२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

चितुवाको छाला समात्‍न प्रहरी नक्कली ग्राहक बनेर पक्राउ

Logo
प्रकाशित मंगलबार, चैत्र १०, २०७७

 

ABC (क्राईमबिट)
लमजुङ । दोर्दी गाउँपालिका-६ सिमी गाउँबाट बरामद गरेको चितुवाको छालासहित पक्राउ परेको ३४ वर्षीय मनराज गुरुङ ।
लमजुङ झण्डै २ साताअघि लमजुङ प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाको मोबाइलमा एउटा फोन आयो, ‘यहाँ मान्छेसँग बाघको छाला छ ।’ तर, त्यो बाघको छाला नभई चितुवाको छाला थियो ।

डीएसपीले २ जना सादा पोसाकका प्रहरीलाई दोर्दी गाउँपालिका–८ ढोडेनीको सिमी गाउँ पठायो । उनीहरु गाउँ पुगे । यताउता गाउँमा बसे । बुझ्दै गए । उनीहरुले केही दिनअघि मनराजले चितुवाका छाला राखेको पक्का गरे । अनि नक्कली ग्राहक बनेर उनकोमा गए । मनराजले छाला र हड्डीको मूल्य ३५ हजार रुपैयाँमा बिक्री गर्न राजी भए ।
उनलाई लिएर झर्ने क्रममा बाटोमा प्रहरी जम्काभेट भयो । ‘हाम्रै मान्छेले मनराजलाई लिएर आउँदै थिए । उनलाई भेटेर ल्याउँदै गर्दा हाम्रा पोसाक लगाएका प्रहरीसँग भेट भयो । हामीले पक्राउ गरेर ल्यायौं,’ उनले भने । चितुवाका छाला र हड्डीसहित सोमबार राति ९ बजेतिर पक्राउ गरिएका उनलाई जिल्ला प्रहरी कार्यालयमा ल्याएर डिभिजन वन कार्यालयमा बुझाएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!