२० मंसिर २०८२, शनिबार
06-12-2025 , Sat
×

बर्दिया प्रहरीले सयौं बर्ष पुरानो बुद्धको मुर्तिसहित ५ जना पक्राउ

Logo
प्रकाशित बिहिबार, भाद्र ०३, २०७८

ABC (क्राईमबिट)
बर्दिया । जिल्ला प्रहरी कार्यालय बर्दियाले पुरातत्विक वस्तु सहित
५ जना पक्राउ गरेको छ।
भदौ २ गते बर्दियाको गुलरिया ७ विजया गेस्ट हाउसबाट उनीहरू पक्राउ परेका हुन् । केही मानिसहरुले पुरातत्विक वस्तु (सयौं वर्ष पुरानो बहु मुल्य धातुको बुद्धको मुर्ति) करोडौं रुपैयाँमा किनबेच गरिरहेका छन् भन्ने सुचनाको आधारमा उनीहरूलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली खटिई गई विजया होटलको कोठा नं. ३२८ मा चेकजाँच गर्दा किनबेच गर्ने उद्देश्यले राखिएको बुद्धको मुर्ति सहित उनीहरूलाई पक्राउ गरी अनुसन्धान कार्य अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी प्रमुख एसपी ईश्वर कार्कीले जानकारी दिनुभएको छ ।
पक्राउ गरिएका मानिसहरुमा जिल्ला बर्दिया गुलरिया नगरपालिका वडा नं. ७ बस्ने वर्ष ४० को निराजन उप्रेती, जिल्ला बर्दिया मधुबन नगरपालिका वडा नं. १ बस्ने वर्ष ३४ को उज्वल रोकाय, ऐ.ऐ. वडा नं. ९ बस्ने वर्ष ३४ को अमृत राई, जिल्ला बर्दिया ठाकुरबाबा नगरपालिका वडा नं. ९ बस्ने वर्ष ३२ को ईश्वरी प्रसाद उपाध्याय, जिल्ला जाजरकोट बारेकोट गाउँपालिका वडा नं. २ बस्ने वर्ष २९ को मग बहादुर नेपाली रहेका छन् ।
बरामद गरिएको पुरातत्विक वस्तुको तौल ७ किलो ७०२ ग्राम तौल, उचाई ९.५ ईन्च भएको बुद्दको मुर्ति थान १ रहेको बर्दिया प्रहरी प्रमुख एसपी कार्कीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

दाङ । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी गाउँपालिका वडा नं १, तादी स्थायी घर भएका स्वर्गीय काञ्छा तामाङका माहिलो छोरा (रसोज तामाङ) फरकफरक समयमा देशका अनेकौं होटलहरुमा ठगीधन्दा गर्दै र भाग्दै लुक्दै हिँड्ने (नामूद ठग) रसोज तामाङले गरेका ठगीको सूची एबिसी संचारको भन्डाफोर टिमलाई प्राप्त भएको छ । विगतमा आफूलाई एबिसीकाे स्टाफ बताउँदै रसोज तामाङले […]

काठमाडौं । बागमती प्रदेश नुवाकोट जिल्ला उर्लेनी वडा नम्बर १, तादी गाउँपालिका निवासी स्वर्गीय कान्छा तामाङका माहिलो छोरा रसोज तामाङले दाङ र नेपालगन्जबाट विभिन्न दर्जनौं ब्यक्तीहरुबाट सुनका गरगहनासहित झण्डै ५५ लाख रुपैयाँ बराबरको रकम ठगी गरेर फरार रहेका छ्न । कसरी गरे रसोज तामाङले यति ठूलो ठगी ? देशका विभिन्न जिल्लामा यसरी ठगीको धन्दा गर्दै […]

  पोखरा । कास्की जिल्ला अदालतले ६५ लाख धरौटीमा छाड्ने आदेश दिएसँगै रास्वपाका समर्थकहरू खुसियाली मनाउन थालेका छन् । रास्वपाका समर्थकहरू जिल्ला अदालत बाहिर उत्साहित देखिएका छन् । सूर्यदर्शन सहकारीका सबै आरोपितहरूसँग धरौटी माग गरिएको छ । सभापति रवि लामिछानेसँग ६५ लाख, छविलाल जोशीसँग ८८ लाख, रामबहादुर खनालसँग १५ लाख, लिला पछाईसँग ३७ लाख, आरती […]

error: Content is protected !!