२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

नेपाल प्रहरीको लेखापाल सरुवामा गृहमन्त्रीको लिष्टले आईजीपीलाई तनाब

Logo
प्रकाशित बुधबार, भाद्र ०९, २०७८

ABC (क्राईमबिट)
काठमाडौं । नेपाल प्रहरीको लेखापालको सरुवा रोकिदा संगठनमै समस्या आएको छ । समयमा सरुवा नहुँदा कतिपय कार्यालयका प्रहरीले तलब समेत पाउन सकेका छैनन् । सरुवामा गृह मन्त्रालय र प्रहरी प्रधान कार्यालयबीच कुरा नमिल्दा विवाद भएको स्रोत बताउँछ ।

कांग्रेस निकट केही लेखापालहरुले संगठनको नीति विपरीत आफ्नो सरुवामा दबाब दिएपछि विवाद भएको बताइन्छ । मन्त्री बालकृष्ण खाणले नयाँ इन्ट्री भएका लेखापाललाई पनि जिल्ला पठाउनुपर्ने, जिल्लामा रहेकालाई एक वर्षमै हटाउनुपर्ने र ६ वर्ष पुगेकालाई पनि लेखापालमै खटाउनुपर्ने दबाब दिएको गृह स्रोत बताउँछ । जसप्रति प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले असहमति जनाएका छन् ।

प्रहरीमा लेखापालको अवधि दुई वर्षको हुन्छ । तर, गृहमन्त्रीले एक वर्षमै सरुवा गर्नुपर्ने बताएपछि प्रहरीमा हंगामा मच्चिएको छ । अझ भर्खरै तालिम गरेकालाई सिधैं जिल्ला पठाउन भनिएको छ । ६ वर्ष लेखापालमा बसेर अकुत कमाएकाहरुले पैसा उठाएर फेरि पनि लेखापालमै बस्ने प्रयास गरिरहेका छन् । गृहमन्त्रीले नयाँ र भ्रष्ट अधिकृतहरुलाई महत्वपूर्ण जिल्लामा पठाउन भन्दै लिष्ट दिएपछि प्रहरी महानिरीक्षक क्षेत्री तनावमा परेको चर्चा प्रहरी प्रधान कार्यालयमा छ । यसरी लेखाको नीतिकै धज्जी उडाएर सरुवा भए आफु बदनाम हुने डर उनको छ । दृष्टि साप्ताहिकबाट

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!