२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

अपराधी लुक्न सक्दैन SP राना सहायक सुचकको हत्यामा संलग्न ७ जना पक्राउ

Logo
प्रकाशित बुधबार, माघ २१, २०७७

महेन्द्र सिंह
बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले राष्ट्रिय अनुसन्धानका सहायक सुचक प्रविण थापा मगरको हत्यामा संलग्न अभियुक्तहरुलाई बुधबार सार्बजनिक गरेको छ ।

घटनामा ७ जनालाई पक्राउ गरेको आज आयोजित पत्रकार सम्मेलनमा बाँके प्रहरीले जानकारी दिएको छ । गत माघ २ गते नेपालगन्ज काँरकादोको पूर्व तर्फको खेतमा प्रविणको शव फेला परेपछि बाँके प्रहरीले बिशेष अनुसन्धान सुरु गरेको थियो । बाँके प्रहरीले सहायक सुचक थापा मगरको हत्या पश्चात् विभिन्न ब्यक्तिहरुलाई बोलाएर समेत अनुसन्धान गरेको थियो ।

सोही क्रममा हत्यामा संंलग्न ब्यक्तिलाई महानगरीय अपराध महाशाखा काठमाडौंको सहयोगमा पक्राउ गरि ल्याइएका नेपालगन्ज ६ का १७ बर्षीय बिभेक परियारको बयानको आधारमा हत्यामा संंलग्न अन्य ६ जना रहेको खुलेको थियो । बाँके प्रहरीले ४ जनालाई नेपालगन्ज र २ जनालाई कैलालीबाट पक्राउ गरेको थियो ।

पक्राउ पर्नेमा निश्चल गुरुङ, तेज बहादुर वि.एम., विवेक परियार, सुमित वि.क.,सुशान्त भण्डारी र सुवास थापा र दिनेश कुमार कुर्मि (बर्मा) रहेको प्रहरीले जानकारी दिएको छ । बाँके प्रहरीले घटनामा संंलग्न अभियुक्तहरुलाई मुलुकी अपराध संहित ऐन ज्यान सम्बन्धी कसुरको दफा १७७ बमोजिम जन्म कैदको मुद्दा दर्ता गरेको छ ।

जिल्ला प्रहरी बाँकेले सार्बजनिक गरेको घटना बिबरण :-
मिति २०७७।१०।०२ गते अं.०९:३० बजेको समयमा जिल्ला बाँके नेपालगंज उप.म.न.पा.वडा नं.१८ सुर्जिगाँउ स्थित राम सेवक खटिकको एकान्त तोरीवारीमा अपरिचित अं.२७/२८ वर्षको पुरुष ब्यक्तिको मृत शव रहेको भन्ने जानकारी प्राप्त हुनासाथ तत्काल यस कार्यालयबाट प्र.उ.समेतको टोली घटनास्थल खटि गई घटनास्थलको सुरक्षा र घटनास्थल लाई कर्डन गरि मृत शवको लाशजाँच मुचुल्का समेतको प्रारम्भिक कार्य पुरा गरेकोमा मृतक जिल्ला बाँके ने.ग.उप.म.न.पा.वडा नं.१८ घर भई राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय बाँकेमा सहायक सुचक पदमा कार्यरत वर्ष २७ को प्रविण थापा मगर भन्ने खुल्न आएको, निजको टाउकाको पछाडी भाग, निधारको वाँया भाग, माथिल्लो ओठ, दुवै खुट्टाको घुडा, नली, हात, शरिरको विभिन्न भागमा चिरपट दाउरा (पट्टा) प्रहार गरी विभत्स हत्या भएको घटनालाई यस जिल्ला प्रहरी कार्यालय बाँकेले तालिम प्राप्त कुकुर Sniffing को प्रयोग, केन्द्रिय अनुसन्धान ब्यूरोको सहयोगमा सुष्म र प्रभावकारी अनुसन्धान गरी घटनामा संलग्न निम्न ब्यक्तिहरुलाई पक्राउ गरी अनुसन्धान भईरहेको ।

पक्राउ परेको व्यक्तिहरूको विवरण :-
(१) नामथर: दिनेश कुमार कुर्मि (बर्मा)
उपनाम : कर्कि
उमेर: २४ बर्ष
ठेगाना :-जि.बाँके ने.ग.उ.म.न.पा. वडा नं. १८ लग्दहवा
पेशा :- मजदुरी पक्राउ
मिति/स्थान :- मिति २०७७/१०/०२ गते १८:०० बजे नेपालगंज -१८

(२) नामथर: निश्चल गुरूङ
उमेर: १९ बर्ष ठेगाना :-जि. सुर्खेत गुर्भाकोट न.पा. १४ गुमि हाल जि.बाँके ने.ग.उ.म.न.पा. वडा नं. १८ लग्दहवा ।
पेशा :- मजदुरी
पक्राउ मिति/स्थान :- मिति२०७७/१०/१७ गते १४:३० बजे जि.कैलाली धनगढी उ.म.न.पा. ४ बसपार्क बाट

