१७ जेठ २०८३, आइतबार
31-05-2026 , Sun
×

रास्ट्रपतिबाट अध्यादेश जारी भएपछि के गर्न मिल्छ के गर्न मिल्दैन ?

Logo
प्रकाशित बुधबार, पुष ०१, २०७७

(ABC Sanchar)
काठमाडौं । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ को (पहिलो संशोधन) अध्यादेश २०७७ जारी गरिन् ।

अध्यादेशमा ऐनको दफा ६ मा रहेको ‘परिषद्को बैठक सम्बन्धी कार्यविधि’ सम्बन्धी केही व्यवस्था परिवर्तन गरिएका छन् ।

अध्यादेशमा ऐनको दफा ६ को उपदफा ६ झिकिएको छ । उपदफा ६ मा ‘उपदफा ९५० बमोजिम सर्वसम्मति कायम हुन नसकेमा सो विषयमा निर्णय हुन सक्ने छैन ।’ भन्‍ने उल्लेख छ । ऐनको उपदफा ५ मा ‘ बैठकमा पेश भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुनेछ’ भन्‍ने उल्लेख थियो ।

उपदफा ७ मा उल्लेख व्यवस्था परिवर्तन गर्दै ‘(७) उपदफा (३) बमोजिम परिषद्को बैठकको गणपूरक संख्या नपुगेमा वा उपदफा (५) बमोजिम निर्णय हुन नसकेमा अधयक्षले कम्तीमा चौबिस घण्टाको समय दिइ पुनः अर्को बैठक बोलाउन लगाउनेछ ।’

ऐनको उपदफा (३)मा ‘अध्यक्ष र कम्तीमा चारजना अन्य सदस्यहरु उपस्थित भएमा परिषद्को बैठकको लागि गणपूरक सङ्ख्या पुगेको मानिनेछ’ भन्‍ने उल्लेख छ । उपदफा ५ मा ‘ बैठकमा पेश भएको प्रत्येक विषयको निर्णय सर्वसम्मतिको आधारमा हुनेछ ।’

त्यस्तै अध्यादेशमा उपदफा ७ मा (७क) थपिएको छ । त्यसमा ‘अध्यक्षसहित तत्काल बहाल रहेका बहुमत सदस्य उपस्थित भएमा परिषद्को बैठकको गणपूरक संख्या पुगेको मानिनेछ र त्यस्तो बैठकमा अध्यक्षसहित उपस्थित सदस्यको बहुमतबाट निर्णय हुन सक्नेछ’ भन्‍ने उल्लेख छ ।

प्रधानमन्त्री ओलीले यही अध्यादेश गत बैशाख ८ गते पनि यही अध्यादेश जारी गरेका थिए ।

यो पनि पढ्नुहोस्

अध्यादेश तुरुन्तै खारेज हुनुपर्छ: प्रचण्ड

मन्त्रिपरिषद् बैठकमा छलफल नै भएको थिएन अध्यादेशको विषय

संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमाथि कांग्रेसको आपत्ति

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । विशेषगरी बाँकेको नेपालगञ्ज क्षेत्रमा पानीको अभावले पक्षीहरूलाई समस्या पर्न थालेपछि उनीहरूका लागि पानीको व्यवस्था गर्ने उद्देश्यले एक अभियान शुरु गरिएको छ। शनिबार आयोजित कार्यक्रममा सडक तथा सार्वजनिक स्थानमा जथाभावी फालिएका प्लास्टिकका बोतल संकलन गरी पुनः प्रयोगमार्फत चराचुरुङ्गीले सहजरूपमा पानी पिउन सक्ने भाँडाहरू तयार पारिएका छन्। ती भाँडाहरू विभिन्न सार्वजनिक स्थान र रुखहरूमा राख्ने […]

काठमाडौं । अमेरिकी विदेश मन्त्रालयको सार्वजनिक कूटनीति उपमन्त्रीसमेत रहेकी रोजर्स नयाँ दिल्लीबाट शनिबार राति काठमाडौँ आइपुगेकी हुन्। वालेन्द्र शाहको नेतृत्वमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को सरकार गठन भएपछि नेपाल आएकी रोजर्स अहिलेसम्मकै वरिष्ठ अमेरिकी कूटनीतिज्ञ हुन्। साथै उनी मार्च २७ मा नयाँ सरकार गठन भएयता नेपाल भ्रमण गर्ने तेस्रो वरिष्ठ अमेरिकी अधिकारी पनि हुन्। रोजर्सले मे २७ देखि जुन १० सम्म […]

बर्दिया । *के भयो:* – *स्थान*: भारतबाट नेपालतर्फ अवैध रूपमा ल्याएर स्थानीय गोठमा गोदाम बनाएर बेवारिसे अवस्थामा थुपारेको अवस्थामा – *बरामद*: *३२ बोरा = १६ क्विन्टल चिनी* – *अनुमानित मूल्य*: रु. १५,९५० प्रति क्विन्टलका दरले *कुल रु. १,५२,० /- एक लाख बाउन्न हजार मात्र* – *कारबाही*: लुम्बिनी प्रदेश प्रहरी कार्यालयबाट खटिएको टोलीले नियन्त्रणमा लिएर थप […]

error: Content is protected !!