ABC (क्राईमबिट) काठमाडौं । नेपाल प्रहरी अस्पतालमा चार करोड कमिसनको सेटिङ धरापमा परेको छ । महंगोमा एमआरआई खरिद गरी ठूलो रकम कमिसन खाने योजनामा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धक्का दिएको छ । आयोगले हालै पत्र लेखेर ठेक्कासम्बन्धि सबै कागजात मागेको छ । अख्तियारको प्रारम्भिक छानबिनमै बदनियत देखिएपछि ठेक्का रद्द हुने सम्भावना देखिएको छ । प्रहरी […]
(सागर थापा) अर्घाखाँची । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक डिएसपी मुकुन्द प्रसाद रिजालको उपस्थितिमा मातहतका युनिट ईन्चार्जहरु सँग नियमित मिटिङ बैठक अन्तर्गत कार्यालयका समस्या तथा भए गरेका काम कारवाहीको प्रगती विवरण लगायत आ-आफ्नो एरियामा हुन सक्ने आपराधिक गतिविधीलाई मध्यनजरमा राखि प्रहरी परिचालन गरी समाजमा शान्ती सुरक्षाको भरपर्दो व्यवस्था मिलाउने लगायत निम्न […]
ABC (क्राईमबिट) काठमाडौँ । जीर्ण तथा हराएका भारततर्फका अन्तर्राष्ट्रिय सीमास्तम्भ निर्माण, मर्मत र रंगरोगन गर्न सरकारले छुट्टै कार्यविधि ल्याउने भएको छ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बल एपीएफलाई ‘सीमा स्तम्भको मर्मतसम्भार र पुन:स्थापनासम्बन्धी कार्यविधि’को मस्यौदा निर्माणको जिम्मा दिएको हो । सीमा सुरक्षा सशस्त्र प्रहरीले गर्दै आएको छ ।हराएका सीमास्तम्भको खोजबिन तथा जीर्ण अवस्थाका संरचनाको मर्मतसम्भार […]
ABC (क्राईमबिट) काठमाडौँ । नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका उडाइने भन्दै करोडौं रुपैयाँ असुलउपर गर्दै आएको गिरोहका मुख्य योजनाकारका रुपमा तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सुरक्षा सल्लाहकार इन्द्रजित राईलाई प्रहरीले मंगलबार बिहान पक्राउ गरेको छ । नक्कली शरणार्थी बनाएर पैसा असुल्ने गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर थुलुङ राई, टंक गुरुङ र सन्देश शर्मा पोखरेल […]
(ABC-Sanchar) मलेखु । पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ । धुनीबेँसी नगरपालिका-६ र थाक्रे गाउँपालिका-८ को सिमाना जोड्ने गणेशखोला पुलमाको जमिन भासिँदा सोमबार अपराह्न ४ बजेदेखि ठप्प बनेको राजमार्ग मङ्गलबार बिहान १० बजेबाट एकतर्फी खुलाइएको हो । भासिएको ठाउँमा ग्यावियन जाली भरेर एकतर्फी सवारीसाधन सञ्चालनमा ल्याइएको जिल्ला […]
(ABC-Sanchar) धादिङ । सोमबार अपरान्ह ४ बजे पुलको मुखमै जमिन भासिएपछि अहिले सवारी साधन रोकिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सन्तु जैसवालले जानकारी दिए। पुलको मुखमा जमिन भासिएपछि अहिले उक्त ठाउँमा भर्ने काम भइरहेको छ। नागढुंगा-मुग्लिन सडक योजना पूर्वी खण्डका इन्जिनियर जयराम अधिकारीका अनुसार पुलको संरचनामा कुनै क्षति भएको छैन। ‘पुलको संरचनामा क्षति […]
(ABC-Sanchar) पर्सा । बिरगंज राजवादीहरूले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको पुत्ला दहन गरेका छन् । सोमबार राजवादीहरूले वीरगन्जको घण्टाघर चोकमा ओलीको पुत्ला दहन गर्दै ओलीविरुद्ध नाराबाजी गरेका हुन् । ओलीको अभिव्यक्तिले राजसंस्थाको अपमान भएको भन्दै नेपाल राष्ट्रवाद संघको अगुवाइमा राजवादीहरूले ओलीको पुत्ला जलाएका हुन् । एमाले अध्यक्ष ओलीले पूर्व राजसंस्था र राजपरिवारका […]
ABC (क्राईमबिट) काठमाडौं । सर्वोच्च अदालतको मुद्दा महाशाखा प्रमुख विमल पौडेललाई एउटा खबर आयो—तपाईंको कार्यकक्षमा भक्तविक्रम भन्ने मान्छे मिलापत्रको निवेदन लिएर आउँदैछ। उसले त मान्छेलाई मुद्दा मिलाइदिन्छु भन्दै ठग्ने रहेछ! नभन्दै केही बेरमै एक जना वकिल हातमा फाइल बोकेर आए। उनले बैंकिङ कसुरमा मुद्दा खेपिरहेका नारायण शमशेर जबरा थरका व्यक्तिको मिलापत्र सम्बन्धी निवेदन लिएर आएका […]
(ABC-Sanchar) दैलेख । नारायण नगरपालिकाले गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सहायता दिने निर्णय गरेको हो । नगर कार्यपालिको निर्णय अनुसार यो स्वास्थ्य सुचाङ्क सुधारको लागि महत्त्वपूर्ण निर्णय भएको स्वास्थ्यकर्मीहरूले बताएका छन् । गर्भवती र सुत्केरी अवस्थामा सुरक्षित सुत्केरीका लागि आपत्कालीन अवस्थामा एम्बुलेन्स सहायता गर्ने निर्णयले नगरवासीहरू पनि खुसी भएका छन् । स्वास्थ्य संस्थामा सहज पहुँचको […]
ABC (क्राईमबिट) काठमाडौं । सीमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी बल नेपालले सीमा क्षेत्रको निगरानीलाई थप मजबुद बनाउँदै लगेको छ । पछिल्लो समयमा झापा, बारा, दाङ, बर्दिया, दार्चुलालगायतका जिल्लामा २१ वटा बिओपी (बोर्डर आउट पोष्ट) स्थापना गरिएको सशस्त्र प्रहरी बल नेपालले जानकारी गराएको छ । आजसम्ममा ती पोष्ट स्थापना गरी सशस्त्र प्रहरी कर्मचारी परिचालन गरिसकिएको […]