(३) नामथर :- तेज मगर भन्ने तेज बहादुर बि.एम.
ठेगाना :- जिल्ला जाजरकोट जुनिचाँदे गा.पा.७ दह हाल ने.गं. ४ बसपार्क डेरा लिई बस्ने
उमेर :- २१ बर्ष
पेशा :- ज्याला मजदुरी
पक्राउ मिति/स्थान:- मिति२०७७/१०/१७ गते १४:३० बजे जि.कैलाली धनगढी उ.म.न.पा. ४ बसपार्क बाट

(४) नाम थर: परिवर्तित नाम A
उमेर: १७ बर्ष
ठेगाना: जि.बाँके नेपालगंज उ.म.न.पा वडा नं. ६, फुलटेक्रा बस्ने
पेशा: विधार्थी
पक्राउ मिति/ स्थान:- २०७७/१०/१५ गते १० बजे भक्तपुर, चागुनारायण वडा नं. ९, ताथली

(५) नाम थर: परिवर्तित नाम C
उमेर: १६ बर्ष
ठेगाना: जि.बाँके ने गं ५ बसपार्क
पेशा: विधार्थी
पक्राउ मिति/ स्थान:- २०७७/१०/१५ गते १६:३०बजे, नेपालगंज-४ बाईपास

(६) नाम थर: परिवर्तित नाम B
उमेर: १७ बर्ष
ठेगाना: जि.बाँके राप्ती सोनारी गा.पा. वडा नं.१ कुसुम हाल नेपालगंज वडा नं. ४ गणेशपुर
पेशा: विधार्थी
पक्राउ मिति/ स्थान:- २०७७/१०/१५ गते १६:३०बजे नेपालगंज-४ बाईपास

(७) नामथर :- परिवर्तित नाम D
उपनाम :- भुन्टु
उमेर :- १६ बर्ष ठेगाना:- जि.सुर्खेत बिरेन्द्रनगर न.पा. १० हाल बाके ने.गं. २ घरबारीटोल
पेशा :- ज्याला मजदुरी
पक्राउ मिति :- मिति २०७७/१०/१३ गते १४:३० बजे जि.बाँके ने.ग. २ घरबारी टोल
अनुसन्धानबाट खुलेका कुराहरु : नेपालगंज उप-महानगरपालिका वडा नं.१८ कालिकामाई मन्दिर बगैचा र घटनास्थल वरपरको क्षेत्र लागुऔषध सेवन तथा कारोवार गर्ने स्थानको रुपमा रहेको हुदा मृतक सो क्षेत्रमा सुचना संकलनको लागी साथी कर्कि भन्ने दिनेश कुमार कुर्मि संग गएको ।

मृतक र कर्कि भन्ने दिनेश कुमार कुर्मि साथी रहेको । अभियुक्तहरु सवै जना गाँजा खाने साथीहरु रहेको ।
मिति २०७७/१०/०१ गते दिउसो बजार घुम्दै साँझ अं.६:०० बजे तिर अभियुक्त ६ जना गाँजा खान भनि ने.ग.१८ लग्दहवा स्थित आँप बगियामा गएको ।
मृतक र कर्कि भन्ने दिनेश कुमार कुर्मि समेत सोही बगियामा मोटरसाईकल रोकी अं.१०० मिटर टाढा नजिकैको बगियामा रहेको ।
घटनास्थलमा कर्कि भन्ने दिनेश कुमार कुर्मिले प्रयोग गर्ने १ जोर (फिस) चप्पल बरामद गरि अनुसन्धान सुरु भएको ।
कार्यालयले (Dog Sniffing) को क्रममा घटनास्थल देखी अं.२०० मिटर उत्तर तर्फ आँप बगियमा मृतकले प्रयोगको भे ३ प ६१५ नं. सुपरस्प्लेण्डर मोटरसाईकल फेला परेको ।

बगैचामा जम्मा भई गाँजा सेवन गरि सके पछी घर तिर जाने क्रममा अभियुक्तहरु ६ जना मध्ये विवेक परियारले मृतकको साथी कर्की भन्ने दिनेश कुमार कुर्मिको मो.सा.मा रहेको हेलमेट राम्रो लागी फोटो खिची उठाई लिई गएको ।

सो कुरा मृतकले देखे पछी मृतक र कर्कि भन्ने दिनेश कुमार कुर्मी निजहरुको पिछा गर्दै हेलमेट फिर्ता देउ भाई भन्दै घटनास्थल सम्म पुगेको । मिति २०७७/१०/०५ गते कर्कि भन्ने दिनेश कुमार कुर्मिको भे ८ प २००७ नं. होण्डासाईन

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!