०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

सल्यानमा सुरु भयो पनि अक्सिजनको अभाव

Logo
प्रकाशित मंगलबार, बैशाख २१, २०७८

सल्यान । अस्पतालमा अक्सिजन अभाव भएको छ। कोरोना सङ्क्रमितको उपचार भइरहेको अस्पतालमा अक्सिजन अभाव भएपछि जटिलखालका कोरोना सङ्क्रमितहरु प्रभावित हुन थालेका छन्। अस्पतालमा रहेका १७ वटा अक्सिजन सिलिण्डरमध्ये १४ वटा प्रयोगमा आएकामा ती सिलिन्डरहरु पनि खाली भएपछि सङ्क्रमितहरुलाई अक्सिजन दिन बन्द गरिएको छ। अस्पतालमा भएका तीन वटा सिलिण्डरहरु बिग्रेको अस्पतालले जनाएको छ।

कोरोना सङ्क्रमितहरुलाई उच्च क्षमतामा अक्सिजन दिनुपर्ने भएकाले एकै दिनमा १० वटा सिलिन्डर सकिने गरेको स्वास्थ्यकर्मी बताउँछन्। हरेक २४ घण्टामा १० वटा सिलिन्डर सकिन्छन्, बाँकीले आठदेखि १० घण्टा धान्नुपर्छ। यतिबेला बिरामीहरुलाई पूरा समय अक्सिजन पुग्दैनु, अस्पतालका डा भिमकान्त जैसीले भने। अस्पतालमा सुर्खेतबाट अक्सिजन ढुवानी गर्नुपर्ने भएकाले सुर्खेत जान र आउन तथा सिलिण्डर भर्न समय लाग्ने हुँदा अक्सिजन समयमा पुर्‍याउन समस्या भइरहेको डा जैसीले बताए। अस्पतालमा थप १० वटा सिलिण्डर मात्रै भएको भए पनि केही राहत हुने उनको भनाइ छ।

अस्पतालमा भर्ना भएका अन्य बिरामीलाई समेत अक्सिजन दिनुपर्ने अवस्था रहेको डा प्रदीप शर्माले बताए। केही दिनअघि मात्रै अस्पतालमा अक्सिजन प्लान्ट मेसिन आएको छ। कर्णाली प्रदेशबाट मेसिन त आयो तर जडान गर्ने जनशक्ति नपठाउँदा त्यसै थन्किएको छ। अक्सिजन प्लान्ट सञ्चालनमा आएपछि भने काम गर्न सहज हुने शर्माको भनाइ छ।

यसैबीच सल्यान अस्पतालमा एन्टिजेन किट सकिएपछि कोरोना परीक्षण रोकिएको छ। एन्टिजेन विधिमार्फत अस्पतालमा गरिंदै आएको कोरोना परीक्षण हाललाई स्थगित गरिएको स्वास्थ सेवा कार्यालय सल्यानले जनाएको छ। किट कर्णाली प्रदेश सरकारले उपलब्ध गराउँदै आएपनि प्रदेशमै किट सकिएपछि पाउन नसकिएको स्वास्थ्य सेवा कार्यालय सल्यानका व्यवस्थापक दशरथ श्रेष्ठले बताए। एन्टिजेन नहुँदा पिसिआरबाट परीक्षण रिपोर्ट ढिला आउने देखिएको छ। पिसिआरका लागि २०० स्वाब सङ्कलन गरेर मात्रै सुर्खेत पठाइने हुँदा रिपोर्ट ढिला आउने भएको हो।

जिल्लाका स्थानीय तहहरुले कोरोना सङ्क्रमितहरुका लागि आइसोलेसनको व्यवस्था गरेपनि सङ्क्रमितहरु भने जिल्ला अस्पतालमै आउने गरेका छन्। सल्यानमा दुई जना कोरना सङ्क्रमितको आज मृत्यु भएको छ। मृत्यु हुनेमा बागचौर नगरपालिका­ ७ का ७० वर्षिय एक पुरुष र सिद्ध कुमाख गाउँपालिका­१ का ३३ वर्षिय पुरुषको मृत्यु भएको अस्पतालले जनाएको छ। यो सँगै सल्यानमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ। रासस

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र […]

कपिलवस्तु । महाराजगन्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञाबिच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । कपिलवस्तुमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा ४ जना घाइते,अहिले कर्फ्यु जारी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले दिएको जानकारी अनुसार युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको […]

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, […]

error: Content is protected !!