१३ आषाढ २०८३, शनिबार
27-06-2026 , Sat
×

प्रहरीमाथि व्यापारीबाट कुटपिट ३ प्रहरी घाईते १० जना पक्राउ अन्य फरार

Logo
प्रकाशित आइतबार, जेठ ०९, २०७८

(रवि वर्णवाल)
वीरगन्ज । जारी निषेधाज्ञालाई अवज्ञा गर्दै मुर्ली पोखरीमा माछा बेच्ने व्यपारीहरुले प्रहरीलाई कुटपिट गरी घाईते बनाएका छन ।

शुक्रबार साँझ व्यापारीको कुटपिटबाट प्रहरी जवान अरबिन्दर कुशवाहा, सिकेन्द्र साह र देवीलाल साह घाईते भएका छन ।

व्यपारिको कुटपिटबाट प्रहरी जवान कुशवाहा गम्भिर घाईते भएका छन । घाईते प्रहरीको तराई हस्पिटलमा उपचार पश्चात वडा प्रहरी कार्यालयमा राखिएको श्रीपुरका प्रहरी निरिक्षक दिनेश गौतमले जानकारी दिनुभयो ।

कुटपिटमा संग्लन भएको आरोपमा प्रहरीले दुई स्थानिय सहित १० जना व्यपारीलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रमुख एसपी बेल बहादुर पाण्डेले जानकारी दिनुभएको छ ।

उहाँले घटनाबारे अनुशन्धान भईरहेको र दोषीमाथि हदै सम्मको कारवाही गर्ने जानकारी दिुनभयो । शुक्रबार साँझ प्रहरीले भिडभाड नगर्न व्यपारीलाई सम्झाउदा उल्टै उनीहरु प्रहरीमाथि ढुङ्गामुडा गर्न थालेका थिए । थौरे संख्यामा रहेका प्रहरीमाथि व्यपारिहरु एक्कासी आक्रमण गर्न थालेपछि स्थानियहरु प्रहरी माथि जाईलागेका थिए ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

बाँके । नेपाल-भारत सीमा नाका जमुनाहा गाउँ क्षेत्रमा बाख्रा तस्करी गर्ने समूहले सशस्त्र प्रहरी बल नेपालको गस्ती टोलीमाथि बोतल प्रहार गरेपछि १ जनालाई पक्राउ गरिएको छ। *के भयो:* सशस्त्र प्रहरी बलको टोलीले गस्तीका क्रममा भारतबाट अवैध रूपमा बाख्रा भित्र्याउँदै गरेको समूहलाई रोकेको थियो। चेकिङका क्रममा तस्कर समूहले प्रहरीलाई लक्षित गरेर बोतल प्रहार गरेपछि झडपको अवस्था […]

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकारले ट्रेड युनियन, प्रेस स्वतन्त्रता र लोकतान्त्रिक संस्थाहरूमाथि आक्रमण गरिरहेको आरोप लगाएका छन्। प्रतिनिधिसभामा सम्बोधन गर्दै प्रचण्डले सरकारको संख्याको दम्भमा विधि मिच्ने, अध्यादेशमार्फत शासन गर्ने, संसद छल्ने र प्रतिशोधपूर्ण धरपकड गर्ने शैलीको कडा आलोचना गरे। ट्रेड युनियनमाथि हमला नगर्न चेतावनी प्रचण्डले ट्रेड युनियनलाई […]

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेमा प्रहरी प्रमुख एसपी अंगुर जिसी सरुवा भएर आएपछि जमुनाह नाका क्षेत्रका ‘ठूला तस्कर’ भनिने बर्कत भोइकी भारततिर भागेको चर्चा छ । बाँके जिल्ला नेपालगन्ज-रूपैडिहा नाकामा हुने अवैध समानहरु ओसारपसार,तस्करीमा उनिहरुको नाम लामो समयदेखि जोडिँदै आएको थियो । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रबक्ता एवं सूचना अधिकारी डिएसपी दिपक पातलीले […]

error: Content is protected !!