१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

२ लाख ५० हजारसहित बाँकेको कोहलपुरबाट जुवाडे पक्राउ

Logo
प्रकाशित मंगलबार, आषाढ ३०, २०७७

महेन्द्र सिंह बाँके असार ३० कोहलपुर नगरपालिका वडा नं. ११ बसपार्क नजिकको टोल बहादुर हमालको घरमा जुवा खेलीरहेको अवस्थामा उनिहरुलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले जानकारी दिनुभएको छ ।
पक्राउ पर्नेहरुमा घर मालिक टोल बहादुर हमाल, बडैयाताल गाँउपालिका वडा नं. २ बस्ने रमेश गिरी, कोहलपुर नगरपालिका ११ बस्ने भिम बहादुर शाही, बैजनाथ गाउँपालिका वडा नं. १ बस्ने टंक बहादुर रोकाय र राप्तिसोनारी गाउँपालिका वडा नं. १ बस्ने चक्र प्रकाश रिजाल रहेका छन । उनीहरुलाई थप अनुसन्धानकालागि जिल्ला प्रहरी कार्यालय नेपालगन्जमा राखिएको छ ।
उनिहरुलाई जुवा ऐन अन्र्तगत मुद्दा चलाउने तयारी भएको बाँके प्रहरी प्रमुख एसपी रानाले बताए । जिल्ला प्रहरी कार्यालय बाँके र इलाका प्रहरी कार्यालय कोहलपुरको संयुक्त टोलीले उनिहरुलाई  पक्राउ गरेको  थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!