२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

इन्सपेक्टर वाग्लेको रहस्यमय मृत्यु लुम्बिनी प्रदेश डिआइजी आचार्य मुछिए

Logo
प्रकाशित शुक्रबार, साउन २९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाली काँग्रेसका सांसद देवेन्द्रराज कँडेलले लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी मुकुन्दराज आचार्यलाई कारवाही गर्न माग गरेका छन् । २०७८ साउन २८ गते बिहीबार प्रतिनिधि सभाको बैठकमा बोल्दै इलाका प्रहरी कार्यालय नवलपरासी बर्दघाटका प्रहरी निरीक्षक कपिल वाग्लेको मृत्युको कारक भएको र भ्रष्टाचार निवारण ऐन २०६९ को दफा २ क ७१८ बमोजिम भ्रष्टाचार हुने कसुर समेत गरेको भन्दै कारवाही गर्न माग गरेका हुन् ।

प्रतिनिधिसभाको बैठकमा सांसद कँडेलले व्यक्त गरेको घटना विवरण:

साउन २३ गते नवलपरासी पश्चिम बर्दघाटमा प्रहरी चेकजाँचका क्रममा ५ सय ९५ थाम मोबाइल सहित २ जनालाई पक्राउ गरेको थियो । प्रदेश नम्बर ३ ०१ ०२३ च ५५४४ को सेतो पिकअपमा उनीहरुले अवैध मोबाइल तस्करी गरेर ल्याएका थिए । उनीहरुलाई इलाका प्रहरी कार्यालय बर्दघाटमा आवश्यक कारवाहीका लागि राखिन्छ । चोरी पैठारी गरेको ल्याएको मोबाइल र सवारी साधानलाई महेशपुर भन्सार पठाउने प्रक्रिया पूरा नहुँदै ३ घण्टापछि पक्राउ व्यक्तिलाई छाडिएको थियो ।

प्रहरीले छोडेपछि लुम्बिनी प्रदेशको सिमाना काट्दै दाउन्ने हुँदै गण्डकी प्रदेशको दुम्कीबासमा इलाका प्रहरी कार्यालय कावासोतीले चेकजाँच गर्ने क्रममा अघिल्लो दिन बर्दघाट प्रहरीले छोडिदिएको मोबाइलसहित २ जना पक्राउ पर्छन् ।

जिल्ला प्रहरी कार्यालय कावासोतीले सोधपुछ गर्दा घुमुवा प्रहरी सञ्जीव धमलाको बर्दघाट बाणिज्य बैंकको खातामा १३ लाख रुपैयाँ बुझाएपछि छाड्ने निर्देशन आएपछि छाडिएको बताउँछन् । घटना सार्वजनिक भएपछि ती प्रहरी जवानलाई निलम्बन गरियो । साउन २२ गते जिल्ला प्रहरी कार्यालय कावासोतीले कानुनी प्रक्रिया पूरा गरी पक्राउ गरिएका सामान र व्यक्तिलाई महेशपुर भन्सारमा बुझाएको थियो ।

पक्राउ गरिएको मोबाइलको मूल्य १ करोड ३३ लाख मूल्याङकन गरिएको छ । लुम्बिनी प्रदेशका प्रहरी प्रमुख डिआइजी मुकुन्द आचार्यले नवलपरासी जिल्ला प्रहरी कार्यालयमा एसपी भई काम गरेको अनुभव पनि रहेको छ । उनले आफू मातहत रहेका प्रहरी चौकीबाट मासिक निश्चित रकम उठाउने गरेको सांसद कँडेलले दावी गरे ।

बर्दघाट इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक कपिल वाग्लेले ८ वर्षसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा काम गरेको र ८ वठा पुरस्कार पाएको कँडेलले बताए । वाग्लेले बर्दघाट क्षेत्रमा हुने चोरी पैठारी रोकी १ करोड १७ लाख राजस्व दाखिला गरेका कर्तव्यनिष्ठ इमान्दार प्रहरी भएको उल्लेख गरे ।

साउन २१ गते घुस लिएर मोबाइल छाडेको बिषय कसरी सार्वजनिक गरेको भनेर प्रहरी निरीक्षक वाग्लेमाथि माथिल्लो तहबाट मानसिक यातना दिएको र २०७८ साउन २५ गते आफ्नो निलम्बनको पत्र आएपछि साँझ ६ बजेपछि आफ्ना मातहतका प्रहरीलाई जम्मा पारेर उनले–‘आफैले निर्देशन दिएर छोडाउने, अनि पछि मलाई नै फसाउने, कसैमाथि विश्वास गर्नुहुँदैन भाइहरू’ भनेर साँझ साढे ७ बजे कालो रंगको ब्याग लिई प्रहरी कार्यालयबाट निस्किएका थिए ।

प्रहरी कार्यालयबाट २ सय मिटर अगाडि राजमार्ग पुगेपछि लु १४ प ८७५८ निलो रंगको पल्सर बाइकको ठक्करबाट उनको निधन भएको सांसद कँडेलले सदनमा जानकारी गराए । उनले २२ वर्ष प्रहरीमा सेवा गरेको इमान्दार प्रहरी भएको बताउँदै उनको लागि न्यायको माग गरे ।

सांसद कँडेलले मानसिक तनावमा रहेका उनले बाटो काट्दा सवारी दुर्घटनाबाट मृत्यु भएको देखिए पनि लुम्बिनी प्रदेश प्रमुख आचार्यले दिएको तनावका कारण मानसिक सन्तुलन गुमाई प्रहरी निरिक्षक वाग्लेको ज्यान गएको दावी गरे ।

उनले मुलुकी अपराध संहिता २०७४ को दफा १ सय ८५ को कसुर र तस्करी समेतको कसुरमा तत्काल निलम्बन गरी उच्चस्तरीय छानविन गरी तस्करी, आर्थिक लेनदेन समेतको कल डिटेल निकाली कारवाहीका लागि उच्चस्तरीय छानविन समिति बनाउन सभामुख सापकोटालाई आग्रह गरे ।
सुरक्षा न्युजबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!