(ABC-Sanchar) काठमाडौं । नेपाल प्रहरी प्रधान कार्यालय नक्सालमा नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले मंगलबार एक कार्यक्रमबीच काउन्टर उद्घाटन गरेका हुन्। उनले उक्त काउन्टरको अवलोकन गर्नुका साथै त्यहाँबाट प्रवाह हुने सेवाबारे जानकारीसमेत लिए। कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कुँवरले बैंकसँगको सञ्जालमा जोडिएपछि बिनाधितोमा कर्जा, दुर्घटना बीमा र सेवा शुल्कमा भएको सहुलियतले प्रहरी कर्मचारीको मनोबल उच्च राख्न […]
(ABC-Sanchar) काठमाडौँ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठ चीन जाने भएका छन्। उनी चीनको मंगलबार राती ११ : २० को उडानमार्फत छेन्दु जान लागेका हुन्। बुधबार उनी पश्चिमी चीन अन्तराष्ट्रिय मेलाको स्वागत भोजमा सहभागी हुने कार्यतालिकामा छ। उक्त मेलाको उद्घाटन गरी दिउँदो छेन्दुको योजना प्रदर्शनी हल र सिचुवानको भ्रमण एवम् प्रदर्शनी अवलोकन गर्ने सचिवालयले जनाएको […]
(ABC-Sanchar) काठमाडौँ । उच्च अदालत पाटनले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साहलाई महानगरपालिकाभित्रका हलहरूमा फिल्म प्रदर्शन रोक लगाउने कानुनी अधिकार नरहेको जनाएको छ । काठमाडौँभित्र भारतीय चलचित्र प्रदर्शनमा रोक लगाउने मेयर साहको निर्णयविरुद्ध नेपाल चलचित्र सङ्घले दायर गरेको रिटमा उच्च अदालतका न्यायाधीशद्वय हरिप्रसाद पौडेल र नारायणप्रसाद पौडेलले मंगलबार निषेधाज्ञाको आदेश दिएका हुन् । भारतीय सिनेमा आदिपुरुषमा […]
(ABC-Sanchar) दाङ । घोराही ८ नम्वर वडा अध्यक्ष जितेन्द्र शाहले वडा अध्यक्ष पदबाट राजिनामा दिएका छन । बजेटको बिषयमा असन्तुष्टि जनाउँदै वडा अध्यक्ष जितेन्द्र शाहले आज पदबाट राजिनामा दिएका हुन । एमालेबाट निर्बाचित शाहले घोराही उपमहानगरपालिकाको १३ औं नगरसभामा राजिनामा पत्र नगर प्रमुख नरुलाल चौधरीलाई बुझाएर नगरसभा चलिरहदा बाहिरिएका हुन । पटक-पटक आफ्नो वडामा बजेट […]
(ABC-Sanchar) दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आगामी वर्षको बजेटमा संसद विकास कोषबाट विभिन्न व्यक्ति तथा संस्थाको नाममा छुट्टिएको बजेट रोकेर समानुपातिक रुपमा सबैलाई वितरण गर्ने प्रतिवद्धता गरेका छन् । विकास कोषको रकमबाट मुख्यमन्त्री, अर्थमन्त्री, अन्य मन्त्री तथा सांसदहरुले आफू निकटका व्यक्तिका संचार माध्यमलाई बजेट दिएर अरुलाई विभेद गरेको विषयमा नेपाल प्रेससहित विभिन्न संचार […]
ABC (क्राईमबिट) काठमाडौं । बिचौलियाको चलखेलका कारण नेपाल प्रहरीमा चैतमा हुनुपर्ने इन्सपेक्टरको सरुवा अझै हुन सकेको छैन । अवकाशको मुखमा तत्कालीन प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले ठूलो मात्रामा इन्सपेक्टरको काज सरुवा निकालेका थिए । अघिल्लाे सरुवा मापदण्डविपरीत धेरै जना इन्चार्जमा गएका थिए । मापदण्डविपरीत खटिएका उनीहरूलाई हटाउन प्रहरीमा माग छ । मापदण्ड अनुसार क श्रेणीको […]
ABC (क्राईमबिट) काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका दुई एसएसपी डिआइजीमा बढुवा भएका छन् । मंगलबारको मन्त्रिपरिषद्को बैठकले इन्द्रसिंह लामा र माधव तिमल्सिनालाई बढुवा गरेको हो । लामालाई सुदुरपश्चिम प्रदेश कार्यालय र तिमल्सिनालाई कर्णाली प्रदेश कार्यालयमा पदस्थापन गरिएको छ । विभागमा अन्य तल्लो तहमा पनि बढुवाको तयारी भइरहेको छ ।
(ABC-Sanchar) स्याङ्जा । बिरुवा गाउँपालिकामा करेन्ट लागेर एक बालिकाको मृत्यु भएको छ । बिरुवा–७ बलेवाका दलबहादुर गुरुङकी १० वर्षीया छोरी गीताको करेन्ट लागेर मृत्यु भएको स्याङ्जा प्रहरीले जनाएको छ । आफ्नै घरको कोठामा मोबाइल चार्ज गर्ने क्रममा बिजुलीको प्लगबाट करेन्ट लागेर गम्भीर घाइते भएकी बालिकाको प्राथमिक स्वास्थ केन्द्र वालिङमा उपचारका क्रममा मृत्यु भएको बताइएको […]
ABC (क्राईमबिट) काठमाडौं । नारी शक्तिको जागरण गराउने भन्दै पीडितहरुबाट करिब ५ करोड रुपैयाँ र १ सय तोलाभन्दा बढी सुन एवं सुनको गरगहना ठगी गरेको अभियोगमा दोलखा घर भई भक्तपुर मध्यपुर थिमी नगरपालिका-४ गठ्ठाघर बस्ने ४८ वर्षीय शिवसुत गौरी भक्त भन्ने पुरुषोत्तम काफ्लेलाई शनिबार प्रहरीले पक्राउ गरेको छ । काफ्लेसमेतले काठमाडौंस्थित हाम्रो अभियान नेपाल र […]
(ABC-Sanchar) काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अब एउटा यात्रुको बिदाइ तथा स्वागतका लागि तीन जनामात्रै जान पाइने भएको छ । विमानस्थलको आन्तरिक र अन्तर्राष्ट्रिय ट्रमिनल भवनपरिसरमा भीडभाड बढेपछि हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै उक्त निर्णय गरिएको विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए । सम्भावित हवाई सुरक्षा जोखिमलाई मध्यनजर गर्दै विमानस्थल सुरक्षा समितिले एक जनाका लागि तीन […]