१६ आश्विन २०८३, शुक्रबार
02-10-2026 , Fri
×

कपिलवस्तुमा गोली हान्ने शंकास्पद ७ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

(ABC-Sanchar)
कपिलवस्तु । माओवादी केन्द्रका नेता दिपक पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा ७ जना पक्राउ पर्नु भएको छ । घटनामा संलग्न रहेको अभियोगमा कपिलवस्तु नगरपालिका(१ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक डिएसपी धर्मराज भण्डारीले बताउनु भयो ।

घटनास्थलबाट १ राउण्ड लाईभ बुलेट र १ थान चप्पल प्रहरीले बरामद गरेको डिएसपी भण्डारीले बताउनु भयो ।गएराती कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते हुनु भएको थियो । गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान र मोहम्मद इसाद खान घाइते हुनु भएको छ ।

लु ९प ८५२१ नम्बरको मोटरसाइकलमा दिपक पाण्डेसहित ३ जना जर्लैयाखोला बाट तौलिहवातिर आउँदै हुनुन्थ्यो । उहाँहरु सवार मोटरसाइकल मोहम्मद इसाद खानले चलाउनु भएको थियो ।दिपक पाण्डेलाई युनिभर्सल भेडिकल कजेल भैरहवामा उपचार भएरहेको छ । उएको बाँया कोखामा र पेटमा गोली लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । महानगरपालिकाले त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाहको प्रयास गरी उपचारका क्रममा निधन भएका गणेश नेपालीको घटनाप्रति गहिरो दुःख व्यक्त गरेको छ । महानगरपालिकाले मृतकका परिवारलाई मानवीय सहयोगसहित रोजगारी र बालबालिकालाई निःशुल्क शिक्षा दिने प्रक्रिया अघि बढाउने जनाएको छ । महानगरपालिकाका प्रवक्ता नविन मानन्धरद्वारा शुक्रबार राति जारी प्रेस विज्ञप्तिमा मुगु जिल्ला घर भई हाल भक्तपुर […]

बाँके । नेपालगन्ज २०६२-६३ काे दाेस्राे जनआन्दोलनमा ताेडफाेड गरेर फालिएकाे वीरेन्द्रको शालिक गएराति २ बजे राखिएकाे छ । धम्बाेझीचाेकमा वीरेन्द्रको शालिक राख्न राजावादीले निरन्तर दबाब दिइरहेका थिए । एक/दुई पटक जबरजस्ती राख्ने प्रयास भएकाे थियाे । जसलाई तत्कालीन सरकार समर्थित नेताहरुकाे निर्देशनमा प्रहरीले राेक्दै आएकाे थियाे । अहिले नेपालगन्ज उपमहानगरपालिकाकाे नेतृत्वमा राजाकाे शालिक पुनस्थापना गरिएकाे […]

बाँके । सशस्त्र प्रहरी बल नेपाल ३० नम्बर गण बागेश्वरी, बाँकेद्वारा चौलिका चेकपोस्टमा चेकजाँच गर्ने क्रममा ठूलो परिमाणको नगद बरामद गरेको छ। चौलिका चेकपोस्ट, सशस्त्र प्रहरी बल बाँकेले स्रोत नखुलेको नेपाली १६ लाख नगद बोकेका २ जना व्यक्ति इन्डियन गाडीसहित पक्राउ गरेको छ । सशस्त्र प्रहरीले भारतसँग जोडिएको सीमा क्षेत्रमा हुने अवैध कारोबार, हुण्डी, तस्करी […]