२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

समाचार

आगजनी तोडफोड र लुटपाटमा संलग्नमा सबै जना पक्राउ पर्छन् प्रहरी भन्छ-हरेक फुटेज छ

काठमाडौं । जेनजी आन्दोलनका क्रममा देशभर थुप्रै भौतिक संरचना ध्वस्त पारिए, नगद, गरगहना तथा जिन्सीको लुटपाट पनि उत्तिकै भए । के यस विषयमा अब कुनै अनुसन्धान र कारबाही हुँदैन ? भन्ने प्रश्नमा केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी विनोद घिमिरे परिस्थिति अझै अनुकूल नभएकाे भन्दै नयाँ सरकारको गठनलगत्तै त्यस्ता विषयमा प्रवेश गरिने बताउँछन् । प्रहरीले गत चैत […]

सभामुख देवराज घिमिरे र राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले संविधानभन्दा बाहिर गएर मुलुकको निकास खोज्न नहुने बताएका छन् । शुक्रबार संयुक्त विज्ञप्ति जारी गर्दै उनीहरुले संविधानबाहिर गएर निकास खोजिए आफूहरु सहमत हुन नसक्ने स्पष्ट सन्देश दिएका हुन् । विज्ञप्तिमा राष्ट्रपति रामचन्द्र पौडेल संवैधानिक प्रक्रियाबाटै निकास खोज्न प्रयासरत रहेको उल्लेख छ । जेन–जी आन्दोलनकारीले संसद विघटन […]

काठमाडौं । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी विनोद घिमिरेले मृतक संख्या ५१ पुगेको जानकारी दिनुभएको छ। मृतकमा काठमाडौं उपत्यका र अन्य जिल्लाका व्यक्तिहरू पनि समावेश छन्। २७ भदौ, काठमाडौं। जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए । जसमा काठमाडौं उपत्यकामा […]

काठमाडौं । नेपाली सेनाले सामाजिक सञ्जालमा सेनालाई जोडेर गरिएका कतिपय झुट्टा प्रचारलाई विश्वास नगर्न आग्रह गरेको छ । शुक्रबार बिहान विज्ञप्ति जारी गर्दै सेनाले यस्तो आग्रह गरेको हो । विञप्तिमा भनिएको छ, ‘विद्यमान परिस्थितिमा नेपाली सेनालाई जोडेर विभिन्न प्रकारका टिकाटिप्पणी, धारणा र विश्लेषणहरू सम्प्रेषण भएकोमा नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, […]

काठमाडौं । अन्तरिम सरकार गठन गर्न राष्ट्रपति कार्यालय स्रोतले आन्तरिक तयारीका लागि भन्दै दुई बजेलाई सारिएको जानकारी दियो । अन्तरिम सरकार गठनका लागि बिहीबारदेखि राजनीतिक दल, संविधानविद्, कानुनविद् र जेनजी प्रतिनिधिहरूसँग राष्ट्रपति पौडेलले वार्ता गरिरहेका छन् । अन्तरिम सरकारको नेतृत्व पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई दिने विषयमा सहमति बने पनि संविधानले तोकेको प्रक्रिया कसरी पूरा गर्ने भन्नेमा […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलको आह्वानमा शीतल निवासमा बसेको सर्वपक्षीय बैठकले कार्कीलाई प्रधानमन्त्री बनाउने निष्कर्ष निकालेको हो। आवश्यकताको सिद्धान्त अनुसार कार्कीलाई प्रधानमन्त्री बनाइने बैठकमा सहभागी स्रोतले बतायो । ती स्रोतका अनुसार अन्यथा नभए भोलि विहानसम्म कार्कीलाई प्रधानमन्त्री पदमा नियुक्ति गरी सपथ खुवाइनेछ। उक्त निर्णयमा पुग्न राष्ट्रपति पौडेलले प्रधानसेनापति अशोकराज सिग्देल, सभामुख देवराज घिमिरे, जेनजी प्रतिनिधि, संवैधानिक […]

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल, प्रधान सेनापति अशोकराज सिग्देल र पूर्वप्रधान न्यायाधीश सुशीला कार्कीबीच बिहीबार राति छलफल भइरहेको छ। उनीहरूबीच नयाँ सरकार गठनबारे छलफल भइरहेको उच्च स्रोतले जानकारी दिएको छ। ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस् बिहीबार राति वा शुक्रबारसम्म नयाँ सरकरा गठन गर्नुपर्ने दबाबबीच राष्ट्रपतिले सेनाप्रमुख र पूर्वप्रधानन्यायाधीश कार्कीबीच छलफल गरिरहेका […]

काठमाडौं । स्वास्थ्य मन्त्रालयको पछिल्लो विवरण अनुसार देशभरका विभिन्न अस्पतालबाट लिएको विवरण अनुसार, मृतकको संख्या ३६ पुगेको हो । त्यस्तै, देशभर विभिन्न अस्पतालमा १ हजार७६० जना घाइते उपचाररत छन् । जसमध्ये ३२२ जना अस्पतालमा उपचाररत छन् । हालसम्म १३३० जना डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए । सामाजिक सञ्जाल बन्द र शासकीय […]

काठमाडौं । बुधबार र बिहान दुई दिन नै सचिवहरू र मुख्य सचिव एकनारायण अर्यालबीच भर्च्युअल बैठक भएको छ। बिहीबार अपराह्न भएको भर्च्युअल बैठकमा मुख्य सचिव एकनारायण अर्यालले शुक्रबार वा ढिलोमा शनिबारसम्म नयाँ प्रधानमन्त्री आउनसक्ने संकेत गरेको एक सहभागीले जानकारी दिए। ती सहभागी सचिवका अनुसार मुख्यसचिव अर्यालले प्रधानमन्त्री र मन्त्रीहरूका लागि ठाउँ सफा गरेर राख्न सचिवहरूलाई […]

काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक (आईजीपी) चन्द्रकुवेर खापुङले व्यावसायिक धर्म र निष्ठामा कमी आउन नदिने गरी काम गर्न प्रहरीहरूलाई आग्रह गरेका छन् । बिहीबार साँझ एक भिडियोमार्फत प्रहरी महानिरीक्षक खापुङले यस्तो बताएका हुन् । देश विषम परिस्थितिमा रहेको उल्लेख गर्दै खापुङले नियमित प्रहरी कार्यमा हिजो भन्दा थप मनोबलका साथ अघि बढ्नुपर्नेमा जोड दिए । साथै […]

error: Content is protected !!