२५ बैशाख २०८१, मंगलबार
07-05-2024 , Tue
×

जनकपुरमा राजदेवी मन्दिरमा एकैरातमा ८ हजार ९६८ बोका वलि दिइयो

Logo
प्रकाशित आइतबार, कार्तिक ०९, २०७७

ABC Sanchar
जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा गएराती ८ हजार ९ सय ६८ बोका वलि दिइएको छ । महाबीर युवा कमिटीका पूर्व अध्यक्ष सुनिलकुमार प्रसादले दिएको जानकारी अनुसार शनिवार राती ७ बजेर १५ मिनेटमा शुरु भएको सो वलिप्रदान राती ११ बजेर २५ मिनेटसम्म चलेको थियो ।
एकरातमा संसारमै सबैभन्दा बढी बोकाको वली सो मन्दिरमा दिइने परम्परा रहेको छ । अष्टमी रातीमा विशेष वलिप्रदान हुँदै आएको छ ।
कोरोना संक्रमणका जिल्ला प्रशासन कार्यालय धनुषाले वलि प्रदानको ठाउँमा संक्षिप्त पूजा एवं क्षमा पूजा गरिने योजना बनाएको थियो । महन्थ र पुजारीसँग सोही आग्रह गरेका थिए । तर स्थानीयवासी विरोधका कारण वलि दिइएकोछ ।
महाबीर युवा कमिटीका अध्यक्ष संतोष साहले शनिवार मात्रै बलिप्रदान गर्ने निर्णय भएकाले तुलनातमक रुपमा कम बोकाको वलि दिइएको बताए ।
एकरातमा संसारमै सबैभन्दा बढी बोकाको वली सो मन्दिरमा दिइने परम्परा रहेको छ । अष्टमी रातीमा विशेष वलिप्रदान हुँदै आएको छ
वलि प्रदानको परम्परा
जनकपुरधामको प्रमुख शक्तिपीठ राजदेवी मन्दिरमा वर्षोदेखि अष्टमी रातीमा वलिप्रादको परम्परा रहेको छ । गतवर्ष १४ हजार ३ यस ६६ बोकाको वलि दिइएको थियो । वलीका लागि मन्दिरको पछाडी भागमा ४ वटा ठेहा बनाइएको छ जसमा प्रत्येक वर्ष वलि दिइने कार्यक्रम हुने गरेको महाबीर युवा कमिटी जनकपुरधामका पूर्वअध्यक्ष सुनिलकुमार प्रसादले वताए ।
राजदेवी मन्दिरका महन्थ राम गिरिले मनोबाञ्छित फल प्राप्त भएपछि बोकाको वलि दिइने राजदेवीको परम्परा रहेको वताए । राजदेवीमा दशैको वेला पूजा गर्नेहरुको अत्यधिक भीड हुने गर्छन यो पनि पढ्नुहोसयस पल्टको दशैंमा कोरोनाको बली’
राजदेवी मन्दिरमा २०७६ सालमा १४ हजार ९सय ९७ बोकाको वली प्रदान गरिएको थियो भने २०७५ सालमा १४ हजार ९ सय ९७ बटो २०७४ सालमा १२ हजार ३ सय ७ वटा बोका, २०७३ सालमा १४ हजार ६ सय १७ वटा बोकाको बलि दिइएको थियो । यसैगरी २०७२ सालमा १३ हजार ८ सय १, २०७१ सालमा १४ हजार ७ सय २२, २०७०सालमा १४ हजार ८ सय ६१, २०६९ सालमा १४ हजार ८ सय ६१, २०६८ सालमा १२ हजार ६ सय ५१, २०६७ सालमा १३ हजार ५ सय ५२ र २०६६ सालमा ११ हजार ७ सय ९३ बोकाको बलिप्रदान गरिएको थियो । १००जना युवा बली प्रदानमा सहभागी थिए ।रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                काठमाडौँबाट भैरहवा उडेको यति एयरलाइन्सको जहाज जनकपुरमा आकस्मिक अवतरण भएको छ। सोमबार साँझको हुरीले उडान प्रभावित भएको बताइएको छ।जहाज क्याप्टेन लबिस चन्दले […]

(एबिसि संचार ) वैदेशिक रोजगारका लागि कुवेत पठाईदिन्छु भनि कुवेत पु¥याई मानवबेचबिखन गरेको अभियोगमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटीलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय धादिङ समेतको समन्वयमा मानवबेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनलाई धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो ।श्यामबाबु समेतले पीडितलाई नेपाल सरकारबाट […]

  उपचारका क्रममा भारत गएको अवस्थामा एबिसी सञ्चार डटकम अनलाइनका प्रमुख सागर थापाको मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक भएको छ । पत्रकार एवम् प्रमुख थापाले आइतबार अपरान्ह आफ्नो मोबाइलसितै चोरी भएको ९८४७८ ४५९१८ बाट फोन गरेर सो कुराको जानकारी गराएका हुन् । मोबाइल चोरी हुँदा फेसबूक आइडी ह्याक गरेर विभिन्न व्यक्ति विशेषहरुसित नचाहिँदा हरकत […]