०६ जेठ २०८१, आइतबार
19-05-2024 , Sun
×

कपिलवस्तुमा गोली हान्ने शंकास्पद ७ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, जेठ ०६, २०७८

(ABC-Sanchar)
कपिलवस्तु । माओवादी केन्द्रका नेता दिपक पाण्डेमाथि गोली प्रहार गरेको आरोपमा ७ जना पक्राउ पर्नु भएको छ । घटनामा संलग्न रहेको अभियोगमा कपिलवस्तु नगरपालिका(१ नयाँ टोल बस्ने १९ वर्षीय राजेश नाउसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक डिएसपी धर्मराज भण्डारीले बताउनु भयो ।

घटनास्थलबाट १ राउण्ड लाईभ बुलेट र १ थान चप्पल प्रहरीले बरामद गरेको डिएसपी भण्डारीले बताउनु भयो ।गएराती कपिलवस्तु नागरपालिका–३ स्थित सडुवामा गोली लागेर माओवादी केन्द्रका जिल्ला नेता पाण्डे सहित दुईजना घाइते हुनु भएको थियो । गोली लागेर कपिलवस्तु घर भएका ३४ वर्षीय दिपक पाण्डे र भारत घर भएका २६ वर्षीय अयाज अख्तर मुसलमान र मोहम्मद इसाद खान घाइते हुनु भएको छ ।

लु ९प ८५२१ नम्बरको मोटरसाइकलमा दिपक पाण्डेसहित ३ जना जर्लैयाखोला बाट तौलिहवातिर आउँदै हुनुन्थ्यो । उहाँहरु सवार मोटरसाइकल मोहम्मद इसाद खानले चलाउनु भएको थियो ।दिपक पाण्डेलाई युनिभर्सल भेडिकल कजेल भैरहवामा उपचार भएरहेको छ । उएको बाँया कोखामा र पेटमा गोली लागेको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

(एबिसि संचार )                                                                बलात्कार मुद्दामा क्रिकेटर सन्दीप लामिछानेलाई उच्च अदालत पाटनले सफाइ दिएको छ। जिल्ला अदालत काठमाडौँले गरेको फैसला उल्टाउँदै उच्चले उनलाई सफाइ दिएको […]

(एबिसि संचार )                                                                सर्लाहीको मलंगवा नगरपालिका-८ गोरखकालीस्थित कवाडीको सामानहरू राखिएको स्थानबाट ५३ राउण्ड गोली बरामद भएको छ । बिहीबार बिहान प्रहरीले उक्त गोली बरामद […]

(एबिसि संचार )                                                              नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ । निगमले सोमबार बिहानदेखि लागु हुने गरी पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँले बढाएको हो ।इण्डियन आयल […]