१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

कपिलवस्तु जिल्लाबाट दुई भारतिय नागरिकले बनाए नेपाली नागरिकता

Logo
प्रकाशित सोमबार, आश्विन २६, २०७७

सनिउल्ला धोबी कपिलवस्तु छिमेकी मुलुक भारतका दुई भारतीयले सम्पतीको मोहमा परि नेपाली नागरिकता बनाएका छन । भारतको शोहरतगढ जिल्ला ढेवरुवा तहसिल महादेव बुजुर्ग ग्राम मानपुर बस्ने बाल जी उर्फ राजु र उनकी श्रीमती इन्द्रवतीले कपिलवस्तुको साविक महाराजगंज गाविस हाल महाराजगंज नगरपालिका वडा १ बाट नेपाली नागरिकता लिएका छन ।
बालजीले नेपाली नागरिकतामा राजु यादव नाम कायम गरी नागरिकता लिएको खुलेको छ । उनीहरुले जिल्ला प्रशासन कार्यालयबाट २०७० भदौ ४ गते नेपाली नागरिकता लिएका थिए । महाराजगंज नगरपालिका वडा नं १ औरहवाका गोबरे अहिरलाई आफनो बुवा बनाई बशंजको नागरिकता लिएको रहस्य खुलेको छ ।
बालजीको भारतमा पिताको नाम भिखी यादव रहेको छ तर नेपालमा सम्पतीको लोभमा नागरिकता बनाएका छन । भारतको भोट लिष्टमा बालजी उनको श्रीमती इन्द्रवतीको नाम स्पष्ट देखीएको छ । उनको श्रीमतीको नाम भारतीय नाम लिष्ट र नेपाली नागरिकतामा एउटै रहेको छ ।
भारतको राष्ट्रिय पंचायती ग्राम प्रधान संगठन सिद्धार्थ नगर उत्तर प्रदेशले समेत बाजी जी उर्फ राजी भन्ने व्यक्ती भारतको रहेको प्रमाणित गरीदिएको छ । बाल जी उर्फ राजु शोहरतगढ जिल्ला ढेवरुवा तहसिल महादेव बुजुर्ग ग्राम मानपुरको बासिन्दा रहेको त्यहाको प्रधान रुकमणीले समेत प्रमाणित गरेको पत्र रहेको छ । भारतको राष्ट्रिय पंचायती ग्राम प्रधान संगठन सिद्धार्थ नगर उत्तर प्रदेशको पत्रमा लेखीएको छ की म बाल जी उर्फ राजुलाई चिनेको छु । राजुको घर शोहरतगढ जिल्ला ढेवरुवा तहसिल महादेव बुजुर्ग ग्राम मानपुर हो
।
घटना कसरी बाहिरीयो ।।
राम औतार अहिरेको तिन भाई छोरा जेठो ढोले अहिर माइला राम हरख अहिर कान्छा मातदिन अहिर रहेका थिए । ढोलेको एक छोरा डुर्र अहिर रहेका थिए । राम हरख अहिरको एक छोरा ललित अहिर हुन । ललितको तिन भाई छोरा जेठा चिरकुट, माइला मुनी अहिर र कान्छ घिराउ अहिर यादव रहेका छन ।
मातादिन अहिरका एक मात्र छोरा गोबरे अहिरको कुनै पनि सन्तान नभएको बताइएको छ । गोबरेको २०७४ मंसीर १० गते मृत्यु भैसकेको छ । मृत्यु हुनु पुर्व गोबरे भारतका बाल जी उर्फ राजुलाई आफनो सन्तान भएको भन्दै नागरिता समेत बनाई दिएका थिए । गोबरेले राजुको नाममा आफनो नाममा रहेको दुई विगाह जग्गा नामसारी गरी दिएका थिए ।
जग्गा भारतीय नागरिक बाल जी उर्फ राजुको नाममा जग्गा नामसारी भएपछि गाँउमा हल्लाखल्ला मचिएको थियो । गोबरे अहिरका सन्तान नभएको र उनको सम्पती खाने कोही नभएको हुदाँ गोबरको नाती पर्ने ललितको तिन भाई छोरा चिरकुट, मुनी घिराउ अहिरले सम्पतीमा दावी गरेका छन । चिरकुट अहिर, मुनी अहिर र घिराउ अहिरले सम्पतीमा दावी गर्दै जिल्ला अदालत, जिल्ला प्रशासन
कार्यालयमा निवेदन दिएका छन ।
घिराउका अनुसार राजुले सम्पतीको लोभमा औरहवामा केही व्यक्तीलाई समेत रकम खुवाएर नागरिकता बनाएका छन ।
बाल जी उर्फ राजुको भनाई
राजु यादवलाई तपाई त भारतीय नागरिक हो अनी नेपाली कसरी हुनु भयो भनेर सोध्दा उनले आफु नेपाली नै भएको बताउनु भयो । पहिले भारतीय भएपनी अहीले नेपाली नै भएको बताउनु भयो । उहाले भन्नु भयो “मैले गोबरेको सेवा वापतको जग्गा जमिन पाएको हु गोबरेले नै नागरिकता बनाएका हुन ।” उनलेभने नेपालमा मजस्तो धेरै भारतीयहरु नेपाली नागरिकता बनाएर बसेका छन । तपाईको भारतीय भोट लिष्टमा नाम सहित फोट पनि छ नी भनेर सोध्दा उनले केही जवाफ दिएनन ।
जिल्ला प्रशासनको भनाई ।।
जिल्ला प्रशासन कार्यालय कपिलवस्तुका प्रमुख दिर्घ नारायण पौडेलले कुनै पनि भारतिय नागरिकले नेपाली नागरिकता लिनु गलत भएको बताउनु भयो । उहाले भन्नु भयो यदी भारतीयले नेपाली नागरिता लिएको प्रमाण फेला पर्यो भने तत्काल खारेज हुन्छ । नागरिकताको विषयमा कुनै पनि सहनशिलता नराख्ने बताउनु भयो ।
नागरिकता प्रमाणपत्र वितरण कार्य सञ्चालन निर्देशिका, २०७० अनुसार नागरिता ऐनको दफा २१ को उपदफा (१) बमोजिम झुठो विवरण दिई विदेशीले नागरिकता लिएमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँ देखि एक लाख रुपैयाँसम्म जरिवाना वा दुवै सजाय व्यवस्था रहेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]