१४ आश्विन २०८३, बुधबार
30-09-2026 , Wed
×

उपत्यका छिर्ने र उपत्यकाबाट बाहिरिनेको सङ्ख्या वृद्धि गाउँघरमा कोरोनाको डर

Logo
प्रकाशित मंगलबार, आश्विन २०, २०७७

ABC Sanchar
काठमाडौँ दशैँको पूर्वसन्ध्यामा काठमाडौँबाट उपत्यका छिर्ने र उपत्यकाबाट बाहिरिनेको सङ्ख्या वृद्धि हुन थालेको छ । उपत्यका छिर्ने नाकाहरुबाट दैनिक चार हजार ८०० देखि पाँच हजारसम्म सवारी साधनहरु भित्रने गरेका छन् । सोही सङ्ख्यामा दैनिक रुपमा सवारी साधनहरु बाहिरिने क्रम छ । विगतका वर्षहरुमा दशँै आउनुभन्दा १५ दिनअघिदेखि नै ५० हजारदेखि ६० हजारसम्म दैनिक रुपमा उपत्यका छाड्ने गरेका थिए । तर यो वर्ष दैनिक १६ हजारदेखि १८ हजारसम्मले उपत्यका छाडिरहेका छन् ।
महानगरीय ट्राफिक महाशाखाका प्रमुख एसएसपी भीम ढकालका अनुसार केही दिनदेखि काठमाडौँ उपत्यकामा भित्रनेभन्दा बाहिरिनेको सङ्ख्या बढेको छ । तर यो सङ्ख्या शनिबारको रहेको र यो साता नियमित रुपमा संख्या गणना गरेपछि सङ्ख्याबारे थाहा हुने एसएसपी ढकालले बताउनुभयो ।
‘केही दिनअघिसम्म दैनिक उपत्यका छाड्नेभन्दा भित्रनेको सङ्ख्यामा वृद्धि भएको थियो अहिले बाहिरिनेको सङ्ख्या बढेको छ’ एसएसपी ढकालले भन्नुभयो । उहाँका अनुसार अहिले उपत्यका भित्रने र बाहिरिने सवारी साधनको सङ्ख्या बराबार जस्तै देखिए पनि बाहिरिने सवारी साधनको सङ्ख्या केही दिनदेखि बढेको छ । अहिले दैनिक चार हजार ८०० सम्म उपत्यकामा सवारी साधन प्रवेश गरेका छन् भने सोही सङ्ख्यामा उपत्यका बाहिरिने पनि छन् । अघिल्ला वर्षहरुमा यही समयमा दैनिक ६० हजार मानिस उपत्यका भित्रने र ६० हजार बाहिरिने गरेका थिए ।
उपत्यकामा अझै जोर बिजोर प्रणाली रहेको र त्यसकोे अवज्ञा गरेर सवारी साधन सञ्चालन गर्नेलाई कारबाही भइरहेको उहाँले बताउनुभयो । ‘अहिले पनि दैनिक हामीले एक हजार ५०० देखि दुई हजार सवारी साधनलाई कारबाही गरेका छौँ’ एसएसपी ढकालले भन्नुभयो । एकातिर कोरोनाको जोखिम अर्काेतिर ठूला चाडपर्व मुखमा रहेको समयमा ट्राफिक व्यवस्थापन गर्न प्रहरी सक्रिय रहेको बताउँदै दैनिक जोर बिजोर नमान्ने तथा ट्राफिक नियम पालना नगर्ने दुई हजारसम्म सवारी साधनहरुलाई कारबाही गरिएको उहाँले स्पष्ट पार्नुभयो ।
यातायात व्यवसायीहरुले यो वर्ष अग्रिम टिकट बुकिङ खुला गरेका छैनन् भने यात्रु नभएको भन्दै धेरै सार्वजनिक यातायातलाई आलोपालो चलाएका छन् । पोहोर यही समयमा हजाराँै सवारी साधन उपत्यकाबाट बाहिरिने गरेका थिए । यो वर्ष मुस्किलले लामो रुटका केही सङख्यामा मात्रै सार्वजनिक सवारी साधन यात्रु बोकेर बाहिरिने गरेको यातायात व्यवसायी बताए । गोर्खापत्र अनलाईनबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]