११ आषाढ २०८३, बिहिबार
25-06-2026 , Thu
×

सोमबार १० गतेदेखि सबै सीमा नाकाहरु बन्द

Logo
प्रकाशित सोमबार, चैत्र १०, २०७६

नेपाल सरकारले भारत र चीनसँगका सबै नाका सोमबारदेखि पूर्णरूपमा बन्द गर्ने भएको छ। मन्त्रिपरिषद् बैठकले एक साताका लागि सबै सीमा नाका बन्द गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा युवराज खतिवडाले बताउनुभयो। उहाँका अनुसार नाकाबाट ढुवानीलगायत सामान आयात भने निरन्तर रहनेछ। भारतबाट हुलका हुल नेपाली घर फर्किन थालेपछि कोरोना भाइरसको जोखिम बढेको भन्दै सरकारको आलोचना भएको थियो। आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा झन्डै चार घण्टा बसेको मन्त्रिपरिषद् बैठकले नाका बन्दको निर्णय गरेको हो। ‘बहुपक्षीय क्षेत्रीय सहयोग बढाउने र संक्रमण एक देशबाट अर्को देशमा नफैलियोस् भन्ने उद्देश्यले अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय सरकारले लिएको हो’, बैठकपछि सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा अर्थमन्त्री डा खतिवडाले भन्नुभयो। यसो गर्दा छिमेकी मुलुकहरूको हितलाई पनि ध्यान दिइएको उहाँले बताउनुभयो। नाका भएका जिल्लालाई गृह मन्त्रालयले परिपत्रसमेत गरेको छ। विश्व स्वास्थ्य संगठनले नेपाल–भारत सीमा नाका बन्द गराउन नेपाललाई सुझाव दिँदै आएको थियो। आजको अन्नपूर्ण पोस्ट दैनिकले खबर छापेको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । टरीगाउँ विमानस्थल पश्चिम नेपालको महत्वपूर्ण हवाई पूर्वाधारमध्ये एक हो। दाङ उपत्यकाको आर्थिक, शैक्षिक, कृषि, पर्यटन तथा प्रशासनिक महत्वलाई हेर्दा टरीगाउँ विमानस्थलको स्तरोन्नति समयको आवश्यकता बनिसकेको छ। हाल करिब ७५० मिटरको धावनमार्ग रहेको यस विमानस्थलमा साना जहाज मात्र सञ्चालन गर्न सकिन्छ। तर धावनमार्गलाई १,५०० मिटरभन्दा बढी विस्तार गरी ७२ सिट क्षमताका जहाज सञ्चालन गर्ने […]

दाङ । सोझा जनतालाई ठग्ने चोर/फटाहा कर्मचारीहरू जनता आउदैछन् ताला लगाउन। मुर्दावाद आर्थिक प्रशासन! मुर्दावाद प्रमुख प्रशासक!!” वडाध्यक्ष अधिकारीले आफैले यस्तो सार्वजनिक गुनासो गर्नु भनेको अवस्था निकै गम्भीर छ भन्ने प्रस्ट हुन्छ। जनताको सबैभन्दा नजिकको सरकार वडा हो। त्यही वडाबाट “जनता ताला लगाउन आउँदैछन्” भन्ने आवाज निस्कियो भने प्रशासनमा ठूलो समस्या छ। सेवा प्रवाहमा ढिलाइ […]

कपिलवस्तु । भाइरल पहाडको छेउमा, पुल तल सुन्दर रमणीय झरना नुहाउने ठाउँ भनेर वर्णनले नै मन तानिसक्यो। भालुवाङ जाँदा दाङ र कपिलवस्तुमा रहेकोे त्यो भाइरल पहाड सबैले फोटो खिच्छन्, तर पुल तल यस्तो झरना छ भनेर धेरैलाई थाहै हुँदैन। सजिलो पहुँच सडक खण्डको पुलमुनि नै छ, धेरै हिँड्न पर्दैन प्राकृतिक स्विमिङ पुल चट्टानले घेरिएको कुण्डमा […]

error: Content is protected !!