१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

बाँके प्रहरीले ७ किलो अफिम सहित २ जना पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक २६, २०७७

महेन्द्र सिंह                                                               बाँके प्रहरीले २ जनालाई पक्राउ गरेको जनाएको छ । मंगलबार बेलुका ५ बजेको समयमा कोहलपुर नगरपालिका २ बसपार्कको भेरी गेष्ट हाउसबाट ७ किलो अफिमसहित जाजरकोट नलगाढ नगरपालिका ९ का ४५ वर्षिय जय बहादुर सिंह र सोही ठाँउका ३३ वर्षिय बिरेन्द्रमान सिंह पक्राउ परेका हुन ।
लागु औषध अफिमको कारोबार भईरहेको सूचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो, शाखा कार्यालय नेपालगंज तथा जिल्ला कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले भेरी गेष्ट हाउसको १०५ नम्बर कोठामा छापा मारेको थियो । सोही कोठामा रहेका दुईजनालाई खानतलासी गर्ने क्रममा उनिहरुको साथमा रहेको कालो रंगको झोला भित्र ७ वटा प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा ७ किलो अफिम बरामद गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ परेका दुबैलाई थप अनुसन्धान तथा कारवाहीकालागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखीएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!