१२ आषाढ २०८३, शुक्रबार
26-06-2026 , Fri
×

नेपालगन्ज जमुनाहा नाकामा हेल्थडेस्क स्थापना

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७


(महेन्द्र सिंह)
बाँके । नेपालगञ्जको जमुनाहा नाकामा सुविधा सम्पन्न हेल्थडेस्क निर्माण गरिएको छ । भारतका विभिन्न राज्यमा कोरोना सङ्क्रमण बढेपछि स्वास्थ्य सतर्कता बढाउँदै नाकामा ल्याव सहितको सुविधा भएको हेल्थडेस्क सञ्चालन गरिएको हो ।

नेपालगञ्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामवहादुर चन्दले हेल्थडेस्कमा स्वास्थ्य मन्त्रालय अन्तर्गत् इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले मेडिकल अधिकृतसहित ६ जना कर्मचारीको दरबन्दी कायम गरेको जानकारी दिनुभयो । ती मध्ये ल्याव टेक्निसियन २ जना, नर्सिङ स्टाफ २ जना र पारामेडिक्स २ जना नाकामा खटिइसक्नुभएको छ । विगतमा उपमहानगरपालिका आफैंले हेल्थडेस्क सञ्चालन गरेकोमा अब महाशाखाबाट सहयोग प्राप्त भएपछि सेवा प्रभावकारी हुने चन्दले बताउनुभयो ।

नाका हेल्थडेस्कको स्थायी संरचना निर्माण सम्पन्न नहुन्जेलसम्म तत्काल काम सुरु गर्नका लागि स्वास्थ्यका लागि सक्षम प्रणाली नेपालले त्रिपाल, ट्याब लगायतको सहयोग गरेको छ । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजङ्ग शाह, स्वास्थ्य शाखा प्रमुख चन्द, स्वास्थ्यका लागि सक्षम प्रणालीका प्राविधिक सल्लाहकार सावित्री भट्ट, उपमहानगरपालिकाका वीरेन्द्र रावत सहितको टोलीले आज हेल्थडेस्क सञ्चालन लगायतका विषयमा जमुनाहा नाकामा पुगेर तयारीबारे आवश्यक जानकारी लिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!