१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

सत्ताको आडमा मोबिन आलमले प्रहरी कार्यालय भित्र कुटे प्रहरीलाई

Logo
प्रकाशित आइतबार, बैशाख १९, २०७८

(रवि वर्णवाल)
बारा । प्रहरीलाई प्रहरी कार्यालयभित्रै हातपात गरे पनि कारबाही नगरिएका युवा संघका केन्द्रीय सचिव मोबिन आलम । श्रीमान परवेज आलम र श्रीमती नाजरा खातुनको जाहीरीको बारेमा थाहा पाउनको लागि जिल्ला प्रहरी कार्यालयको अगाडी धर्ना दिएका लिपनीका स्थानीयहरु ।

युवा संघ नेपालका केन्द्रीय सचिव मोबिन आलमले जिल्ला प्रहरी कार्यालय बारा कलैयाभित्र प्रहरी जवानहरुमाथि बिहीबार दिउँसो हातपात गरेका छन्।

डियुटीमा रहेको प्रहरीहरुमाथि हातपात गरे पछि बारा प्रहरीले आलमलाई सात घण्टा नियन्त्रणमा लिएर छाडेको छ।

मोबिनको काकाका छोरा नातामा पर्ने परवेज आलमले श्रीमती नाजरा खातुनविरुद्ध र नाजरा खातुनले श्रीमान परवेज र ससुरा कुटपिट गरेको भनी जिल्ला प्रहरी कार्यालयको महिला तथा बालबालिका सेवा केन्द्रमा दुबै पक्षले उजुरी दिएको थियो।

भाई र भाउजु बीचको झगडा मिलाउनको लागि मोबिन आलमले युवा संघका केही स्थानीय नेताहरुलाई लिएर जिल्ला प्रहरी कार्यालय बारामा पुगेका थिए।

लिपनीका सयौ संख्यामा महिला स्थानीयहरुले श्रीमान परवेज आलम र श्रीमती नाजरा खातुनको जाहीरीको बारेमा थाहा पाउनको लागि जिल्ला प्रहरी कार्यालयको अगाडी धर्ना समेत दिएका थिए।

परिवारको सदस्यविरुद्धमा परेको जाहिरीको विषयमा छलफल गर्न जिल्ला प्रहरी कार्यालय कलैयामा आलम प्रवेश गर्न खोज्दा गेटमा रहेका प्रहरी जवानहरुले गेटको ढोका खोल्न ढिलाई गरेका थिए।

गेटको ढोका खोलिए पछि आलम र गेटमा डियुटी गरि रहेका प्रहरी जवानहरुसँग बिवाद शुरु भएको थियो। बिवाद बढदै गए पछि आलमले प्रहरीहरु माथि नै हातपात गर्न शुरु गरेका बाराका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले बताएका छन्।

आलमले हातपात गरे पछि प्रहरीहरुले उनलाई नियन्त्रणमा लिएको र डियुटीमा खटेका प्रहरी जवानसँगको छलफल पछि आलमलाई छोडिएको गौतमले बताए।

प्रहरीमाथि हातपात गर्ने आलम संविधान सभा सदस्य नेजमा खातुन तथा एमालेका नेता महबुब आलमका छोरा हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नजिक रहेका आलमलाई बारा प्रहरीले प्रहरी कुटिए पनि कुनै मुद्दा नै नचलाई छोडिएको घटनाले प्रहरीहरुको निष्पक्षतामाथि नै प्रश्न उठेको छ। नागरिक दैनिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!