०१ पुष २०८२, मंगलबार
16-12-2025 , Tue
×

दाङको तुलसीपुरबाट १५ जना जुवाडेहरु पक्राउ

Logo
प्रकाशित आइतबार, पुष १९, २०७७

(तेज वली)
तुल्सीपुर। दाङबाट करिब साढे तीनलाख नगदसहित १५ जुवाडे पक्राउ गरेको छ । शनिबार साँझ ६ बजेतिर तुलसीपुर उपमहानगरपालिका वडा नं.६ बरुवागाउँ निवासी खुमानसिंह वलीको घरमा जुवा खेलिरहेको अबस्थामा उनीहरुलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रमुख डिएसपी शिव बहादुर सिंहले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार तीन लाख ३९ हजार ६ सय ६० रुपैँयासहित ३७ बर्षीय ओमकार वली, ४२ बर्षीय ज्ञान बहादुर डाँगी, ३७ बर्षीय नर बहादुर डांगी, ४६ बर्षीय लिले बस्नेत, २७ बर्षीय डम्मर केसी, ४१ बर्षीय पुर्ण बहादुर डांगी, ५२ बर्षीय थल बहादुर बुढाथोकी, ३७ बर्षीय खुमान सिंह वलीलाई पक्राउ गरिएको हो ।

त्यस्तै ३७ बर्षीय राम रोशन बस्नेत, ५० बर्षीय लाल बहादुर गुरुङ्ग, ५० बर्षीय कुसल शर्मा, ४५ बर्षीय नउले भण्डारी, ४७ बर्षीय चन्द्र प्रकाश अधिकारी, ४७ बर्षीय राम चन्द्र डांगी, ५० बर्षीय प्रशुराम पुनलाई पक्राउ गरिएको हो ।
उनीहरुको साथबाट ४ गड्डी तास समेत बरामद गरिएको डिएसपी सिंहले बताए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सदस्यमा दाङकी साजिदा खातुन सिद्धिकी निर्विरोध निर्वाचित भएकी छिन् । केन्द्रीय निर्वाचन आयोगले प्रकाशन गरेको प्रारम्भिक नामावलीमा तोकिए कोटाभन्दा बढी उम्मेदवारी नपर्दा उनी निर्विरोध निर्वाचित भएकी हुन् । उनी मुस्लिम महिलातर्फ निर्विरोध कैन्द्रीय सदस्य भएकी छिन् ।

  काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा हेरफेर गरेको छ। निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलको मूल्य बढाउने तथा डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको हो। निगमका अनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ मूल्य वृद्धि गरिएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर ४/४ रुपैयाँ मूल्य घटाइएको छ। यो नयाँ मूल्यसूची भोलि बिहान […]

भैरहवा । जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीबाट खटिई गएको ट्राफिक प्रहरीद्वारा जिल्ला रुपन्देही सिद्धार्थ नगरपालीका वडा नं. १ बेलहिया स्थित BR06PF2851 र UP17AT7229 भारतिय बसहरुले सवारी तथा यातायात ब्यवस्था ऐन, २०४९ को दफा १२ बिपरित कार्य गरेको हुदा नियन्त्रणमा लिई यातायात ब्यवस्था कार्यालय लुम्बिनी रुपन्देहीबाट जनही रु १००००।– जरिवाना भए पश्चात छाडिएको । साथै भारतिय […]

error: Content is protected !!