काठमाडौं । मौसममा आएको खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने आन्तरिक उडान प्रभावित भएको हो । काठमाडौं विमानस्थलमा भिजुअल फ्लाइट रुल्स (भिएफआर) उडान भइरहे पनि काठमाडौँ बाहिरका विराटनगर, सिमरालगायत गन्तव्यको उडान सामान्य प्रभावित भएको छ । विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार ‘इनरुट वेदर’ बिग्रिएकाले दुई विमान ‘डाइभर्ट’ भएका छन् ।
काठमाडौं । लगातारको बर्षा पछी बाढी पहिरोका घटनासमेत बढ्नसक्ने भएकाले महाशाखाले सात प्रदेशका ५६ वटा जिल्लालाई उच्च सावधानी अपनाउनुपर्ने अर्थात् (रेड अलर्ट) मा राखेको छ । वर्षा गराउने प्रणाली नेपाल नजिक झन् शक्तिशाली बनेकाले वर्षा हुने क्षेत्र र असर बढी पर्ने देखिएको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् प्रतिभा मानन्धरले बताउनुभएको छ । महाशाखाले धान नकाट्न […]
बाँके । सशस्त्र प्रहरी बल नम्बर ३० गण बागेश्वरी बाँकेले सिमा नाकामा आफ्नो उपस्थितिलाई मजबुत बनाएको छ । सशस्त्र प्रहरीले बाँकेको ८४ किलोमिटर लामो सिमा नाकामा नियमितरुपमा गस्ती गर्दै कडा निगरानी बढाएको छ । सशस्त्र प्रहरी बल नम्बर ३० गणमा आएका सशस्त्र प्रहरी उपरीक्षक एसपी बिमल डांगीले बाँके जिल्लाका सबै स्थानहरुको सिमा नाकामा गएर अबलोकन गर्दै जिल्लामा […]
काठमाडौं । उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताउनुभयो । उहाँका अनुसार अघिल्लो वर्ष १३ लाखको सङ्ख्यामा सर्वसाधराणहरू उपत्यकाबाट बाहिरिएका थिए । प्रवक्ता खड्काले भन्नुभयो, ‘यो वर्षको दसैंमा वर्षा भएन भने गत वर्षको तुलनामा पाँच लाख बढी सर्वसाधारणहरूले उपत्यका छाड्ने अनुमान गरिएको […]
दाङ । मंगलबार अपरान्ह् साँढे ३ बजेतिर चट्याङमा परि घोराही उपमहानगरपालिका वडा नम्वर ११ खुङकोटमा ३ बर्षिय समिर साहुको मृत्यु भएको छ । एकैपरिवारका ३ जना मध्ये बालक समिरको मुत्यु भएको हो भने आमा ४२ बर्षिया निमकली साहु र छोरी ६ बर्षिया सविना साहु भने घाईते हुनुभएको छ । ढुङगा माटोले बनको,जस्तापाताले छाएको १ कोठे […]
काठमाडौं । अनुगमनका क्रममा उनले सेवाप्रवाहको स्थिति, कर्मचारीहरूको कार्यसम्पादन र नागरिकहरूको अनुभवबारे प्रत्यक्ष जानकारी लिएका छन्। गृह मन्त्री रमेश लेखकले कार्यालय प्रमुख, प्रहरी अधिकारीहरू र अन्य सम्बन्धित निकायका प्रमुख तथा प्रतिनिधिहरूसँग छलफल गर्दै अध्यागमन प्रक्रियामा देखिएका समस्या, सुधारका सम्भावना र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उपायबारे जानकारी लिएको बताइएको छ। सचिव गोकर्णमणि दुवाडीको समेत […]
दाङ । दंगीशरण वडा नम्बर ६ को गौरीगाउँ निवासी स्थानिय तुलसा वली र रेणु विकका १/१ बाख्रा चट्याङ लागेर मरेको वडाअध्यक्ष रोशनजंग शाहले जानकारी दिनुभयो । उहाँका अनुसार आज मंगलबार बेलुका पौने ५ बजेको समयमा बर्षासँगै आएको चट्याङ लागेर ती बाख्रा मरेका हुन् । जसबाट ३० हजार भन्दा धेरैको क्षेती भएको पिडित किसानले बताएका […]
काठमाडौं । नेपाल प्रहरी महानिरीक्षकको असोज ७ गतेको निर्णय अनुसार उनीहरूको सरुवा गरिएको र असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले आज जानकारी गराएको हो ।
दाङ । वार्षिक कार्यसम्पादन सम्झौताको समिक्षामा पुस्कार दाङ जिल्लाबाट एसपी राम बहादुर केसी र जिल्ला ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजेश शाब्दिकलाई लुम्बिनी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक डिआईजी कुवेर कडायतबाट मातहत जिल्ला प्रहरी कार्यालयहरुको कार्यालय प्रमुखहरुसँग भौतिक तथा Virtual माध्यमबाट आ.व. २०८१/०८२ को श्रावण-भदौ मसान्त सम्मको कार्य प्रगति समिक्षा कार्यक्रम सम्पन्न भएको छ […]
काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले उनीहरूको काज तथा सरुवा गरेको हो। प्रहरी महानिरीक्षकको सोमबारको निर्णय अनुसार उनीहरुको सरुवा गरिएको हो। असोज महिना देखिको तलव, भत्ता सरुवा भएको दरबन्दीबाट पाउने गरी उनीहरुको सरुवा र काज गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।