२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

बाँके प्रहरी घटना भएको ठाँउमा तत्काल पुग्छ एसपी: राना

Logo
प्रकाशित मंगलबार, कार्तिक ०४, २०७७

महेन्द्र सिंह  बाँके                                                 प्रहरीले चार्डपर्वलाई मध्यनजर गर्दै विशेष सुरक्षा योजनाअन्तर्गत घटना भएको थाहा पाएको ३० सेकेन्डमा मुभ हुने गरी ‘क्यूआरटी’ (क्वीक रेस्पोन्स टीम) परिचालन गरेको छ ।
नेपालगञ्जको धम्बोझीचोक र कोहलपुरको चौराहामा बेस बनाएर क्यूआरटी परिचालन हुने जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख एसपी ओम बहादुर रानाले बताए । घटना भएको थाहा पाएको ३० सेकेन्डमै मुभ हुने गरी धम्बोझीचोकमा १२ वटा मोटरसाइकल र एउटा भ्यान स्टेन्डवाई राखिएको छ । एसपी रानाका अनुसार, जिल्लाभरीमा ३६ वटा मोटरसाइकल यसरी स्टेन्डवाई राखिएको छ ।
‘घटना भएको थाहा पाएको ३० सेकेन्डमा मोटरसाइकल मुभ हुन्छ । प्रहरी भ्यान एक मिनेटमा मुभ हुन्छ, एसपी रानाले भन्नुभयो, धम्बोझीमा एउटा अर्को भ्यान पीडितको उद्धार गर्नका लागि राखिएको छ ।’
बाँके प्रहरीले चाडबाड लक्षित विभिन्न योजनाहरु सार्वजनिक गरिसकेको छ । त्यसअन्तर्गतको क्यूआरटीको परिचालनको मंगलबारदेखि धम्बोझीमा उद्घाटन गरिएको बाँके प्रहरी प्रमुख एसपी रानाले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!