२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

गृह मन्त्रालयको प्रस्ताव उल्टाउँदै प्रहरीका ४ एआईजीको सरुवा

Logo
प्रकाशित शुक्रबार, आषाढ २५, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । सरकारले नेपाल प्रहरीका चार अतिरिक्त महानिरिक्षक एआईजीको सरुवा गर्दै विहीबार मात्र बढुवा गरेका एक जनाको पदस्थापन गरेको छ।

स्रोतका अनुसार सरकारले हरिबहादुर पाललाई प्रहरीको कार्य विभागका सरुवा गरेको छ। यस्तै निरज शाही अपराध अनुन्धान विभाग, महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा प्रद्युम्न कार्कीलाई सरुवा गरेको छ।

एआईजी विश्वराज पोखरेललाई प्रहरी प्रशिक्षण प्रतिष्ठानको प्रमुख बनाएको छ भने मानव स्रोत शाखामा सहकुल थापालाई पदस्थापन गरेको बताइएको छ।

विहीबारको मन्त्रिपरिषद बैठकमा पुगेको उक्त प्रस्तावलाई निर्णयसहित कार्यान्वयनको तयारी गरिएको छ।
यसअघि गृह मन्त्रालयले भने एआईजीहरुमा थापालाई अपराध अनुसन्धान विभागमा पदस्थापनको प्रस्ताव गरेको थियो। यस्तै, महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुखमा शाही मानव श्रोत तथा प्रशासन विभागमा पोखरेल र कार्य विभागमा कार्कीलाई प्रस्ताव गरिको थियो।
तर मन्त्रिपरिषदको बैठले गृहको प्रस्तावलाई उल्टाएको हो। महेन्द्रनगर-पोस्टबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!