०८ साउन २०८२, बिहिबार
24-07-2025 , Thu
×

नेपाल पत्रकार महासंघ दाङकाे नयाँ नेतृत्वका लागि २६३ मत खस्यो

Logo
प्रकाशित बुधबार, चैत्र २५, २०७७


(ABC Sanchar)
दाङ । नेपाल पत्रकार महासंघको नयाँ नेतृत्व चुन्न बुधबार भएको निर्वाचनमा उत्साहजनक मत खसेको छ । दाङ सहित देशभरका महासंघको नेतृत्व चुन्न एकसाथ प्रत्यक्ष निर्वाचन प्रणाली मार्फत् निर्वाचन भएको हो । दाङ सहित देशभरका करिब एक सय मतदान केन्द्रमार्फत महासंघका १३ हजार १२२ पत्रकारले मतदान गरेका हुन् ।

जिल्ला प्रदेश, केन्द्रीय, र सम्बन्धित शाखाहरुको नेतृत्व चयनका लागि महासंघले एक साथ मतदानको व्यवस्था मिलाएको थियो । महासंघको नेतृत्वमा पुग्न विभिन्न राजनीतिक दलनिकट पत्रकारका संघठनहरुले प्यानल बनाएर चुनावी मैदानमा छन् । यस्तो प्यानल केन्द्रदेखि प्रदेश, जिल्ला हुँदै शाखाहरु सम्म बनेको छ ।

यसै बीच नेपाल पत्रकार महासंघ दाङको २० पदका लागि बुधबार सम्पन्न निर्वाचनमा ९५ प्रतिशत मत खसेको छ । कुल २ सय ७६ मतदाता रहेको महासंघको निर्वाचनमा ९५ दशमलव २८ प्रतिशत मत खसेको निर्वाचन समिति संयोजक सुदीप गौतमले जानकारी दिएका छन् । बिहान ९ बजेदेखि बेलुका ५ बजेसम्म भएको मतदानमा मतदाताको उत्साहजनक सहभागीता रहेको छ । २६औं अधिवेशनमार्फत तय भएको निर्वाचनमा दाङमा पहिलो मतदान नेपाल पत्रकार महासंघको केन्द्रिय अध्यक्ष पदका उम्मेदवार विपुल पोख्रेलले गरेका थिए ।

संयोजक गौतमका अनुसार कुल २७६ मतदातामध्ये २६३ जनाले मतदान गरेका छन् । मतदानमा १३ जना अनुस्थित भएका छन् । अनुस्थित हुनेहरुमा केही जिल्ला बाहिर रहेका, केही बिरामी भई उपचाररत रहेका र केही देश बाहिर रहेका छन् । यो अवस्था हेर्दा दाङमा शतप्रतिशत सरह मत खसेको मान्न सकिने नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनले बताए ।

अब मतगणना कार्य बिहीबार बिहान ८ बजेबाट हुने भएको छ । मत पेटिकालाई निर्वाचन समितिले मुचुल्का उठाई पर्यवेक्षक तथा सुरक्षाकर्मीको रोहबरमा महासंघमै राख्ने भएको छ । नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष प्रियासनले आगामी कार्यकालका लागि नेतृत्व चुन्न भएको निर्वाचनमा पत्रकारहरुको उत्साहजनक सहभागीता रहेको भन्दै सबैलाई आभार प्रकट गरेका छन् ।

जिल्लाको निर्वाचनमा दुईवटा प्यानलबीच प्रतिष्पर्धा भईरहेको छ । चुनावी मैदानमा प्रेस चौतारीको तर्फबाट दुर्गालाल केसीको नेतृत्व र प्रेस संगठन, प्रेस युनियन र प्रगतिशिल पत्रकार संघबाट लक्ष्मी आचार्यको समूह प्रतिस्पर्धामा छ । २० सदस्यीय कार्य समितिमा ४२ जनाको उम्मेदवारी परेको छ ।  जिल्लाबाट यस पटक प्रदेश र केन्द्रीय पदाधिकारीलाई मतदान गर्ने व्यवस्था मिलाइएको हुँदा यस पटकको निर्वाचन विगतभन्दा फरक अनुभूति गरिएको पत्रकारहरुले बताएका छन् । ४ वटा बेग्ला बेग्लै मत पत्रमा कुल ९६ जनालाई मतदान गर्ने गरी व्यवस्था मिलाइएकाले एक जना मतदातालाई मतदान गर्न कम्तिमा २० मिनेट लागेको थियो ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

नवलपरासी । जेठ मसान्तबाट कुनै पनि नदी तथा खोलाबाट नदीजन्य पदार्थ उत्खनन गर्न नपाइने कानुनी व्यवस्था भएता पनि साउनको पहिलो हप्तासम्म पनि तस्करी जारी रहेको छ । सरोकारवाला निकायहरू थाहा नपाएजस्तै मौन देखिएका छन् ।सुनवल नगरपालिका–११ अन्तर्गत पर्ने भुमही खोलाबाट दैनिक दिनदहाडै ढुङ्गा, मिस्कटलगायतका नदीजन्य सामग्रीहरूको तस्करी भइरहेको छ । तर, स्थानीय तहदेखि सुरक्षा निकायसम्म मौन छन् । विशेष […]

बाँके । नेपालगञ्ज,वडा नं. ८ शहरको मुटु मानिने महेन्द्र पार्क तथा मिनी चिडियाखानाको अवस्था दिनप्रतिदिन दयनीय बन्दै गएको छ। सार्वजनिक सरोकारको यो स्थलमा फोहोरको उचित व्यवस्थापन नहुँदा चिडियाखानामा रहेका जनावरहरू बिरामी हुने र मर्ने जोखिममा परेका छन्। पार्कभित्रको पोखरीमा पानी हरियो भएको, फोहर, लेदो र सडेगलेका वस्तुहरू खुला रूपमा देखिएको छ। पानीमा हरियो लेउ र […]

दाङको कोइलाबास भन्सार कार्यालयले आर्थिक वर्ष ८१/८२ मा लक्ष्य भन्दा बढी राजस्व संकलन दाङ । कोइलाबास एक मात्रै भन्सार नाका कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० लाख बढी राजस्व संकलन गरेको हो । गत आर्थिक वर्ष २०८१/०८२ का लागि १ करोड ६३ लाख छ हजार राजस्व संकलनको लक्ष्य पाएको कोइलाबास भन्सारले लक्ष्य भन्दा झण्डै १० […]

error: Content is protected !!