काठमाडौं । जेनजीको प्रदर्शन चर्किएसँगै कार्यालय छाडेर हिँडेका प्रहरीहरूलाई सम्पर्कमा आउन प्रहरी प्रधान कार्यालयले सर्कुलर गरेको छ । मंगलबार प्रदर्शनकारीहरूले काठमाडौँ उपत्यकाका दर्जन बढी कार्यालयमा आगजनी गरेका थिए । प्रदर्शन नियन्त्रण बाहिर गएपछि प्रहरी कर्मचारीहरू कार्यालय र हतियार छाडेर सुरक्षित स्थानतर्फ गएका थिए । कार्यालय छाडेर हिँडेकाहरूलाई प्रधान कार्यालयले सम्पर्कमा आउन सर्कुलर गर्दै भनेको छ, […]
काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले देशमा उलटपुलट ल्याएका जेनजीका आधिकारिक टोली पहिचानको प्रयास जारी राखेका छन्। वार्ता टोली गठन गरेर छलफल अघि बढाउन उनले विभिन्न समूहसँग मंगलबार बेलुकादेखि छलफल गरिरहेका हुन्। मंगलबार बेलुका भद्रकारीस्थित हेडक्वाटरमा भएको छलफल १०–११ बजेसम्म चलेको थियो। सो छलफलमा फरक–फरक समूहबाट १० जना थिए। छलफलमा सहभागी रक्षा बमका अनुसार प्रधानसेनापतिसँग तीन […]
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग वार्ताका लागि जाने समिति बनाउन तथा छलफलका एजेन्डा तय गर्न बैठक बसिरहेका जेनजीहरूमाझ राजा फर्काउने चर्चा पनि चलेपछि केही छलफलबाट बाहिरिएका छन्। जेनजी अभियन्ता रक्षा बमले केही सैद्धान्तिक विषयमा मतभेद भएपछि आफू बैठक छाडेर बाहिरिएको जानकारी दिएकी छन्। ताजा अपडेटका लागि हामीलाई tiktok र viber मा पछ्याउनुहोस् ‘बैठकमा राजा फर्काउनेसम्मका […]
काठमाडौं । मंगलबार दिउँसोदेखि बन्द गरिएको विमानस्थल बुधबार अपरान्हदेखि सुचारू गरिएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सुरक्षा समितिको बैठकको निर्णयअनुसार विमानस्थल सुचारू गरिएको नेपाल नागरिक उड्डयन प्राधिकरणले एक विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
(प्रेस विज्ञप्ती) मुलुक विषम परिस्थितिबाट गुज्रिरहेको अवस्था छ । आन्दोलनका क्रममा ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रकट गर्दछौं । साथै पत्रकारलगायत सम्पूर्ण घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । अहिले पनि कतिपय स्थानमा निषेधित क्षेत्र घोषणा गरिएको तथा कर्फ्यू लागिरहेको स्थिति छ । यस्तो कठिन समयमा पनि पत्रकारहरूले आफ्नो सञ्चारकर्म […]
काठमाडौं । डडेलधुरास्थित जिल्ला कारागारबाट भागेका २६ जना कैदीबन्दीहरू नियन्त्रणमा लिइएको छ । नेपाली सेनाले दिएको जानकारी अनुसार, बुधबार २६ जना कैदीलाई नियन्त्रणमा लिइएको हो । सोमबार र मंगलबार भएको जेनजीहरूको प्रदर्शनपछि देशभरका विभिन्न कारागारबाट कैदीबन्दीहरू भागिरहेका छन् । विकारागारका कैदीहरूले आगजनी समेत गरिरहेका छन् । काठमाडौं डिल्लीबजारस्थित सदर कारागारबाट भाग्ने प्रयास गरेका कैदीबन्दीहरूलाई रोकिएको […]
काठमाडौं । प्रदर्शनकारीको आक्रमणमा मंगलबार महाराजगञ्ज प्रहरी वृत्तमा खटिएका दुई प्रहरीको ज्यान गएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले महाराजगञ्जमा कार्यरत दुई प्रहरीको मृत्यु भएको पुष्टि गरेका छन्। कोटेश्वर चौकीमा समेत कार्यरत तीन प्रहरीको आत्मसमर्पणपछि प्रदर्शनकारीले ज्यान लिएका थिए। महाराजगञ्जमा ज्यान गुमाउनेमा एक असई र एक अर्का प्रहरी रहेको बुझिएको छ। […]
दाङ । तुलसीपुर कारागारबाट भागेका ९७ जना कैदीलाई नियन्त्रणमा लिएर सेनाले कारागारमा बुझाएको छ । जेनजी आन्दोलन चलिरहेका बेला हिजो साँझ साढे ५ बजेको ‘ख’ ब्लकमा राखिएका १ सय २५ जना कैदी निस्किएर भागेका थिए । भागेका मध्य सेनाको सहयोगमा ९७ जनालाई नियन्त्रणमा लिएको कारागारका जेलर गिरबहादुर सेजुवालले जानकारी दिए । उनका अनुसार २८ जना […]
काठमाडौं । नेपाली सेनाले मंगलबार रातिबाट लुटपाट तथा अराजक गतिविधिमा संलग्न २७ जनालाई नियन्त्रणमा लिएको छ । –बिहान १० बजेसम्म सेनाले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकाका भौतिक संरचनामा लागेको आगो नियन्त्रणका लागि तीन वटा वारुण यन्त्रको प्रयोग गरिएको छ । –गौशाला-चाबहिल-बौद्ध क्षेत्रबाट लुटपाटमा संलग्न व्यक्तिहरुबाट ३३ लाख ७० हजार रुपैयाँ बरामद गरिएको छ । –काठमाडौंको […]
काठमाडौं । प्रदर्शन तोडफोड, आगजनी र व्यक्ति आक्रमणमा परिणत भएपछि सरकारले सुरक्षाको जिम्मेवारी सेनालाई दिन बाध्य भएको हो। मंगलबार साँझ सम्बोधन गर्दै प्रधानसेनापति अशोकराज सिक्देलले राति १० बजेदेखि सेनासहित सम्पूर्ण सुरक्षा निकायले संयुक्त रूपमा सुरक्षा जिम्मा लिएको घोषणा गरेका थिए। सेनाले नागरिकलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन अनुरोध गरेको छ। प्रदर्शनकारीले संसद् भवन, सिंहदरबार, शीतल निवास, […]