगायत अन्य बाली लगाउने गर्छन भने त्यसैमा धेरै जसो जंगली जनावरहरुले नोक्सानी गर्ने […]
काठमाडौं । ललितपुरको भैँसेपाटी प्रभागकी प्रमुख इन्सपेक्टर विनुकुमारी शाहीमाथि बलात्कार मुद्दामा फसाइदिने भन्दै पैसा मागेको आरोप लागेपछि छानबिन थालिएको छ । काठमाडौं उपत्यका प्रहरी कार्यालले शाहीलाई जिम्मेवारीबाट हटाएर छानबिन अघि बढाएको हो । घटनाको छानबिनका लागि डीएसपीको संयोजकत्वमा ७ सदस्यीय समिति बनाइएको प्रहरी स्रोतले बतायो । ललितपुर प्रहरी परिसरका डीएसपी नरहरी अधिकारीको संयोजकत्वमा छानबिन समिति […]