१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

सांसद अन्जना बिशङ्खेले दक्षिणकाली नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान

Logo
प्रकाशित मंगलबार, जेठ २०, २०७७

जेठ २०, काठमाडौं । नेपाल कम्युनिष्ट पाटी (नेकपा)को केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद अन्जना बिशङ्खेले दक्षिणकाली नगरपालिकालाई स्वास्थ्य सामाग्री प्रदान गर्नुु भएको छ ।
दक्षिणकाली नगरपालिकाको मेयर मोहन बस्नेत, उपमेयर बसन्ती तामाङ(डंगोल), वडा अध्यक्ष लगायत जनप्रतिनिधी, स्वास्थ्य शाखाका प्रतिनिधीहरु, नेकपाका प्रदेश, जिल्ला, नगर कमिटीका नेताहरुको उपस्थितिमा स्वास्थ्य सामाग्री वितरण गरिएको हो । स्वास्थ्य सामाग्रीहरुमा माक्स, पिपिए सेट, चस्मा, सेनिटाईजर, एनएक्स माक्स र पञ्जा प्रदान गरिएको थियो ।
स्वास्थ्य सामाग्री वितरण कार्यक्रममा सांसद बिशङ्खेले स्वास्थ्य सामाग्रीको सहि तरिकाले उपयोग गरि सबै वडाका स्वास्थ्य केन्द्रमा पुगोस भन्ने आशय व्यक्त गर्नु भएको थियो । उहाँले भन्नुभयो – “दिईएको सामान स्टोरमा मात्र नभई सबैको प्रयोगमा आओस ।”

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]