१२ चैत्र २०८२, बिहिबार
26-03-2026 , Thu
×

बर्दिया प्रहरीले सयौं बर्ष पुरानो बुद्धको मुर्तिसहित ५ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र ०३, २०७८

ABC (क्राईमबिट)
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले पुरातत्विक वस्तु सहित
५ जना पक्राउ गरेको छ।
भदौ २ गते बर्दियाको गुलरिया ७ विजया गेस्ट हाउसबाट उनीहरू पक्राउ परेका हुन् । केही मानिसहरुले पुरातत्विक वस्तु (सयौं वर्ष पुरानो बहु मुल्य धातुको बुद्धको मुर्ति) करोडौं रुपैयाँमा किनबेच गरिरहेका छन् भन्ने सुचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिई गई विजया होटलको कोठा नं. ३२८ मा चेकजाँच गर्दा किनबेच गर्ने उद्देश्यले राखिएको बुद्धको मुर्ति सहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिनुभएको छ ।
पक्राउ गरिएका मानिसहरुमा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४० को निराजन उप्रेती, जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नं. १ बस्ने वर्ष ३४ को उज्वल रोकाय, ऐ.ऐ. वडा नं. ९ बस्ने वर्ष ३४ को अमृत राई, जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ९ बस्ने वर्ष ३२ को ईश्वरी प्रसाद उपाध्याय, जिल्ला जाजरकोट बारेकोट गाउँपालिका वडा नं. २ बस्ने वर्ष २९ को मग बहादुर नेपाली रहेका छन् ।
बरामद गरिएको पुरातत्विक वस्तुको तौल ७ किलो ७०२ ग्राम तौल, उचाई ९.५ ईन्च भएको बुद्दको मुर्ति थान १ रहेको बर्दिया प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

सुर्खेत । सुर्खेतकी इनिशा विक बलात्कार तथा हत्याबारे प्रहरीले थालेको अनुसन्धान सकाएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले इनिशाको बलात्कारपछि हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान सकेर प्रतिवेदन जिल्ला सरकारी वकिल कार्यालयमा बुझाएको सुर्खेत प्रहरी प्रमुख एसपी सुधीर शाहीले जानकारी दिए । वीरेन्द्रनगर नगरपालिका–१ निवासी इनिशा गत २३ फागुनमा वीरेन्द्रनगर–४ स्थित जनजागरण सामुदायिक वनमा अचेत अवस्थामा […]

कपिलवस्तु । जिल्ला प्रशासन कार्यालय, कपिलवस्तुले शान्ति–सुरक्षाको अवस्था सामान्य बन्दै गएपछि निषेधाज्ञा हटाएको हो । प्रशासनले एक सूचना जारी गर्दै जिल्ला सुरक्षा समितिको आज बसेको बैठकको निर्णयअनुसार निषेधाज्ञा हटाइएको जानकारी दिएको छ । ‘शान्ति सुरक्षाको अवस्था सामान्यीकरण गर्न तथा नागरिकको जीवनयापन सहज बनाउनुपर्ने भएकोले जिल्ला सुरक्षा समितिको मिति २०८२–१२–१० गतेको निर्णयानुसार मिति २०८२–१२–१० गते बिहान […]

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र […]

error: Content is protected !!