२७ बैशाख २०८३, आइतबार
10-05-2026 , Sun
×

अस्पतालले बच्चा सातेको आरोप डिएनए टेस्टका लागि काठमाडौं पठाउने तयारी

Logo
प्रकाशित बिहिबार, भाद्र १०, २०७८

(ABC-Sanchar)
बाँके । नेपालगन्ज भेरी अस्पताल फेरी विवादित बनेको छ । यतिबेला भेरी अस्पतालमा बच्चा साटिएको आरोपमा पुन: बिवादित बन्न पुगेको छ ।

भेरी अस्पतालका लागि यो कुनै नौलो विवाद पनि होईन ! बेलाबखतमा नयाँ विवाद उत्पन्न भईरहेकै हुन्छ, यस्तो अस्पतालमा आउने सेवाग्राहीले बताउँछन् ।

अहिले भेरी अस्पतालमा ९ दिन अघि जन्मिएको बच्चालाई सिमलघारी निवासी गोबिन्द बि.क.को भदौ ९ गतेका दिनमा जन्मिएको बच्चा संग साटेर तपाईंको बच्चा मर्यो भनी बच्चाका आफन्तहरुलाई अस्पतालको प्रशासनले जिम्मा लगाएको पिडितको आरोप छ । बच्चालाई अन्तिम संस्कारका लागि बाँके—बर्दियाको सिमाना मानखोलाको किनारमा लैजादा बच्चाको हातमा गिता थारु नाम लखेको देखे पछि अस्पतालमा यतिबेला भने तनाव ग्रस्त अवस्था छ ।

भेरी अस्पतालमा भएको यो घटनाले अन्य स्वास्थ्यकर्मीहरुको क्षबिमा समेत प्रहार भएको र स्वास्थ्यकर्मि माथी पनि प्रश्न चिन्ह ? खडा भएको छ । उक्त घट्ना घटाउनु एउटा आमाको ममता माथी नै खेलवाड गरिएको पिडित आमाले बताएकी छन । पिडित आमा भक्कानिएर रुदै दोषी माथी हदँैसम्म कारबाहीको माग समेत गरकी छन ।

गएराती करिब १० बजे देखि १२ बजे सम्मको समयमा जिल्ला प्रहरी कार्यालयका एसपी स्याम कृष्ण अधिकारी र उक्त अस्पतालका सुपरिटेन्डेन्ट प्रकाश थापा, डाक्टर संकेत रिसाल लगायत अन्य स्वास्थ्य कर्मी र पीडित पक्षबीच वार्ता हुैदँगर्दा भेरी अस्पतालका भेरीका सुपरिटेन्डेन्ट प्रकाश थापाले मृत बच्चा माथी ट्याग लगाउने क्रममा अस्पतालमा कार्यरत स्टाफ नर्सबाट गलती भएको स्वीकार गरेका थिए भने मृत बच्चा कसको हो भनी हाल आफुहरुले डिएनए टेस्ट नगरे सम्म बताउन नसक्ने स्पष्ट पारेका छन ।

बिहान ८ बजे मृत बच्चालाई डिएनए टेस्टका लागि आफुहरुले काठमाडौं पठाउने र उक्त डिएनएको रिपोर्ट आइसकेपछि मात्र बच्चा कसको हो भन्ने थाहा हुने थापाले बताए ।

रातीको समयमा दोषीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने आवाज उठेपछि प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीको कमान्डमा खटिएको प्रहरीले रातीको समयमा आफुहरुले दोषी माथी कारबाही गर्न नसकिने बताउदै दुई जनालाई अस्पतालमा कुर्वा बसिदिन र अन्य पीडितका आफन्तहरुलाई आआफ्नो घरमा जानलाई आग्रह गरेका थिए । घटना समाधान गर्न बिहिबार बिहान अस्पताल प्रशासन र विक दम्पत्ती बीच छलफल राखिएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

कपिलवस्तु । *घटना विवरण:* – *स्थान*: पूर्व–पश्चिम राजमार्ग, शिवराज नगरपालिका, कपिलवस्तु – *मिति*: हालै – *सवारी*: ना ५ ख २३६४ नम्बरको ट्रक – *बरामद*: लुकाइछिपाइ ल्याइएका २० वटा गोरु *पक्राउ परेका:* 1. ट्रक चालक विजय कुमार महतो – मोरङ 2. खड्ग बहादुर दाहाल – झापा *कारबाही:* कपिलवस्तु प्रहरीले चेकजाँचका क्रममा ट्रक नियन्त्रणमा लिएर दुवै जनालाई […]

कास्की । पोखरामा बालिकालाई ललाई-फकाई गरी सुनका मुन्द्रा चोरी गर्ने एक महिलालाई कास्की प्रहरीले पक्राउ गरेको छ। के भएको थियो ? गत वैशाख ६ गते पोखरा–२५ हेम्जामा एक ६ वर्षीया बालिकालाई “म तिम्रो ममीको साथी हुँ” भन्दै झुक्याएर, जुस र आइसक्रिम खुवाई कानमा लगाएको करिब १ लाख मूल्य बराबरको सुनको मुन्द्रा लिएर एक महिला फरार […]

  बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो । बाँके प्रहरीले सामाजिक अभियन्ता बताउने नेपालगञ्जकी रुबी खानलाई सार्वजनिक शान्ति विरुद्धको कसुरमा पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार उनलाई मंगलबार दिउँसो नियन्त्रणमा लिइएको हो। प्रहरीका अनुसार खानले भ्रामक अभिव्यक्ति दिने, सर्वसाधारणलाई उक्साउने तथा जिम्मेवार प्रहरी अधिकृत तथा पीडितमाथि […]

error: Content is protected !!