२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

कोहलपुर डिएसपी खनालको सक्रियतामा गुण्डा नाईके सन्ते सहितको ३ जना समुह पक्राउ

Logo
प्रकाशित बुधबार, भाद्र ०९, २०७८


ABC (क्राईमबिट)
बाँके । ईलाका प्रहरी कार्यालय कोहलपुर बाँकेले गुण्डा नाईके ‘सन्ते’ सहितको समुहलाई सुर्खेतबाट पक्राउ गरि सार्वजनिक गरेको छ ।गुण्डा नाईके ‘सन्ते’ सहित २ जनालाई सुर्खेतको बिरेन्द्रनगर नगरपालिका २ कालागाउँ भन्ने स्थानमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गर्न सफल भएको पत्रकार सम्मेलन मार्फत   जानकारी दिईएको छ । बाँकेको नेपालगञ्ज उप–महानगरपालिका २० थपुवा बस्ने १७ वर्षिय पुरन बि.क. र १८ वर्षिय टेक बहादुर बि.क. लाई आ–आफ्नो घरको कोठामा सुतिरहेको अवस्थामा निर्घात रुपमा कुटपिट गरेको अभियोगमा गुण्डा नाईके ‘सन्ते’ भनिने बसन्त रावत लगायतको समुहलाई पक्राउ गरिएको हो । उनीसहितको १०/१२ जनाको टोलिले गत साउन २४ गते राती २ बजेको समयमा सोही वडाको नयाँ बस्ती थपुवाका द्धोय बि.क. माथि आक्रमण गरेका थिए । उनीहरुले खुँडा, खुकुरी तरबार र भाला लगायतका घरेलु हतियार साथमा लिई ज्यान मार्ने उद्देश्यले निर्घात रुपमा कुटपिट गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरका प्रहरी प्रमुख डिएसपी रविन्द्र खनालले घटनामा संलग्न अन्य ४ जनालाई यस अघि नै पक्राउ गरि नियन्त्रणमा लिई अनुसन्धान भैरहेको खनालले बताउनु भयो। सोही अभियोगमा गुण्डा नाईके ‘सन्ते’ सहित उनका अन्य सहयोगीहरु २० वर्षिय प्रकाश बुढा तथा २० वर्षिय नविन थापा पनि पक्राउ परेका छन् । उनीसहितको समुहले नयाँ बस्ती थपुवाका द्धोय बि.क.लाई घरभित्रबाट लतार्दै बाहिर निकाली शरिरका संवेदनशिल भागमा धारिलो हतियार प्रहार गरेर मरासन्न अवस्थामा झाडिमा फालेर भागेको डिएसपी खनालले बताउनु भयो।

उहाका अनुसार घटनाका मुख्य नाइके ‘सन्ते’ सहित अन्य फरार रहेकोमा तीन जनालाई कोहलपुरबाट खटिएको सादा पोशाकको प्रहरी टोलिले सुर्खेतमा लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको थियो । प्रहरी कार्यालय कोहलपुरबाट सादा पोषाकमा परीचालित प्रहरीको टोलीले विभिन्न सुराक, फोन कल लोकेशन समेतको माध्यम प्रयोग गरि भारत तथा नेपालका विभिन्न स्थानमा खोज तलास गरेको थियो । उनीहरुको कुटपिट पछि नाईके सन्ते विदेश जान भन्दै काठमाण्डौ समेत पुगेका थिए । प्रहरीले रिर्पाेटमा अपराधिक गतिविधिमा संलग्न देखिएपछि उनको भिसा समेत रद्ध भएको डिएसपी खनालले जानकारी दिए । अभियुक्तहरुको अनुसन्धान भैरहेको कोहलपुर प्रहरी प्रमुख डिएसपी खनालले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!