१९ मंसिर २०८२, शुक्रबार
05-12-2025 , Fri
×

पौडेललाई गोली हान्ने ३ जना पक्राउ

Logo
प्रकाशित शनिबार, मंसिर १३, २०७७

(तेज वली) दाङ                                                 तुलसीपुर उपमहानगरपालिका १३ बराहखुटी निबासी खुशलराम पौडेललाई गोली लागेपछि प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–१३ बाख्रे निबासी २४ बर्षका कमल पुन, ३८ बर्ष राजु घर्ती र ४० बर्षका इन्द्र केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिए । उनिहरुलाई गएराति प्रहरीले घरबाटै पक्राउ गरेको हो ।
पक्राउ परेका तीनैजनालाई तुलसीपुर प्रहरीले वडा प्रहरी कार्यालय लमहीलाई बुझाएको छ । अभियुक्त तुलसीपुर क्षेत्रका भएपनि घटना स्थल लमहीमा पर्ने भएकाले लमही प्रहरीलाई बुझाएको डिएसपी सिंहले बताए।
बुधबार राती लमही नगरपालका–९ च्याउखोलामा शिकार खेल्न गएको समयमा आफनै साथीले हानेको बन्दुकको गोली लागेर पौडेल घाइते भएका थिए । शिकार खेल्न १४ जना गएपनि ११ जना भने अझै फरार रहेका छन् ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!