२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

औषधि पसल भित्र कुटपिट गर्ने DSP माथी छानबिन SP प्रसाईंको संयोजकत्वमा

Logo
प्रकाशित बिहिबार, जेठ १३, २०७८

ABC (क्राईमबिट)
बिरगंज । जनकपुरधाम पर्सामा सर्जिकल पसल भित्रै पसेर प्रहरी नायव उपरीक्षकले कर्मचारी २१ वर्षीय अफ्रोज अहमदलाई कुटेका थिए।कुटपिट गरेको घटनाको अनुसन्धानका लागि प्रदेश २ प्रहरी कार्यालयले छानविन समिति गठन गरेको छ। प्रदेशका प्रहरी प्रमुख डिआइजी धिरज प्रताप सिंहले सर्जिकल पसलमा भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन्। उनले घटनाको छानविनका लागि तीन सदस्यीय समिती गठन गरिएको जानकारी दिए।

घटनाको छानविनका लागि प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक कृष्ण प्रसाईको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरिएको छ। ‘निषेधाज्ञा पालन गराउने क्रममा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटेको प्रहरी टोलीले पसल सञ्चालकसँग गरेको गैर व्यवसायीक व्यवहार सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। अनुसन्धान कार्य सुरु भएको छ। अनुसन्धानको क्रममा प्रहरी अधिकारी दोषी देखिएमा नियमावली बमोजिम कारबाही हुन्छ’, प्रदेश २ प्रहरी प्रमुख सिंहले भने।

बुधबार बिहान १०ः२१ मा वीरगन्ज महानगरपालिका वडा नम्बर ८ स्थित पानीट्याङ्की ब्यारेक पछाडि रहेको प्याथो सर्जिकल हाउसमा पसेर डिएसपी कार्कीले सर्जिकल पसलका कर्मचारीलाई कुटेका थिए।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!