(एबिसि संचार ) मकवानपुर केन्द्रबिन्दु भएर भुइँचालो गएको छ। आज बिहान १:१९ बजे मकवानपुरको चित्लाङ आसपास केन्द्रबिन्दु बनाएर ४.५ म्याग्निच्युडको भुइँचालो गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ। भूइँचालोको धक्का मकवानपुर, धादिङ र काठमाडौंमा महशुस गरिएको केन्द्रले जनाएको छ। मध्यरातमा भूकम्प जाँदा मकवानपुरमा मानिसहरू घरबाहिर निस्किएका थिए। थाहा नगरपालिकाका मेयर विष्णु बहादुर विष्टले […]
(एबिसि संचार ) कञ्चनपुरमा सामुदायिक वनभित्र एक पुरूष मृत फेला परेका छन्। कृष्णपुर नगरपालिका–४ समैजी सामुदायिक वनभित्र रहेको सिस्ने खोलामा डुबेको अवस्थामा पुरुषको शव फेला परेको प्रहरीले जनाएको छ। नाम थर नखुलेको अन्दाजी ६५ वर्षीय पुरुषको शव बुधवार साँझ प्रहरीले फेला पारेको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी प्रकाश डाँगीका अनुसार उक्त शवको पहिचान कार्य भइरहेको छ।
(एबिसि संचार ) कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुरैखीस आज काठमाडौं आउँदै छन् । उनी नेपालको दुई दिने औपचारिक भ्रमणका लागि नेपाल आउन लागेका हुन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री एनपी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।विदेश राज्यमन्त्री अल मुरैखीसले परराष्ट्र सचिव […]
(एबिसि संचार ) मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले बिहीबार काठमाडौँ केन्द्रित प्रदर्शन गर्दैछ । अभियानले काठमाडौँका सात स्थानबाट जुलुस निकालेर […]
ABC (क्राईमबिट) काठमाडौं । एमालेको भ्रातृ संगठन युवा संघ र व्यवसायी दुर्गा प्रसाईं समूहले आयोजना गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै सुरक्षा व्यवस्था कडा बनाइएको छ । काठमाडौंको तीन कुनेमा युवा संघ र बल्खुमा दुर्गा प्रसाईं समूहले गर्ने प्रदर्शनलाई मध्यनजर गर्दै सरकारले काठमाडौं उपत्यकामा उच्च सुरक्षा सतर्कता अपनाएको हो । सुरक्षाका लागि नेपाल प्रहरीका डिआइजीको नेतृत्वमा […]
ABC (क्राईमबिट) महेन्द्रनगर । बुधबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटेको संयुक्त टोलीले अनलाइन ठगी गर्ने गिरोहलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा डोटी शिखर नगरपालिका –१० का २१ वर्षीय प्रशान्त बलायर, कञ्चनपुर पुनर्वास नगरपालिका –६ का २९ वर्षीय मिनबहादुर सुनार, कञ्चनपुरकै […]
(ABC-Sanchar) बाँके । चालु आर्थिक वर्ष २०८०/८१ को साउनदेखि असोज मसान्तसम्म बाँकेस्थित नेपालगञ्ज जमुना भन्सार नाकाबाट रु १७ अर्ब ९३ करोड १३ लाख ८३ हजारको वैदेशिक व्यापार भएको छ । उक्त अवधिमा विभिन्न २१ देशबाट १७ अर्ब ४८ करोड ९५ लाख ८७ हजार बराबरका विभिन्न सामग्री आयात भएको नेपालगञ्ज भन्सार कार्यालयका प्रमुख ध्रुव विकले […]
(ABC-Sanchar) काठमाडौँ । कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल-मुरैखीस नेपालको दुई दिने औपचारिक भ्रमणमा भोलि काठमाडौँ आउँदै छन् । भ्रमणका क्रममा उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र परराष्ट्र मन्त्री एन पी साउदसँग बेग्लाबेग्लै शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले आज जनाएको छ । विदेश राज्यमन्त्री अल मुरैखीसले परराष्ट्र सचिव भरतराज पौड्यालसँग द्विपक्षीय भेटवार्ता […]
(ABC-Sanchar) बाँके । बुधबार साँझ नेपालगन्जको रूपैडिया नाकामा भारतबाट ल्याइएको १५ वटा मुर्रा राँगा पशु सेवा विभागका अधिकारीहरूले बुझेका छन्। गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा जाँदा भारत सरकारले नेपाललाई १५ वटा उन्नत जातका मुर्रा राँगा अनुदानमा दिने बताएको थियो। सोही राँगा लिन बुधबार पशु सेवा विभागका प्रमुख एवं पशु विकास अधिकृत […]
ABC (क्राईमबिट) काठमाडौँ । नेपाल प्रहरीको प्रहरी उपरीक्षक एसपीबाट प्रहरी वरिष्ठ उपरीक्षक एसएसपीमा बढुवा भएका पाँच जना अधिकृतले दर्ज्यानी चिन्ह पाएका छन्। बुधबार प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक (आइजिपी) बसन्तबहादुर कुँवरले पाँच एसएसपीलाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन्। मंसिर ५ गते गृहमन्त्रीस्तरको निर्णयअनुसार पाँच जना एसपीलाई एसएसपीमा बढुवा गर्ने निर्णय गरेको थियो। बसन्त रजौरे, रविकुमार […]