१७ बैशाख २०८१, सोमबार
29-04-2024 , Mon
×

ओलीको भाषण पछि संकटकाल लगाउने संकेत निस्के नेपाली सेनाहरु

Logo
प्रकाशित बिहिबार, माघ २२, २०७७

ABC Sanchar
काठमाडौँ । प्रचण्ड–नेपाल समूहले आम हड्ताल गरेकै दिन सङ्कटकालकै झल्को दिने गरी नेपाली सेनाले बख्तर बन्द गाडीहरूलाई बुटवलका सडकमा घुमाएको छ । पूर्व जानकारी विनै बख्तर बन्द गाडीहरू घुमाएपछि राजमार्ग चौराहा बन्द गराइरहेका कार्यकर्ताहरू अचम्ममा परेका थिए ।

सेनाले बख्तर बन्द गाडी देखाएर डराउन खोजेको एक कार्यकर्ताले जानकारी दिए । बुटवल बेसक्याम्पबाट निकालिएका ४ वटा बख्तर बन्द गाडी राजमार्ग चौराहा हुँदै गोल पार्कतिर लगिएको थियो ।

यसबारे भने आन्तरिक जानकारी आफूहरूलाई भएको नेपाल प्रहरीका एक जवानले बताए । ‘हामीलाई थाहा थियो ।’ उनले भने, ‘आन्तरिक सर्कुलेसन भएको थियो ।’ आर्मीले यसबारेमा केही बोलेको छैन ।

मुख्य राजमार्ग बाहेक बुटवलका भित्री सडकहरूका पसल व्यवसाय भने आंशिक मात्रामा सञ्चालन भइरहेका छन् । ई–रिक्साहरूलाई मुख्य राजमार्गबाहेक अन्यत्र रोकिएको छैन । स्रोत सर्बोच्च ड्ट्कम

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]

रौतहटको इशनाथ नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु आदेश जारी भएको छ। मूर्ति बिसर्जनको विषयलाई लिए दुई पक्षबीचको विवाद समाधान नभएपछि रौतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले आज साँझ ५ बजेदेखि लागु हुनेगरी कर्फ्यु जारी गरेका हुन्। इशनाथ नगरपालिकाको ६ र ७ मा सरस्वतीको मूर्ति बिसर्जनको विषयलाई लिएर २ गतेदेखि विवाद उत्पन्न भएको थियो।विवाद समाधानका लागि प्रमुख जिल्ला […]