१८ बैशाख २०८१, मंगलबार
30-04-2024 , Tue
×

नारायणपुरमा एम्बुलेन्सको ठक्करबाट स्कुटर चालकको मृत्यु

Logo
प्रकाशित बुधबार, पुष २२, २०७७

(तेज वली)
तुलसीपुर । दाङमा एम्बुलेन्सको ठक्करबाट एकको मृत्यु भएको छ । ईलाका प्रहरी कार्यालय तुल्सीपुरका अनुसार आज दिउसो साढे २ बजेतिर एम्बुलेन्सले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक तुलसीपुर उपमहानगरपालिका वाड नं. ८ दुधेना निवासी ६८ बर्षीय टोपेन्द्र पोखरेलको मृत्यु भएको हो ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको रा १ झ १०२ नम्बरको एम्बुलेन्सले रा ४ प १५६६ नम्बरको स्कुटरलाई ठक्कर दिँदा उनको मृत्यु भएको हो । घोराही उपमहानगरपालिका वडा नं. १० नारायणपुरमा भएको उक्त दुर्घटनाबाट गम्भीर घाईते टोपेन्द्रको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको ईलाका प्रहरी कार्यालय तुल्सीपुरका प्रहरी प्रमुख डिएसपीले जानकारी दिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                पर्सामा आज बिहान मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । वीरगन्ज महानगरपालिकाको खल्वा टोला स्रिसियामा ना ३१ प ३८३५ […]

(एबिसि संचार )                                                              पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन्।पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा […]

(एबिसि संचार )                                                              पोखराको  हेम्जामा बस दुर्घटना भएको छ । बिहीबार बिहान भएको दुर्घटनामा ८ जना घाइते भएका छन् । घाइतेहरूको गण्डकी मेडिकल कलेजमा उपचार […]