०८ चैत्र २०८२, आइतबार
22-03-2026 , Sun
×

नेपालगन्जमा पुलिस र पत्रकारको नाम दुरुपयोग गरेर पैसा असुली गर्ने २ जना पक्राउ

Logo
प्रकाशित आइतबार, भाद्र १३, २०७८

ABC (क्राईमबिट)
बाँके । जिल्ला प्रहारी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलिले प्रहरी र पत्रकारको नाम दुरुपयोग गरेर पैसा असुली गर्ने २ जना पक्राउ गरेको छ । नेपालगन्ज उपमहानगरपालिका ८ बस्ने ३० वर्षीय अब्दुल जोलाहा र कैलाली धनगडी घर भएका हाल महेन्द्र बहुमुखी क्याम्पसको होस्टेलमा बस्ने २६ बर्षका महेशसिंह ऐरीलाई प्रहरीले पक्राउ गरेको हो ।

क्याम्पस नजिकै अटो रिक्सा रोकेर कहिले पुलिस कहिले पत्रकार भन्दै उनीहरुले असुली गर्दै आएका थिए । त्यही क्रममा जिल्ला प्रहरी बाँकेको टोलीले उनलाई पक्राउ गरेको हो । उनीहरु लागुपदार्थ दुव्र्यसनीकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
उनीहरु यसअघि पनि पक्राउ परेका थिए । उनीहरुमाथि थप अनुसन्धान भइरहेको बाँके प्रहरी प्रमुख एसपी श्याम कृष्ण अधिकारीले जानकारी दिनुभएको छ ।

कमेन्ट गर्नुहोस्
सम्बन्धित

काठमाडौं । प्रहरी र सेनालाई फागुन २४ मा जेनजी आन्दोलनको छानबिन प्रतिवेदन बुझाएपछि आयोगका सदस्य विज्ञानराज शर्मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आयुक्त बन्ने चलखेलमा लागेका छन् ।आयोगमा बसेर काम गर्दा अन्य पदाधिकारीले भन्दा धेरै चलखेल गरेको आरोप शर्मा माथि लागेको छ । खासगरी प्रहरी र सशस्त्रका उच्च अधिकृतहरु माथि शर्माले पूर्वाग्रह राखेर विभागीय कारवाही र […]

कपिलवस्तु । महाराजगन्ज बर्गदवा क्षेत्रमा अनिश्चितकालीन निषेधाज्ञाबिच स्थानीय युवाहरूले हुलाकी मार्गमा टायर बालेर प्रदर्शन गरेपछि प्रहरीले हस्तक्षेप गर्दा झडप भएको छ । कपिलवस्तुमा स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा ४ जना घाइते,अहिले कर्फ्यु जारी, जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका एसपी सन्तोष आचार्यले दिएको जानकारी अनुसार युवाहरूले प्रहरीलाई अवरोध गर्ने क्रममा झडप भएपछि हवाई फायर गर्नुपरेको […]

बाँके । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको गेरुवा गाउँपालिकामा दुई महिनायता बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको छ। त्यहाँका नागरिकलाई बाघ, हात्ती र अन्य वन्यजन्तुले बेलाबखत सताउनु सामान्य कुरा थियो तर दुई महिनायता भने बाघको आतङ्कले स्थानीयमा त्रास बढाएको हो। बाघ गाउँमा पस्न थालेपछि स्थानीय बासिन्दा सम्साँझैँ घरभित्र बस्न बाध्य भएका छन्। बर्दियाको गेरुवा गाउँपालिकाको मनाउ, पाताभार, […]

error: Content is protected !!