(एबिसि संचार ) काठमाडौँ । सिरहा र नवलपरासी पश्चिमबाट लागूऔषधसहित ४ जना पक्राउ परेका छन् । सिरहाको सिराहा नगरपालिका-१७ माडर बसपार्कबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ७२ मिलिग्रामसहित मिर्चैया नगरपालिका-५ बस्ने २४ वर्षीय कृष्ण कुमार यादव समेत २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय माडरबाट खटिएको […]
(एबिसि संचार ) बाह्रदशी गाउँपालिका–१ स्थित बागमतामा आज जङ्गली हात्ती मृत फेला परेको छ । सो स्थानमा भाले हात्ती मृत अवस्थामा फेला परेको जिल्ला […]
(एबिसि संचार ) नेपाल प्रहरी प्रधान कार्यालय नक्सालले ठूलो संख्यामा प्रहरी सहायक निरीक्षक (असई) लाई प्रहरी नायब निरीक्षक (सई) पदमा बढुवाका लागि सिफारिस गरेको छ। प्रहरी प्रधान कार्यालयको बढुवा समितिको कार्यालयको बुधबारको निर्णयअनुसार ५१३ जना असईलाई सईका लागि बढुवा सिफारिस गरिएको हो ।प्रहरीले मंगलबार एक सुचना जारी गर्दै बढुवा सिफरिसमा परेका असईको नामावली प्रकाशन गरेको […]
(एबिसि संचार ) भक्तपुरको साँगाबाट प्रहरीले पेस्तोल सहित दुई जनालाई पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले दुई जनालाई पक्राउ गरेको जिल्ला […]
(एबिसि संचार ) बाराको सिम्रौनगढमा प्रहरीले गोली चलाउँदा घाइते भएका व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ। बुधबार दिउँसो सिम्रौनगढ नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप हुँदा प्रहरीले चलाएको गोली लागेर घाइते भएका युवकको मृत्यु भएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए। मृतक सिम्रौनगढ-१ का अन्दाजी २१ वर्षीय लक्ष्मी मुखिया छन्। प्रमुख जिल्ला अधिकारी […]
(एबिसि संचार ) अवैध रूपमा लुकाई छिपाई भन्सार छली लैजान लागेको सुन जस्तो देखिने धातुसहित त्रिभुवन विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । […]
(एबिसि संचार ) काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले किर्ते कागजात बनाएर भिजिट भिसामा विदेश पठाउने गिरोहसँग मिलेर काम गरेको आरोपमा दुई अधिकृतसहित ३२ जनालाई पक्राउ गरेको छ । ट्राभल एजेन्सी सञ्चालक र सरकारी कर्मचारीसहित ३२ जनालाई पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक सोमेन्द्रसिंह राठौरले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी […]
(एबिसि संचार ) काठमाडौँमा रातको समयमा चोरी गर्ने कार्यमा संलग्न रहेको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको […]
(एबिसि संचार ) बाराको सिम्रौनगढमा प्रहरीले गोली चलाउँदा एक जना घाइते भएका छन्। बुधबार दिउँसो सिम्रौनगढ नगरपालिका परिसरमा प्रहरी र प्रदर्शनकारीहरूबीच झडप हुँदा प्रहरीले गोली चलाएको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जानकारी दिए। उनका अनुसार नगरपालिकाको नगर सभा नभएको र कर्मचारीहरूले ६ महिनादेखि तलब पाएका छैनन्। प्रमुख प्रशासकीय अधिकृत पनि नहुँदा कर्मचारीहरुले तलब पाउन नसकेको […]
(एबिसि संचार ) गोकर्णेश्वर नगरपालिका–५ जोरपाटीको बाहुनधारा बस्ने अनेत्र बडूवालकी १९ महिनाकी छोरी सुमित्रा बडूवालको बाल्टिनको पानीमा डुबेर मृत्यु भएको छ । आफ्नै शौचालयमा रहेको […]