१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

दिनदहादै लुटेराहरु प्रहरीको फन्दामा ड्युटीमा तैनाथ महिला असईमाथी हातपात

Logo
प्रकाशित सोमबार, फाल्गुण २६, २०७६

(एबिसी क्राईम ब्युरो) बाँके फागुन २६ पूर्वपश्चिम महेन्द्र राजमार्गमा दिनदहाडै लुटपाटमा सम्लग्न दुई जनालाई प्रहरीले अाफ्नाे नियन्त्रणमा लिएको छ । आइतबार अपरान्ह पश्चिमबाट पूर्वतर्फ गइरहेको गोरू लाेड गरिएको ट्रकलाई कथित स्थानीयबासिन्दाको नाउँबाट केही अराजक जत्थाले ट्रक चालकलाई डर धम्की देखाएर जङ्गलतर्फ लगेर जोर जबर्जस्ती गर्नथाले ।ट्रक चालकलाई नियन्त्रणमा लिएर कुटपिट गर्ने, कागजपत्र जफत गर्दै, गोरूहरु जङ्गलमा छाेडिदिए । तत्पश्चात ट्रक चालक टेकबहादुर कार्कीले आफूमाथि दस जनाको समूहले गरेको सो घटनाको बारेमा ईलाका प्रहरी कार्यालय कोहलपुरमा किटानी जाहेरी दिएका छन । त्यस्तो निर्जन जङ्गलमा लगेर आफूमाथि ज्यानमार्ने धम्की दिने त्यस्ता अराजक तत्वहरुमाथी हदैसम्मको कानूनी कारवाहीको माग गर्दै चालकले आफ्नो ब्यथा पोखेका छन ।अपर ढकेरी प्रहरी पाेष्ट ढकेरीमा ड्युटीमा तैनाथ चौकी इन्चार्ज प्रहरी अंशई भूमिसरा धामीले घटनास्थल पुगेर ट्रक कब्जामा लिनेहरुलाई सोधपुछ गर्दा उल्टो तिनै महिला प्रहरी अंशईलाई हातपात मात्रै गरेनन् , उनको सम्बेदनशिल अङ्गहरुमा लछारपछार गरेतापनि तिमध्येका दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएर ईलाका प्रहरी कार्यालय कोहलपुरमा बुझाएको छ । साथै ईलाका प्रहरी कार्यालय कोहलपुरका डिएसपी कुलदीप चन्दले स्थानीय युवाहरुले गोरु लाेड गरिएको कागजपत्र सहितको ट्रक कब्जामा लिई जङ्गलमा लुकाएको अबस्थामा प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । सोही क्रममा कानून हातमा लिन खोज्ने कोही कसैलाई पनि अधिकार नभएको कोहलपुर डिएसपी चन्दले यस्ता अराजक गतिविधि गर्नेहरूमाथि सार्वजनिक मुद्दा समेत चलाउन सकिने कानूनी प्रावधान रहेको जनाएका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!