१५ आश्विन २०८३, बिहिबार
01-10-2026 , Thu
×

बाँके एसपी राना सडकमा QRT रिस्पोन्स टिम नेपालगन्जमा परिचालन

Logo
प्रकाशित सोमबार, आश्विन २६, २०७७

महेन्द्र सिंह
बाँके प्रहरीले चाडपर्वको समयमा जिल्लामा हुन सक्ने सम्भावित अपराधका घटना, लुटपाट तथा दुर्घटनाबाट सर्वसाधारणलाई सुरक्षा प्रदान गर्नका लागि पर्व विशेष सुरक्षा योजना अन्तरगत नेपालगञ्जमा १६ वटा मोटरसाईकल मार्फत ‘क्यूआरटी’ QRT रिस्पोन्स टिम परिचालन गरेको छ ।
जिल्लामा अपराध निराकरणको लागि घटना घटेको जानकारी पाउने वित्तिकै घटनास्थलमा पुग्नको लागि बाँके प्रहरीले नेपालगञ्जमा १६ वटा मोटरसाईकल मार्फत क्यूआरटी क्विक रिस्पोन्स टिम परिचालन गरेको जनाएको छ ।
बाँकेका प्रहरी प्रमुख एसपी ओमबहादुर रानाले नेपालगञ्जको धम्बोझी चोकबाट सोमबार साँझ औपचारिक रुपमा क्यूआरटी क्विक रिस्पोन्स टिमलाई परिचालन गरेका हुन । उनले नेपालगञ्जमा १६ वटा र जिल्ला भरी ३० वटा मोटरसाईकलमा क्विक रिस्पोन्स टिम परिचालन हुने बताए ।
उनले भने–‘ घटना स्थलमा पुग्न सहज हुने भएको कारण मोटरसाईकलमा क्यूआरटी परिचालन गरिएको हो ।’ उनले पर्वको बेलामा विषेश सुरक्षा रणनीति अपनाउनको लागि क्विक रिस्पोन्स टिमलाई परिचालन गरिएको बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]