२९ बैशाख २०८३, मंगलबार
12-05-2026 , Tue
×

समाचार

कञ्चनपुरमा कुटपिट गरिएका एक जनाको मृत्यु

(एबिसि संचार ) कञ्चनपुरमा कुटपिट गरेर एक जनाको हत्या गरिएको छ। जिल्लाको बेलौरी नगरपालिका–१ का सुवास मगरको कुटपिटबाट मृत्यु भएको हो। उनीमाथि गत आइतवार कुटपिट भएको थियो। उपचारका लागि धनगढी ल्याइएका मगरको सोमवार निर्सग अस्पतालमा मृत्यु भएको हो।

(एबिसि संचार )                                                                चट्याङले लागेर पाँचथरमा एक जना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ । प्रहरी चौकी गोपेटारमा कार्यरत ३५ वर्षीय प्रहरी सहायक हवल्दार […]

(एबिसि संचार ) सशस्त्र प्रहरीले सप्तकोसी नदीमा डुंगामा लैजादै गरेको १६४ किलो गाँजा मध्यरातमा बरामद गरेको छ । आज बिहान १ः३५ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोशी नदीको किनाराबाट गाँजा बरामद गरेको हो।  डुंगाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराले गाँजा बरामद गरेको जनाएको  छ ।

(एबिसि संचार )                                                                हुलाकी सडक आयोजनाअन्तर्गत निर्माणाधीन नेपालगञ्ज–गुलरिया सडकखण्ड कालोपत्र गर्न थालिएको छ । नेपालगञ्जको नन्दनी मिलबाट एकतर्फी कालोपत्र गर्न सुरु भएको निर्माण कम्पनी […]

(एबिसि संचार ) अहिले काठमाडौं धुम्म भएको छ । साथै वर्षाको सम्भापना रहेको छ । अहिले कोशी र मधेस प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । साथै, बागमती प्रदेशका केही स्थानमा पनि वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै अन्य प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र […]

(एबिसि संचार ) ताप्लेजुङमा मङ्गलबार राति आगालागी हुँदा दुईवटा घर जलेका छन् । मेरिङदेन गाउँपालिकाका हर्कबहादुर पालुवा र सुवास नाल्बुको घरमा आगलागी हुँदा रु १५ लाख बराबरको धनमाल क्षति भएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । दुवै घरमा रहेको नगद, खाद्यान्न, लत्ताकपडालगायत नष्ट भएका छन् । घरनजिकै रहेका दुईवटा गोठ पनि जलेका छन् ।

(एबिसि संचार )                                                                विभिन्न एप्लिकेसनमार्फत हार-जीत हुने गरी अनलाइन क्यासिनो खेलाएको आरोपमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तीन महिला र एक पुरुष […]

(एबिसि संचार ) कञ्चनपुरमा लागुऔषधसहित प्रहरीले एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयको प्रोभेन्स इन्टिलेन्स टीमले जिल्लाको बेलौरी नगरपालिका–६ नकैयाबाट १० दशमलब २ ग्राम लागुऔषधसहित १८ वर्षीय सर्वेशकुमार चौहानलाई पक्राउ गरेको हो।

(एबिसि संचार ) इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले जिल्लाको भीमदत्त नगरपालीका–१० गज्जरबाट करिब एक लाख १० हजार ६२० मुल्यका एम्पलिफायर, माइक, एम्पलिफायरको तार, गन्जि, हाप पाइन्ट लेडिज टि–सर्ट, जुत्ता र टायर लगायतका सामान बेवारीसे अवस्थामा नियन्त्रणमा लिएको हो।

(एबिसि संचार )                                                                  बाराको कोल्हवी नगरपालिका– २ मा २ वर्षको पोथी बाघ मृत फेला परेको छ । डिभिजन वन कार्यलयको कोल्हवी सव डिभिजनअन्तर्गतको […]

error: Content is protected !!