१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

सशस्त्र प्रहरी बाँकेले ४ लाख बराबरको अबैध सुर्तीजन्य पक्राउ

Logo
प्रकाशित मंगलबार, जेठ २७, २०७७

महेन्द्र सिंह
बाँके नेपालगन्ज सशस्त्र प्रहरी बाँकेले डुडुवा गाउँपालिकाको वडा नम्बर १ बाट साढे २ लाख बराबरको अवैध सुर्तीजन्य सामन बरामद गरेको छ ।
सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकेबाट सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरी नेपालगन्ज बाँकेका सशस्त्र प्रहरी सहायक निरीक्षक तिर्थ भाटको कमान्डमा रहेको गस्ती टोलीले आज डुडुवा गाउँपालिकाको वडा नम्बर १ खडैैैैैचाबाट भारतबाट तस्करी गरेर ल्याइदै गरिएको २ लाख ४३ हजार रुपैयाँ बराबरको सुर्तीजन्य सामन बरामद गरेको हो ।
भारतबाट बिहानी समयमा तस्करले बोकेर ल्याउदै गरेको अवस्थामा गस्ती गर्दै गरेको सशस्त्र प्रहरी गाडीलाई देखेपछि तस्करहरुले सुर्तीजन्य सामन छोडेर भारत तर्फ भागेका प्रहरी सहायक निरीक्षक भाटले भने बरामद गरिएको सुर्तीजन्य सामन कमलापसन्द, सुपर पावर सुर्ती, बिडि रहेको उनले बताए ।
त्यस्तै आज सशस्त्र प्रहरीले ४० हजार रुपैयाँ बराबरको अबैध पानको पात समेत बरामद गरि नस्ट गरिएको छ ।
सशस्त्र प्रहरीको गस्तीकै क्रममा आज बिहान नेपालगन्ज वडा नम्बर २३ बाट १ लाख बराबरको अबैध सालको २५ क्वियु फिट गोलिया समेत बरामद गरेको छ ।
बरामद गरिएका सुर्तीजन्य सामग्रीलाई भन्सार कार्यालय बुझाइएको र सालको काठलाई जिल्ला बन कार्यालय बाँकेमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नं ३० गण हे क्वा बागेश्वरीका सशस्त्र प्रहरी प्रमुख एसपी दिपक अधिकारीले जानकारी दिनुभएको छ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

रुकुम पश्चिम् । प्र्याङ्क भिडियो” बनाउने बहानामा लक्षित समुदायलाई अपमान गर्ने, उत्तेजित पार्ने, भिडियो खिचेर सामाजिक सञ्जालमा भाइरल भए पछी भिडियोबाट दुई समुदायबीच तनाव बढ्ने, घृणा फैलिने अवस्था सिर्जना भए पछी प्रहरीले संलग्न ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएको छ । कानुनी रूपमा किन मिल्दैन नेपालको *सामाजिक सञ्जाल सम्बन्धी निर्देशिका + मुलुकी अपराध संहिता […]

बाँके । नेपाल एपीएफ स्कुल, कोहलपुरमा नं. ५ बिन्ध्यवासिनी तथा सशस्त्र प्रहरी बल, नेपालका नायब महानिरीक्षक (डीआईजी) दीपक कुमार अधिकारीको विद्यालय भ्रमण सम्पन्न भएको छ। भ्रमणका अवसरमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष वरिष्ठ सशस्त्र प्रहरी उपरीक्षक नरेन्द्र बम, विद्यालय कमान्डेन्ट प्रहरी उपरीक्षक प्रमोद कुमार भारती, सहायक प्राचार्य, वरिष्ठ अधिकृत, शिक्षक, कनिष्ठ अधिकृत तथा विद्यार्थीहरूले उहाँलाई विद्यालय परिसरमा हार्दिक स्वागत […]

दाङ । जिल्ला प्रशासन कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय दाङ समन्वयमा शिक्षा विकास तथा समन्वय इकाई दाङले प्रभातफेरी दामोदर चोक तुलसीपुर चोक सहिद गेट हुँदै घोराही उपमहानगरपालिकाको सभाहलसम्म। करिब *५० जनाको सहभागिता*। 2. *सहभागी निकाय*: – प्रमुख अतिथि: प्रजिअ निश्चल राज पाण्डे – सुरक्षा: ज्वाला दल गणका गणपति सेनानी सन्तोष थापा, एसपी दिपक श्रेष्ठ, […]

error: Content is protected !!