०७ मंसिर २०८३, सोमबार
23-11-2026 , Mon
×

स्याङ्जा प्रहरीले फेसबुकमा १० लाख ठगी गर्ने एक युवक पक्राउ

Logo
प्रकाशित सोमबार, मंसिर ०८, २०७७

ABC (क्राईमबिट)
फेसबुकमार्फत ठगी गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार बाजुरा जिल्ला हिमाली गाउँपालिका–४ का २७ वर्षीय रुपचन्द्र पाण्डेलाई प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको हो ।
ब्राजिलमा आफ्नो परिवार गम्भीर बिरामी भएकाले आफूलाई निकै ठूलो समस्या परेको भनी महिलालाई फेसबुकमार्फत साथी बनाई पटकपटक गरी रु दश लाख २८ हजार ७०० ठगी गरेको खुल्न आएको प्रहरी प्रवक्ता अधिकारीले बताए ।
महिलालाई विश्वासमा लिएर तत्काल फिर्ता गर्छु भनी पैसा ठगी गर्ने पाण्डेलाई प्रहरीले बाँकेको नेपालगञ्जबाट पक्राउ गरी ‘आपराधिक विश्वासघात तथा आपराधिक लाभ’ सम्बन्धी कसुरमा स्याङ्जा जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको उनको भनाइ छ ।
प्रहरीले पक्राउ परेका युवकलाई अदालतबाट सात दिनको म्याद थपेर अनुसन्धान शुरु गरेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सम्बन्धित भन्सार प्रहरी प्रशासनलाई सिधा प्रश्न छ । सीमाबाट दिनहुँ भन्सार छलीका सामान भित्रिने हो भने तपाईंहरूको निगरानी कहाँ छ । ? केही सामान्य नागरिकलाई बाटोमा रोकेर चेकजाँच गरेर मात्रै आफ्नो जिम्मेवारी पूरा भएको ठान्ने हो कि भन्सार छलीको जालो चलाउने मुख्य व्यक्तिहरूसम्म पुग्ने हो? सरकारले राजस्व […]

कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीमा दुई साँढे गुरु भिड्दा केही बेर भागाभागको स्थिति सिर्जना भएको छ। सीमा क्षेत्रमा भिडिरहेका साँढेहरूलाई देखेर यात्रु तथा स्थानीय त्रसित भएका थिए। साँढेको भिडन्तका कारण केही बेर सवारी तथा पैदल यात्रुहरू रोकिनु परेको थियो। केही बेरपछि साँढेहरू आ-आफ्नो बाटो लागेपछि स्थिति सामान्य भएको थियो।

दाङ । नारायणपुर ईलाका प्रहरी कार्यालय नारायणपुरले हराएको मोबाइल (आईफोन) फेला पारी सम्बन्धित मोबाइल धनीलाई बुझाएको छ। प्रहरीले गरेको खोजतलास तथा प्रविधिको सहयोगमा फेला परेको मोबाइल धनीलाई बुझाउँदा धनीले खुशी व्यक्त गर्दै प्रहरीलाई धन्यवाद दिएका छन्।

error: Content is protected !!