१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

बाँके प्रहरीले ७ किलो अफिम सहित २ जना पक्राउ

Logo
प्रकाशित बुधबार, कार्तिक २६, २०७७

महेन्द्र सिंह                                                               बाँके प्रहरीले २ जनालाई पक्राउ गरेको जनाएको छ । मंगलबार बेलुका ५ बजेको समयमा कोहलपुर नगरपालिका २ बसपार्कको भेरी गेष्ट हाउसबाट ७ किलो अफिमसहित जाजरकोट नलगाढ नगरपालिका ९ का ४५ वर्षिय जय बहादुर सिंह र सोही ठाँउका ३३ वर्षिय बिरेन्द्रमान सिंह पक्राउ परेका हुन ।
लागु औषध अफिमको कारोबार भईरहेको सूचनाको आधारमा लागु औषध नियन्त्रण व्युरो, शाखा कार्यालय नेपालगंज तथा जिल्ला कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले भेरी गेष्ट हाउसको १०५ नम्बर कोठामा छापा मारेको थियो । सोही कोठामा रहेका दुईजनालाई खानतलासी गर्ने क्रममा उनिहरुको साथमा रहेको कालो रंगको झोला भित्र ७ वटा प्लाष्टिकको पोका बनाई राखेको अवस्थामा ७ किलो अफिम बरामद गरीएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ परेका दुबैलाई थप अनुसन्धान तथा कारवाहीकालागि जिल्ला प्रहरी कार्यालय बाँकेमा राखीएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!